Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

१२ नेताका १२ दाउ

काठमाडौं, दलका नेताहरुको व्यक्तिगत ‘इगो’ का कारण पहिलो संविधानसभा चार वर्षपछि संविधान विना नै अवसान भयो । एक, दुई, तीन, चार गरी दलीय नेतृत्वमा प्रधानमन्त्रीको कुर्सीमा चार जना पुगे । तर, राजनीतिक निकास निस्कन सकेन । ‘इगो’कै कारण दलीय व्यवस्था मान्ने दलहरुले निर्दलीय व्यवस्थाको झल्को दिंदै सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सत्ता हस्तान्तरण गरेर चुनाव गराउन लगाए । रेग्मीले दोस्रो संविधानसभाको चुनाव गराएर लोकतान्त्रिक राजनीतिको वागडोर पुनः दलहरुलाई हस्तान्तरण गरिदए । तर, संविधासनभा निर्वाचनपछि एकवर्षमा संविधान दिने वाचा गरे पनि दलहरु असफल हुन पुगे । कांग्रेस, एमाले, एमाओवादी र मधेसी नेताका शीर्ष नेताकै व्यक्तिगत दाउका कारण देश बन्दी बन्न पुग्यो । दलहरुले ८ माघमा संविधान दिने राजनीतिक प्रतिवद्धता त पूरा गरेनन् गरेनन् । उल्टो, उनीहरुकै व्यक्तिगत ‘दाउ’ ले संविधान निर्माण गरी मुलुकलाई राजनीतिक स्थायित्वतिर लाने अवस्था ‘यथास्थिति’मै अल्झियो  । देश यतिखेर कांग्रेस, एमाले, एमाओवादी र मधेसीका गरी शीर्ष नेताकै कारण बन्दी जस्तै भएको छ  । खबरडबलीले नेताहरुका दाउ कस्ता हुन सक्छन् ? केही आँकलन, केही तथ्य र नेताहरुले देखाएको रबैयालाई आधार मान्दै १२ नेताका १२ दाउ तयार गरेको छ : महाधिवेशनसम्म सरकार नछोड्ने चाहनामा कोइराला \"Sushial_Koirala_200\"सुशील कोइराला प्रधानमन्त्री एवं कांग्रेस सभापतिमात्र होइनन् संविधानसभाको सबैभन्दा ठूलो दलकाे ठूलो र वृद्धमध्येका नेता हुन् । संविधान लागि सहजीकरण गरेर देशलाई पार लगाउँनै पर्ने दायित्व कोइरालामा छ  तर, संविधान निर्माणका लागि अझै तीन वर्ष बाँकी रहेको बुझाईमा रहेका कोइरालाको आँखा आगामी भदौ २४ देखि २८ सम्म काठमाडौंमा हुने महाधिवेशनबाट पुनः पार्टीमा स्थापित हुने दाउमा छ । यसका लागि सरकारको निरन्तरता भए मात्र राज्य संयन्त्रको बलबाट भए पनि पार्टी नेतृत्वमा स्थापित हुने दाउ उनको छ । महाधिवशेन अघि संविधान बन्दा यसैको जसमा नेतृत्वमा पुग्न सहज हुने पनि उनले ठानेका छन् । तर, अगाडि नै संविधान बन्दा एमालेलेले सत्तालाई निरन्तरता दिन सहयोग नगर्ने अवस्था उत्तिकै रहेकोले संविधान निर्माणलाई आलटाल गर्दै जाने पक्षमा उनी देखिएका छन् । संविधान पनि दिने र पार्टी सभापति पनि हुने अवस्थामा एमालेलाई प्रधानमन्त्री दिएर आफू राष्ट्रपति हुने सोचाईमासमेत कोइराला छन् । तर, वार्ता संवाद र सहमतिको एक सुत्रीय नारा फलाक्न छोड्ने पक्षमा कोइराला छैनन् । कलंक मेटाउन चाहन्छन् प्रचण्ड \"prachanda_300\"एकीकृत नेकपा माओवादीका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहास बन्ने गरी आफुलाई लाग्ने कंलक मेटाउने दाउमा छन् । १० वर्ष लामो सशस्त्र विद्रोहको नेतृत्व गरेर आएका प्रचण्डमाथि जनतालाई ठूलठूला सपना देखाएर पूरा नगरेको आरोप छ । प्रचण्ड ती आरोपहरुको एकमुष्ठ खण्डन गरी प्रगतिशिल नयाँ संविधान बनाएर गर्न चाहन्छन् । विगतमा जनताका लागि ठूलो त्याग गरेका र जनताको नेतृत्व गरेका प्रचण्ड नयाँ संविधानमा उनले उठाएका जनयुद्धका एजेण्डाहरुको सवोधन होस् भन्ने चाहन्छन् । यदी त्यसरी उनका एजेण्डा संविधानमा सम्वोधन नभए विगतका एक नायक खलनायकमा रुपान्तरण हुन्छु भन्ने उनको बुझाई छ । जुनसुकै हालतमा नयाँ संविधानमा उनका एजेण्डाले प्राथमिकता पाउन् भन्नेवाहेक उनमा अरु ठूलो महत्वकांक्षा देखिन्न । त्यस्तो संविधान बनाएर समग्र पार्टीलाई समेत ‘जनयुद्धका उपलव्धी यत्ति भए, मैले यत्ति सकेँ’ भन्दै चित्त बुझाउन सक्ने ठानेका छन् । यदी उनले भनेजस्तो भए आउँदो पार्टी महाधिवेशन सम्म अर्का नेता बाबुराम भट्टराईलाई पार्टीको नेतृत्व समेत हस्तान्तरण गर्नेछन् । पेलेरै संविधान बनाउने र प्रधानमन्त्री हुने ओलीे दाउ \"kp_oli_300\"एमाओवादीप्रति कडा रवैया अपनाउँदै आएका एमाले अध्यक्ष केपी ओली जसरी पनि प्रक्रियाबाट संविधान बनाउन चाहन्छन् । जतिसक्दो छिटो संविधान बनाएर एकपटक प्रधानमन्त्री हुने तीव्र चाहना ओलीको छ । पार्टी अध्यक्ष भइसकेपछि स्वास्थ्यले साथ दिंदैको समयमा एकपटक प्रधानमन्त्री बन्ने प्रयासमा ओली छन् । एमाओवादी र मधेस केन्द्रित नेतालाई जातीयता र विखण्डनवादीको आरोप लगाउँदै आफू राष्ट्रवादी नेताको रुपमा स्थापित हुने दाउ पनि उनको छ । नेतृत्व हत्याउन चाहन्छन् देउवा \"deuba\"कहिले गिरिजाप्रसाद कोइराला त कहिले सुशील कोइालासँग हारको पनि हार बोहोर्दै आएका नेता शेरबहादुर देउवा जसरी पनि १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्न चाहन्छन् । संविधान निर्माणका लागि भन्दा पनि उनको पनि आँखा एकपटक जसरी पनि पार्टी नेतृत्व गर्ने भन्ने छ । किनकी उनी कोइरालाभन्दा उमेरेले करिब ५ वर्षजत्ति मात्रै कान्छा छन् । अर्को महाविधेशनसम्म उनलाई पनि सभापतिमा दाबेदारी गर्न नैतिक रुपले गाह्रो छ । नेतृत्वका लागि देउवाले कोइरालाको कमजोरी खोतल्दै आफ्नो पक्षमा माहोल बनाउन आफू निकट केन्द्रीय सदस्य, सभापतिको भेला डाकिसकेका छन् । जिल्लाको रिपोर्टिङ बुझ्दै संगठनमा जोड दिने उनको तयारी छ । कार्यकर्ताको मन जित्ने दाउमा पौडेल \"ramchandra\"सधैं संस्थापनलाई साथ दिंदै आएका कांग्रेस उपसभापति रामचन्द्र पौडेल सहमतिबाट भन्दा प्रक्रियाबाट संविधान निर्माणका लागि दबाब दिंदै आएका छन् । पार्टी महाधिवेशन पनि आएकोले विपक्षी एमाओवादीप्रति कडा बोल्ने र पार्टीमा फरक देखिंदै नेता कार्यकर्ताको मन जित्ने दाउ यिनको छ । गिरिजादेखि सुशीलसम्मलाई साथ दिंदै आएको भन्दै अब संस्थापन पक्षको नेतृत्व आफूले गर्न पाउनुपर्ने माग यिनको छ । तर, देउवा पक्षलाई टक्कर दिन सक्ने गरी यिनले नेतृत्व हाँक्न सक्छन् भन्ने बुझाई सभापति कोइराला र संस्थापनकै अरु नेतामा छैनन् । पौडेल भनेरै मरिहत्तै गर्ने केन्द्रीय नेता पनि देखिंदैनन् । अडानरहित झलनाथको आँखा राष्ट्रपतिमा \"jhalanath_300-277x300\"राजनीतिक रुपमा आशा गरिएको पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि बनिसकेपछि एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई एकपटक राष्ट्रपति हुने इच्छा छ । अधयक्ष ओलीले दिएको राष्ट्रपतिको आश्वासनपछि उनी पार्टी गतिविधिमा ‘निरपेक्ष’ बस्दै आएका छन् । पार्टीको बरिष्ठ नेता छन् तर, संविधान निर्माण र सरकारका विषयमा खुलेर कुरा राख्ने संगठनमा लाग्ने जस्ता काममा सक्रिय छैनन् । अध्यक्ष ओली र नेता माधव नेपाल पक्षकाबीच पार्टीमा बर्चस्व स्थापित लडाईं तीव्र भइरहेका बेला झलनाथ भने सबैलाई आश्चार्यमा पार्दै कुनामा बसेका छन् । पार्टीका छलफल र बैठकमा पनि नियमित नजाने उनको प्रवृत्ति यसको उदाहरण हो । अरुलाई झिल्ल्याउने दाउमा नेपाल \"madhab\"१५ वर्ष एमालेको सत्ता चलाएका, शान्ति प्रक्रियामा काम गरेका र प्रधानमन्त्रीसमेत बनेका एमाले नेता माधव कुमार नेपाल अध्यक्ष ओलीको ‘छुच्चो’ बोलीबाट आजित छन् । ओली अध्यक्ष भएपछि सहमतिमा संविधान बनाउने वातावरण झन् विथोलिएको यिनको निष्कर्ष छ । शान्ति प्रक्रियामा काम गर्दै आएको  सहमतिमा संविधान बनाउन पहल गर्दै त्यसैको जसमा सहमतीय सरकारको नेतृत्व आफूले लिने दाउ यिनको छ । पहिलो संविधानसभामा समेत नेपाल दुवै क्षेत्रबाट चुनाव हारेपनि सबभन्दा लामो समय प्रधानमन्त्री बने । आफूले नेतृत्व नपाए एमाले अध्यक्ष ओलीलाई कुनै हालतमा स्वीकार्न नसकिने पक्षामा यिनी छन् । ओली अध्यक्ष भएपछि पार्टीलाई घरबाटै चलाएको, आफ्नाे पक्षलाई मात्र पक्षपोषण गरेको र युवा संघको नाममा गुण्डागर्दीलाई प्रश्रय दिदैं जेहेन्दार र लड्दै आएका इमान्दार नेता कार्यकर्तालाई पाखा लगाएको भन्दै तीव्र असन्तुष्ट छन् । पार्टीपक्ति खुशी पार्दै नेतृत्व लिने दाउमा बाबुराम \"baburam_300\"एकीकृत नेकपा माओवादीका प्रभावशाली नेता बाबुराम भट्टराई केही समय अघिसम्म जनताले अत्याधिक रुचाइएका नेता हुन् । देशको विकासका लागि भिजन भएको नेता भनेर अरु राजनीतिक दलका नेता कार्यकर्ताले समेत प्रशंसा गर्ने गरेका नेता बाबुराम पछिल्लो समय आफ्नो पार्टी लाईन समातेपछि बाह्यपक्तिबाट आलोचित छन् । विश्लेषकहरुका अनुसार पार्टी लाइन र पार्टीको पक्षमा दृढतापुर्वक काम गर्नुको पछि उनको ध्येय पार्टी नेता तथा कार्यकर्ताको मन जित्नु हो । उनी आउँदो महाधिवेशनसम्म पुग्दा एकपटक पार्टीको नेतृत्व लिने ध्यानमा छन् । जसका लागि उनको पार्टी एकीकृत नेकपा माओवादीमा उनको संगठनात्मक पकड राम्रो छैन । संगठनात्मक रुपमा मन जित्नु अहिले उनको लक्ष्य हो । संगठनात्मक रुपमा मन जित्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्विकल्प सहयोग गर्नुलाई उनले अनिवार्य ठानेका छन् । यसो गर्दा पार्टी, पार्टीका अध्यक्ष तथा आफ्नो पनि हित हुने बाबुरामको बुझाई छ । नारायणकाजी मझधारको नेता बन्न दाउमा \"kaji\"एकीकृत नेकपा माओवादीकै अर्का नेता नारायणकाजी श्रेष्ठ मझदारको नेता बन्न चाहन्छन् । माओवादी जनयुद्धको समयमा समेत जनयुद्धका भुमिगत नेता तथा हालका पार्टी अध्यक्ष प्रचण्ड र संसदवादी दलका नेता गिरिजाप्रसाद कोइरालाबीच मझधारको भूमिका खेलेका श्रेष्ठ अहिले पनि मध्यस्थको भुमिकामा छन् । ३० दलीय गठबन्धनको आन्दोलन र सरकारको बहुमतीय प्रकृया दुबैको विरोध गरिरहेका नेता श्रेष्ठ सहमति र सहकार्यलाई प्राथमिकतामा राख्छन् । कुनै पार्टी र अरु पार्टीका सबै नेताहरुसँग समदुरिको सम्बन्ध राखेका श्रेष्ठ राजनीतिको दाउ यसैगरी जित्न चाहन्छन् । चिचि पनि पापा पनि खोज्दैछन् गच्छदार \"INDIA-NEPAL-DIPLOMACY\"फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार अवसर पनि नछोड्ने र मधेसको नेता पनि बन्ने धुनमा छन् । तराईको नेता आफू नै भएको देखाउन संविधान निर्माणका लागि सहमतिको विकल्प भन्दै ‘कार्ड’समेत फालेका छन् । तर, सत्ताको लागि अवसर छोप्न सिपालु मानिएका गच्छदार कांग्रेस–एमालेको गोटी बन्दै गएको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाभित्रै लोकप्रिय छैनन् । गत माघ ५ गते उनले ल्याएको प्रस्ताव मौलिक नभई स्वार्थमा केन्द्रित भई कांग्रेस–एमालेको दबाबमा ल्याएको भन्ने आरोप छ । सिंगो मधेसको नेता आफू नै भएको स्थापित गर्न चाहन्छन् तर, मधेस आन्दोलनाई उचाईमा पुर्याएर स्थापित भएका नेता उपेन्द्र यादव सहितकाले गच्छदारलाई मान्दै मान्दैनन् । सर्वस्वीकार्य मधेशी नेता बन्ने धुनमा महन्थ \"MAHANTA-THAKUR\"कांग्रेस छाडेर तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका नेता महन्थ ठाकुरमा ठूलो राजनीतिक स्वार्थ देखिंदैन । मधेसको भूमि नछोडिकन ‘सबै मधेशीको नेता महन्थ’ नेता बन्ने उनको चाहना छ । तर, शक्ति र अवसरलाई छोप्न नसक्ने अवस्थाका कारण उनलाई मधेसका नेता बन्नमा विजयकुमार गच्छदार र उपेन्द्र यादव तगारो बन्न सक्छन् ।     मधेसको राजनीतिक नेता मैं हुने भन्नेमा उपेन्द्र \"upendra_yadab\"मधेस आन्दोलनमा अभियन्ता आफू नै भएको भन्दै राजनीतिक रुपमा मधेसीको नेता आफू भएको बुझाई फोरम नेपालका नेता उपेन्द्र यादवको छ । तराईमधेसमा केन्द्रित अरु दलका नेताहरु ‘लोभीपापी’ भएको भन्दै मधेसको भूमी नछोडी मधेसको नेतृत्व आफैं गर्ने सोच यादवको छ । तर, आफैंले राजनीतिक नेतृतव गरी जन्माएको फोरम नेपाल तीनचार टुक्रा भएपछि यादवको सर्वमान्य नेता हुने दाउमा पानी पोखिए पनि यादवले सपना देख्न छोडेका छैनन् । अझै पनि तराई मधेसका जनताका वास्तविक मुद्दाको उठान गर्ने नेता आफू नै भएको भन्दै अरुले तराई मधेसको नेतृत्व गर्न नसक्ने जिकिर उनको छ । अरु सबै मधेसीलाई ‘अवसरवादी’ र ‘लोभीपापी’का रुपमा हेर्छन् । वामपन्थी पृष्ठभूमिबाट आएका यादव तराईका ‘लेफ्ट’ नेता भएको बुझाई अन्य मधेसी नेतामा पनि छ । उनी मधेशका जनताको भावना समेटिने गरी संविधान बनोस् भन्ने अडानमा छन् । खबरडबली डेक्स्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy