Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

सामान्य विषयको गहन कथा ‘जिम्दा सपना’

काठमाडौँ,  दिनहुँ हजारौँको सङ्ख्यामा नेपाली युवा विदेशिन्छन् । सयौँको सङ्ख्यामा मृत्यु भइरहेको समाचार पनि आइ नै रहेका हुन्छन् ।

दिनहुँ सुनिरहँदा र पढिरहँदा सामान्य लाग्ने यी विषय आफूलाई पर्दा कस्तो हुन्छ ? यसको जवाफ दिने कोसिस कालिकास्थानस्थित सर्वनाम थियटरमा मञ्चन भइरहेको नाटक ‘जिम्दा सपना’ ले गरेको छ ।

राज शाहको लेखन तथा निर्देशन रहेको सो नाटक स्वदेशमा काम नपाएर विदेशिनु परेको युवाको कथालाई लिएर बनाइएको छ । आफू र आफ्नो परिवारलाई सुख दिने सपना बोकेर विदेशिने एक युवाको सपनाले वर्तमान नेपाली युवाको सपनालाई प्रतिनिधित्व गरेको छ ।

कथामा विवाह गरेको २० दिनमा नै विदेशिएका एक युवाले कम्पनीमा काम गर्छु भनेर परिवारलाई ढाँटेको हुन्छ । म्यानपावर कम्पनीको बद्मासीका शिकार बनेका ती युवा विदेशमा घर बनाउने काममा लागेका हुन्छन् । काम गर्ने क्रममा एक दुर्घटनामा परी उनको मृत्यु हुन्छ । अवैधानिक रुपमा विदेशमा लुकेर बसेकाले उनको शव ल्याउन समेत मुश्किल हुन्छ । तर जब शव आइपुग्छ, तब शवको टाउको हुँदैन ।

नाटकको अन्त्यमा देखाइने यो दृश्यमा सबै दर्शकको आँखा रसाउँछ । बुढा भएका बाबुआमा, गर्भवती श्रीमतीलाई सुख दिने कल्पनामा विदेशिएका ती युवाको अत्यमा शव आइपुग्छ ।

नाटकमा लेखक तथा निर्देशक शाह, अर्जुन न्यौपाने, दीपेश पौडेल, आदित्य शर्मा, एमरल्ड विश्वदीप, शिशिर सिवाकोटी, डिकेश महर्जन, सविना गोपाली, सुप्रिया रानामगर, सिमोन खड्का, सीता रानामगर, विकास लम्साल, प्रणव चौधरी, अर्पण बस्नेत र वसन्त पोखरेलको अभिनय छ । पश्चिम नेपालमा बोलिने लवजलाई नाटकमा प्रयोग गरिएको छ ।

निर्देशक शाहका अनुसार सो नाटक लेख्न मात्र दुई वर्ष लागेको थियो । गत फागुन २९ गतेदेखि मञ्चन थालिएको सो नाटक यही चैत १४ गतेसम्म चल्नेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending