Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

१२५ जनामा डेङ्गुकाे सङ्क्रमण फेला पर्यो

[caption id=\"attachment_96444\" align=\"aligncenter\" width=\"750\"]\"फार्इल फार्इल तस्वीर[/caption] चितवन, २५ असोज । रत्ननगर क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण बढेपछि रत्ननगर अस्पतालमा पहिलोपटक निशुल्क परीक्षण थालिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले निःशुल्क परीक्षण थालेपछि यहाँ अहिले बिरामीको चाप बढिरहेको बताएका छन । डेङ्गु सङ्क्रमण देखिएपछि सरकारले रत्ननगर अस्पतालका लागि ११५ वटा किट उपलब्ध गराएर यहाँ निःशुल्क परीक्षण थालिएको हो । यसअघि भरतपुर अस्पताल र अन्य मेडिकल कलेजमा मात्रै निःशुल्क परीक्षण हुँदै आएको डेङ्गु यो पटक भने रत्ननगरमा समेत निःशुल्क परीक्षण हुन थालेको छ । रत्ननगरमा दसैँका बेलामा डेङ्गु सङ्क्रमण झन बढेकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले थप ५० वटा किट उपलब्ध गराएको महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिए । उहाँकै नेतृत्वमा जिल्लामा तीनदिनअघि रोग नियन्त्रणका लागि यहाँ केन्द्रीय टोलीले ५० थान किट दिएको र केही किट जिल्ला जनस्वास्थ्य कार्यालमा समेत किट स्टक राखिएको कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिएका छन । चितवनमा पछिल्लो प्रतिवेदनअनुसार ६०० जनाको परीक्षणमा कुल १२५ जनामा डेङ्गु सङ्क्रमण भएकामा १०४ बिरामी चितवन कै पाइएका छन् । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गुको आरएनए समूहको फ्लभी भाइरस मानिसमा सर्दा यो रोग लाग्छ । कुनै पनि भाँडामा एकहप्ताजति जमेको सफा पानीमा यो लामखुट्टे हुर्कने भएकाले पानी जम्न नदिनु नै रोगबाट बच्ने मुख्य उपाय भएको बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies