Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बेलायतमा ‘उपमा’ सार्वजनिक

\"gangaraj_rai\"काठमाडौं, १२ असोज । गायक गंगाराज राईको एकल स्वर र डिल्लीराम राईको एकल शब्दमा निर्माण भएको गीति एल्वम् ‘उपमा’ बेलायतमा सार्वजनिक भएको छ । नोर्थ स्कुल, आश्फोर्डमा हालै आयोजित एक समारोहवीच बेलायतमा वसोवास गर्दै आएका नेपालीहरुमाझ एल्वमलाई प्रमुख अथिति भास्कर तिटुङ, कार्यक्रमका सभापति तथा गीतकार सुमाया राई, समिक्षक हेमकुमार राईलगायतले संयुक्त रुपमा बिमोचन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति भास्कर तिटुङले विदेशमा बचेको समयलाई नेपाली संगीतको लागि खर्च गर्नु प्रशंसनिय रहेको र गायक तथा गीतकारले बेलायतबाट नेपाली गीत—संगीत र साहित्यमा योग्दान पु¥याईरहेको भन्दै प्रशंसा गरेका थिए । तिटुङले गायकलाई बेलायतबाट उदाएको नेपाली संगीतको चम्किलो तारा भनी उपमा दिएका थिए भने ‘उपमा’ एल्वममा समावेश गरिएको गीतहरु सदावहार रहेको र यसले स्रोताहरुको मन जित्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम समापन गर्नुअघि गायक गंगाराज राईले एल्वममा रहेको गीत गाएर सुनाएका थिए । एल्वममा सपनाको संसार, हिजो थियौ तिमी मेरी, हाँसो रै’छ माया, तिमी हौ मेरो, लडाईंको मैदानमा र तिम्रो मुहारमा के छ ? के छ ? गरी ६ गीत समावेश गरिएको छ भने कल्मयाण सिंह, गंगाराज राई, ताराप्रकाश लिम्बु र बसन्त सापकोटाको संगीत रहेको छ । तिमी हौ मेरो बोलको गीतमा गायनको लागि गायिका दिपा लामाले गंगाराजलाई साथ दिएकी छिन् । एल्वमको हिजो थियौ तिमी मेरी बोलको गीतको म्युजिक भिडियो समेत तयार भएको छ । म्युजिक भिडियोमा एलीसा र आकाशको अभिनय रहेको छ भने निकेश खड्काको निर्देशन रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending