Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सीमान्तकृत समुदाय तरकारीखेतीबाट लाभान्वित

[caption id=\"attachment_96801\" align=\"aligncenter\" width=\"841\"]\"तरकारी तरकारी खेतीमा लागेका सीमान्तकृत समुदाय[/caption] काठमाडौँ, २९ असोज । प्रायः ज्यालाबुनी गरी जीवन गुजार गर्न विवश २७ जातजातिलाई केन्द्रमा राखी ‘तरकारीखेती विशेष कार्यक्रम’ लागू भएको छ । नेपाल सरकारद्वारा सूचीकृत धानुक, माझी, दनुवार चेपाङ, प्रजा, सन्थाल, सतार, झागड, भोटे, बाटे, ब्राहमु, बरामु, जिरेल, सुरेल, मेचे, लेप्चा, किसान, राजी, हायु, राउटे, पत्थरकट्टा, कुसुन्डा, वनकटीया, सिमार जिङ्गासक, पुदाम, बदाम जातजाति उक्त कार्यक्रमबाट लाभान्वित हुने भएका छन् । सो समुदायलाई लक्षित गरी असोज १२ गते नेपाल सरकार सचिवस्तरको निर्णयले सीमान्तकृत तथा पिछडिएको वर्गलाई आयआर्जनको घेराभित्र ल्याउन उक्त कार्यक्रम लागू गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा राउटे, चेपाङ, माझी, सन्थाल, सतार र मेचेसमुदाय बसोवास रहेको रामेछाप, दैलेख, मकवानपुर र झापामा उक्त कार्यक्रम लागू गरिने मन्त्रालयका सहसचिव डा सुरज पोखरेलले जानकारी दिए । मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्वपूर्ण टेवा छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको ३३ प्रतिशत योगदान छ । नेपालले आर्थिक वर्ष २०७२÷७३ मा रु। एक अर्ब भन्दा बढीको तरकारी भारतबाट आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । छैटौँ कृषि गणनाअनुसार ३८ लाखभन्दा धेरै कृषक घरधुरी रहेको तथ्याङ्कले करिब ७० प्रतिशत घरधुरी कृषक भएको एक लाख २९ हजार हेक्टर जमिन बाँझो र एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ । मन्त्रालयका प्रवक्त एवम् सहसचिव योगेन्द्रकुमार कार्कीले भूमिहीन र सीमान्तकृत समुदायका युवा तथा जनतालाई कृषि पेसामा आकर्षित गरी खाद्य सुरक्षामा सहयोग पु¥याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । आर्थिक, सामाजिक तथा भौगोलिक रुपले पछाडी परेका उक्त समुदायलाई कृषि कार्यमा संलग्न गराई आयआर्जन र खाद्य सुरक्षामा बल पु¥याउनु कार्यक्रमको मूल उद्देश्य रहेको बताइन्छ । ‘आलु र मसलाबाली बाहेकको तरकारी खेतीलाई अनुदान उपलब्ध गराइने कार्यक्रमको उद्देश्य हो । उक्त कार्यक्रम पूर्णरुपमा लागू भएपछि उनीहरुको दैनिक जीवनमा निश्चय परिवर्तन आउने छ ।’ कृषि विकास मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले दाबी गरे । तरकारी विकास निर्देशनालयको प्रत्यक्ष निर्देशनमा सम्बन्धित जिल्ला कृषि विकास अधिकृतले संयोजन गर्नुहुने उक्त कार्यक्रमको कार्यविधिमा कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत तथा पिछडिएको समुदायले थाहा पाउने गरी विभिन्न सञ्चार माध्यम मार्फत जानकारी दिनुपर्ने उल्लेख छ । तरकारी विशेष कार्यक्रममा सहभागी हुनेले आफ्नै जग्गा हुनुपर्छ भन्ने छैन । जग्गा भाडामा लिएर पनि काम गर्न सकिने कार्यविधिमा उल्लेख छ । जग्गा भाडामा लिएरखेती गर्नेले उच्च तथा मध्य पहाडी क्षेत्रका लागि रु १० हजार र तराई तथा भित्री मधेसका लागि रु १५ हजार भाडाबापत अनुदान रकम प्राप्त गर्न सक्नेछ । जिल्ला कृषि विकास समिति र जिल्ला कृषि विकास कार्यालयको पहलमा अनुदान रकम वितरण गरिने कार्यविधिमा उल्लेख छ । अनुदान उच्च तथा मध्य पहाडमा रु ३० हजार र तराई तथा मध्य पहाडमा रु २५ हजार उपलब्ध गराइने छ । उक्त रकमबाट किसानले आवश्यक पर्ने बीउ ,मल, विषादी, प्लास्टिक, सिँचाइ पाइप, थोपा सिँचाइ सेट, मोटर, प्लास्टिक क्रेट, स्प्रेयर, होर्डिङ बोर्ड तथा अन्य सामग्री खरिद गर्नसक्ने छन् । अनुदान लिन नेपाली नागरिक हुनुपर्छ । उच्च तथा मध्य पहाडी जिल्लाका लाभग्राहीले तीन रोपनी र तराई तथा भित्री मधेसकाले १० कठ्ठा जग्गामा तरकारीखेती गर्नुपर्छ । सो रकम किसान, कृषि समूह, तथा कृषि सहकारीले मात्र प्राप्त गर्न सक्नेछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy