Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दसैं बजारले सीमानाकामा घुइँचो,अखाद्य वस्तु विक्री वितरण

\"naka-3-bharayai-750\" विराटनगर, २४ असोज । दशैं लागेसँगै सीमापारिको जोगबनी बजारमा नेपाली ग्राहकको भीड लाग्न थालेको छ ।  त्यहाँबाट ठूलो परिमाणमा उपभोग्य सामग्री भित्रिइरहे पनि यताबाट जाने सामग्रीमा भने नेपाली सुरक्षाकर्मीले कडाइ गरेका छन् । भारततर्फ सामान्य वस्तुसमेत लैजान नदिइएको प्रति स्थानीय व्यापारीले विरोध जनाएका छन् । विराटनगरको सीमावर्ती बजार रानीका व्यापारीले शनिबार मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायलाई भेटी नेपाली सुरक्षाकर्मीले यहाँ उत्पादित वस्तु भारतीय पाहुनालाई कोसेलीका रूपमा समेत लैजान नदिइएको गुनासो गरे । ‘जोगवनीबाट लावालस्करसहित दैनिक करोडौंका सामान आउँदा आँखा चिम्लने तर यहाँ उत्पादित अलैची, चुरोट, चाउचाउजस्ता वस्तु १–२ केजीसमेत लान नदिने,’ रानी व्यापार संघ अध्यक्ष मुन्ना मियाँले भने, ‘सीमा क्षेत्रका बजारमा आफ्नै सुरक्षाकर्मीले हामीलाई ज्यादती गर्छन् ।’ भारतबाट आउनेले रानीमा चाउचाउ, लुगाधुने साबुन, अलैची, सुकुमेललगायतका सामान खरिद गर्ने गरेका छन् । तर, त्यसलाई नेपाल प्रहरीले नियन्त्रणमा लिने गरेको उनीहरूको गुनासो छ । भारतले निकासी प्रतिबन्ध गरेका वस्तु दैनिक हजारौं संख्यामा भित्रिँदा दुवै देशका सुरक्षाकर्मी मूकदर्शक बन्ने गरेकामा नेपालबाट एक–दुई वस्तु भारत जाँदा नेपाली सुरक्षाकर्मीले कडाइ गर्नुलाई आश्चर्य मान्छन्, व्यापारी देवु साह । ‘भारतबाटचाहिँ आउन हुने, यताबाटचाहिँ किन जान नहुने ’ उनले भने, ‘भारतीय सुरक्षाकर्मीले रोकेको भए एउटा कुरा, यहाँ त हाम्रैले रोक्छन् ।’ विराटनगरको तुलनामा जोगबनीको व्यापार अहिले चार गुणा बढेको छ । अन्य बेला सरदर दैनिक दस हजार रुपैयाँ आम्दानी गर्नेले यो सिजनमा दैनिक ४० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । सागर मार्केट जोगबनी, अररियाका सागरकुमार राय नेपालमा महँगी बढेको, जोगबनीमा सस्तो पर्ने भएकाले ग्राहक बढेको बताउँछन् । खुला सीमाका कारण विराटनगरका ८० प्रतिशतभन्दा बढी बासिन्दा किनमेलका लागि जोगबनी पुग्छन् । उनीहरू त्यहाँ दाल, चीनी, तेल, मसला, साबुन, कस्मेटिकसहित साडी, कुर्था सुरुवाल, तन्ना र विद्युतीय सामग्री खरिद गर्छन् । यी सामग्री जोगबनीमा नेपालमा भन्दा सस्तो पाइने कमला दाहाल बताउँछिन् ।

सीमापारि भीड

दसैंयता झापाका सीमावर्ती पानीटंकी, नक्सलबारी, खोरीबारी, सिलिगुडीजस्ता भारतीय बजारमा पनि भीड उस्तै छ । नेपाली उपभोक्ताका कारण यी बजार बिहानदेखि राति अबेरसम्मै व्यस्त रहने गरेका छन् । दैनिक लाखौं नेपाली रुपैयाँ भारत पुगिरहेको छ । ‘पारि दुई–चार रुपैयाँ सस्तै पाइन्छ’, स्थानीय गृहिणी लीला विष्टले भनिन्, ‘त्यसैले भीड बढेको हो ।’ नेपाली ग्राहकलाई ध्यानमा राखी खाद्यान्न, लत्ताकपडादेखि दसैंलाई आवश्यक हरेक सामान तमतयार राखेका छन् पारिका व्यापारीले । इलाका प्रहरी कार्यालयका अनुसार झापाका विभिन्न स्थानबाट किनमेलका लागि दैनिक ५ हजारभन्दा बढी उपभोक्ता ओहोरदोहोर गरिरहेका छन् । डीएसपी दुर्गाराज रेग्मीले भने, ‘दशैंको बजारले नाकालाई समेत व्यस्त बनाएको छ ।’ सस्तो मूल्यमा उपलब्ध हुने भ्रममा कतिपय उपभोक्ता गुणस्तरहीन सामान खरिद गर्नसमेत बाध्य छन् । काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुरलगायत सीमा सहरका मात्र होइन दमक, उर्लाबारी, पथरी, कानेपोखरीसम्मका उपभोक्ता भारतीय बजार धाइरहेका छन् ।

बजारमा अखाद्य वस्तु

भारतीय बजारमा भीड चुलिएसँगै पूर्वी नाकाबाट अखाद्य वस्तु चोरीपैठारीसमेत बढेको छ । जिल्लाका बजारमा अहिले यस्ता वस्तु छ्यापछ्याप्ती भेटिन थाले पनि अनुगमनकारी निकाय उदासीन छ । काँकडभिट्टा, धुलाबारी, भद्रपुर, बिर्तामोड, सुरुङ्गा र दमकलगायत मुख्य व्यापारिक केन्द्रमा भारतीय बजारबाट भित्रिएका अखाद्य र गुणस्तहीन वस्तुको बिगबिगी छ । प्रशासनले अखाद्य भनी प्रतिबन्ध लगाएका खाने तेल, फलफूलजन्य पेय, दूध पाउडर, दलहन, शिशु आहार र बेकरीजन्य वस्तु बिनारोकटोक भित्रिरहेका छन् । म्याद नाघेका चिसो पेय उत्तिकै आइरहेका छन् । झापाका होटल, किराना पसलदेखि पानपसलसम्म यिनै गुणस्तहीन भारतीय वस्तु बिक्री भइरहेका छन् । नेपालको तुलनामा सस्तो हुने बहानामा दैनिक लाखौं मूल्यका यस्ता सामग्री वैध–अवैध दुवै बाटो आइरहेका छन् । खाद्य ऐन २०२३ मा भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका खाद्यजन्य वस्तुको अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान छ । तर, भारतबाट भित्रिने अधिकांश खाद्यान्न तथा पेय पदार्थ परीक्षण गरिएकाम छैनन् ।

मूल्यवृद्धिको मारमा उपभोक्ता

पर्वको याम सुरु भएसँगै धरानका उपभोक्ता मूल्यवृद्धि र कालोबजारीको मारमा पर्न थालेका छन् । एक महिनाअघि जिल्ला प्रशासनको अगुवाइमा खाद्यप्रविधि कार्यालय सुनसरी र गुणस्तर तथा नापतौल विभाग विराटनगर, घरेलु तथा साना उद्योग कार्यालय इटहरी र धरान उपमहानगरपालिकाले बजार अनुगमनसमेत गरेको थियो । तर, चाडबाडमा अनुगमनकारी निकाय मौन बसेको मौका छोपी स्थानीय व्यापारी–व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका छन् । कालोबजारीसँगै दैनिक उपभोग्य सामग्री, तरकारी, फलफूल र निर्माण सामग्रीको मूल्य बढेको भन्दै अधिकांश उपभोक्तहरूले नियन्त्रण गर्न माग गरेका छन् । बजारमा खाद्य पदार्थ, फलफूल, तरकारी, निर्माण सामग्रीको मूल्य २५ देखि ४० प्रतिशतसम्म वृद्धि भएको छ । चर्को मूल्यकै कारण सर्वसाधारणले चाडपर्व मनाउन नसक्ने अवस्था सिर्जना भएको धरान २२ पाँचकन्या बस्ने विनिता तामाङले बताइन् । सुनसरी उद्योग वाणिज्य संघका सदस्य किरण अग्रवालका अनुसार विदेशी उत्पादनका सामग्री खरिद गरी ल्याउनुपरेकाले बजारमा महँगी बढेको हो । उनले भने, ‘दैनिक उपभोग्य वस्तु, लत्ताकपडाका लागि स्वदेशमा उद्योगधन्धा, कलकारखाना छैनन् । विदेशबाट झिकाएका सामान त्यसै पनि भन्सारको कारण महँगो हुने भइगयो ।’ इलाका प्रशासनका प्रमुख सीताराम कार्कीले जिल्ला प्रशासनले निर्देशन दिए शंकास्पद स्थानमा अनुगमन गरिने बताए । अनुगमन गर्ने, कालोबजारी गर्नेलाई कारबाही गर्ने मुख्य जिम्मेवारी जिल्ला प्रशासनको भएको पनि उनले जनाए । कान्तिपुरबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy