Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

१२ नेताका १२ दाउ

काठमाडौं, दलका नेताहरुको व्यक्तिगत ‘इगो’ का कारण पहिलो संविधानसभा चार वर्षपछि संविधान विना नै अवसान भयो । एक, दुई, तीन, चार गरी दलीय नेतृत्वमा प्रधानमन्त्रीको कुर्सीमा चार जना पुगे । तर, राजनीतिक निकास निस्कन सकेन । ‘इगो’कै कारण दलीय व्यवस्था मान्ने दलहरुले निर्दलीय व्यवस्थाको झल्को दिंदै सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सत्ता हस्तान्तरण गरेर चुनाव गराउन लगाए । रेग्मीले दोस्रो संविधानसभाको चुनाव गराएर लोकतान्त्रिक राजनीतिको वागडोर पुनः दलहरुलाई हस्तान्तरण गरिदए । तर, संविधासनभा निर्वाचनपछि एकवर्षमा संविधान दिने वाचा गरे पनि दलहरु असफल हुन पुगे । कांग्रेस, एमाले, एमाओवादी र मधेसी नेताका शीर्ष नेताकै व्यक्तिगत दाउका कारण देश बन्दी बन्न पुग्यो । दलहरुले ८ माघमा संविधान दिने राजनीतिक प्रतिवद्धता त पूरा गरेनन् गरेनन् । उल्टो, उनीहरुकै व्यक्तिगत ‘दाउ’ ले संविधान निर्माण गरी मुलुकलाई राजनीतिक स्थायित्वतिर लाने अवस्था ‘यथास्थिति’मै अल्झियो  । देश यतिखेर कांग्रेस, एमाले, एमाओवादी र मधेसीका गरी शीर्ष नेताकै कारण बन्दी जस्तै भएको छ  । खबरडबलीले नेताहरुका दाउ कस्ता हुन सक्छन् ? केही आँकलन, केही तथ्य र नेताहरुले देखाएको रबैयालाई आधार मान्दै १२ नेताका १२ दाउ तयार गरेको छ : महाधिवेशनसम्म सरकार नछोड्ने चाहनामा कोइराला \"Sushial_Koirala_200\"सुशील कोइराला प्रधानमन्त्री एवं कांग्रेस सभापतिमात्र होइनन् संविधानसभाको सबैभन्दा ठूलो दलकाे ठूलो र वृद्धमध्येका नेता हुन् । संविधान लागि सहजीकरण गरेर देशलाई पार लगाउँनै पर्ने दायित्व कोइरालामा छ  तर, संविधान निर्माणका लागि अझै तीन वर्ष बाँकी रहेको बुझाईमा रहेका कोइरालाको आँखा आगामी भदौ २४ देखि २८ सम्म काठमाडौंमा हुने महाधिवेशनबाट पुनः पार्टीमा स्थापित हुने दाउमा छ । यसका लागि सरकारको निरन्तरता भए मात्र राज्य संयन्त्रको बलबाट भए पनि पार्टी नेतृत्वमा स्थापित हुने दाउ उनको छ । महाधिवशेन अघि संविधान बन्दा यसैको जसमा नेतृत्वमा पुग्न सहज हुने पनि उनले ठानेका छन् । तर, अगाडि नै संविधान बन्दा एमालेलेले सत्तालाई निरन्तरता दिन सहयोग नगर्ने अवस्था उत्तिकै रहेकोले संविधान निर्माणलाई आलटाल गर्दै जाने पक्षमा उनी देखिएका छन् । संविधान पनि दिने र पार्टी सभापति पनि हुने अवस्थामा एमालेलाई प्रधानमन्त्री दिएर आफू राष्ट्रपति हुने सोचाईमासमेत कोइराला छन् । तर, वार्ता संवाद र सहमतिको एक सुत्रीय नारा फलाक्न छोड्ने पक्षमा कोइराला छैनन् । कलंक मेटाउन चाहन्छन् प्रचण्ड \"prachanda_300\"एकीकृत नेकपा माओवादीका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहास बन्ने गरी आफुलाई लाग्ने कंलक मेटाउने दाउमा छन् । १० वर्ष लामो सशस्त्र विद्रोहको नेतृत्व गरेर आएका प्रचण्डमाथि जनतालाई ठूलठूला सपना देखाएर पूरा नगरेको आरोप छ । प्रचण्ड ती आरोपहरुको एकमुष्ठ खण्डन गरी प्रगतिशिल नयाँ संविधान बनाएर गर्न चाहन्छन् । विगतमा जनताका लागि ठूलो त्याग गरेका र जनताको नेतृत्व गरेका प्रचण्ड नयाँ संविधानमा उनले उठाएका जनयुद्धका एजेण्डाहरुको सवोधन होस् भन्ने चाहन्छन् । यदी त्यसरी उनका एजेण्डा संविधानमा सम्वोधन नभए विगतका एक नायक खलनायकमा रुपान्तरण हुन्छु भन्ने उनको बुझाई छ । जुनसुकै हालतमा नयाँ संविधानमा उनका एजेण्डाले प्राथमिकता पाउन् भन्नेवाहेक उनमा अरु ठूलो महत्वकांक्षा देखिन्न । त्यस्तो संविधान बनाएर समग्र पार्टीलाई समेत ‘जनयुद्धका उपलव्धी यत्ति भए, मैले यत्ति सकेँ’ भन्दै चित्त बुझाउन सक्ने ठानेका छन् । यदी उनले भनेजस्तो भए आउँदो पार्टी महाधिवेशन सम्म अर्का नेता बाबुराम भट्टराईलाई पार्टीको नेतृत्व समेत हस्तान्तरण गर्नेछन् । पेलेरै संविधान बनाउने र प्रधानमन्त्री हुने ओलीे दाउ \"kp_oli_300\"एमाओवादीप्रति कडा रवैया अपनाउँदै आएका एमाले अध्यक्ष केपी ओली जसरी पनि प्रक्रियाबाट संविधान बनाउन चाहन्छन् । जतिसक्दो छिटो संविधान बनाएर एकपटक प्रधानमन्त्री हुने तीव्र चाहना ओलीको छ । पार्टी अध्यक्ष भइसकेपछि स्वास्थ्यले साथ दिंदैको समयमा एकपटक प्रधानमन्त्री बन्ने प्रयासमा ओली छन् । एमाओवादी र मधेस केन्द्रित नेतालाई जातीयता र विखण्डनवादीको आरोप लगाउँदै आफू राष्ट्रवादी नेताको रुपमा स्थापित हुने दाउ पनि उनको छ । नेतृत्व हत्याउन चाहन्छन् देउवा \"deuba\"कहिले गिरिजाप्रसाद कोइराला त कहिले सुशील कोइालासँग हारको पनि हार बोहोर्दै आएका नेता शेरबहादुर देउवा जसरी पनि १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्न चाहन्छन् । संविधान निर्माणका लागि भन्दा पनि उनको पनि आँखा एकपटक जसरी पनि पार्टी नेतृत्व गर्ने भन्ने छ । किनकी उनी कोइरालाभन्दा उमेरेले करिब ५ वर्षजत्ति मात्रै कान्छा छन् । अर्को महाविधेशनसम्म उनलाई पनि सभापतिमा दाबेदारी गर्न नैतिक रुपले गाह्रो छ । नेतृत्वका लागि देउवाले कोइरालाको कमजोरी खोतल्दै आफ्नो पक्षमा माहोल बनाउन आफू निकट केन्द्रीय सदस्य, सभापतिको भेला डाकिसकेका छन् । जिल्लाको रिपोर्टिङ बुझ्दै संगठनमा जोड दिने उनको तयारी छ । कार्यकर्ताको मन जित्ने दाउमा पौडेल \"ramchandra\"सधैं संस्थापनलाई साथ दिंदै आएका कांग्रेस उपसभापति रामचन्द्र पौडेल सहमतिबाट भन्दा प्रक्रियाबाट संविधान निर्माणका लागि दबाब दिंदै आएका छन् । पार्टी महाधिवेशन पनि आएकोले विपक्षी एमाओवादीप्रति कडा बोल्ने र पार्टीमा फरक देखिंदै नेता कार्यकर्ताको मन जित्ने दाउ यिनको छ । गिरिजादेखि सुशीलसम्मलाई साथ दिंदै आएको भन्दै अब संस्थापन पक्षको नेतृत्व आफूले गर्न पाउनुपर्ने माग यिनको छ । तर, देउवा पक्षलाई टक्कर दिन सक्ने गरी यिनले नेतृत्व हाँक्न सक्छन् भन्ने बुझाई सभापति कोइराला र संस्थापनकै अरु नेतामा छैनन् । पौडेल भनेरै मरिहत्तै गर्ने केन्द्रीय नेता पनि देखिंदैनन् । अडानरहित झलनाथको आँखा राष्ट्रपतिमा \"jhalanath_300-277x300\"राजनीतिक रुपमा आशा गरिएको पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि बनिसकेपछि एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई एकपटक राष्ट्रपति हुने इच्छा छ । अधयक्ष ओलीले दिएको राष्ट्रपतिको आश्वासनपछि उनी पार्टी गतिविधिमा ‘निरपेक्ष’ बस्दै आएका छन् । पार्टीको बरिष्ठ नेता छन् तर, संविधान निर्माण र सरकारका विषयमा खुलेर कुरा राख्ने संगठनमा लाग्ने जस्ता काममा सक्रिय छैनन् । अध्यक्ष ओली र नेता माधव नेपाल पक्षकाबीच पार्टीमा बर्चस्व स्थापित लडाईं तीव्र भइरहेका बेला झलनाथ भने सबैलाई आश्चार्यमा पार्दै कुनामा बसेका छन् । पार्टीका छलफल र बैठकमा पनि नियमित नजाने उनको प्रवृत्ति यसको उदाहरण हो । अरुलाई झिल्ल्याउने दाउमा नेपाल \"madhab\"१५ वर्ष एमालेको सत्ता चलाएका, शान्ति प्रक्रियामा काम गरेका र प्रधानमन्त्रीसमेत बनेका एमाले नेता माधव कुमार नेपाल अध्यक्ष ओलीको ‘छुच्चो’ बोलीबाट आजित छन् । ओली अध्यक्ष भएपछि सहमतिमा संविधान बनाउने वातावरण झन् विथोलिएको यिनको निष्कर्ष छ । शान्ति प्रक्रियामा काम गर्दै आएको  सहमतिमा संविधान बनाउन पहल गर्दै त्यसैको जसमा सहमतीय सरकारको नेतृत्व आफूले लिने दाउ यिनको छ । पहिलो संविधानसभामा समेत नेपाल दुवै क्षेत्रबाट चुनाव हारेपनि सबभन्दा लामो समय प्रधानमन्त्री बने । आफूले नेतृत्व नपाए एमाले अध्यक्ष ओलीलाई कुनै हालतमा स्वीकार्न नसकिने पक्षामा यिनी छन् । ओली अध्यक्ष भएपछि पार्टीलाई घरबाटै चलाएको, आफ्नाे पक्षलाई मात्र पक्षपोषण गरेको र युवा संघको नाममा गुण्डागर्दीलाई प्रश्रय दिदैं जेहेन्दार र लड्दै आएका इमान्दार नेता कार्यकर्तालाई पाखा लगाएको भन्दै तीव्र असन्तुष्ट छन् । पार्टीपक्ति खुशी पार्दै नेतृत्व लिने दाउमा बाबुराम \"baburam_300\"एकीकृत नेकपा माओवादीका प्रभावशाली नेता बाबुराम भट्टराई केही समय अघिसम्म जनताले अत्याधिक रुचाइएका नेता हुन् । देशको विकासका लागि भिजन भएको नेता भनेर अरु राजनीतिक दलका नेता कार्यकर्ताले समेत प्रशंसा गर्ने गरेका नेता बाबुराम पछिल्लो समय आफ्नो पार्टी लाईन समातेपछि बाह्यपक्तिबाट आलोचित छन् । विश्लेषकहरुका अनुसार पार्टी लाइन र पार्टीको पक्षमा दृढतापुर्वक काम गर्नुको पछि उनको ध्येय पार्टी नेता तथा कार्यकर्ताको मन जित्नु हो । उनी आउँदो महाधिवेशनसम्म पुग्दा एकपटक पार्टीको नेतृत्व लिने ध्यानमा छन् । जसका लागि उनको पार्टी एकीकृत नेकपा माओवादीमा उनको संगठनात्मक पकड राम्रो छैन । संगठनात्मक रुपमा मन जित्नु अहिले उनको लक्ष्य हो । संगठनात्मक रुपमा मन जित्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्विकल्प सहयोग गर्नुलाई उनले अनिवार्य ठानेका छन् । यसो गर्दा पार्टी, पार्टीका अध्यक्ष तथा आफ्नो पनि हित हुने बाबुरामको बुझाई छ । नारायणकाजी मझधारको नेता बन्न दाउमा \"kaji\"एकीकृत नेकपा माओवादीकै अर्का नेता नारायणकाजी श्रेष्ठ मझदारको नेता बन्न चाहन्छन् । माओवादी जनयुद्धको समयमा समेत जनयुद्धका भुमिगत नेता तथा हालका पार्टी अध्यक्ष प्रचण्ड र संसदवादी दलका नेता गिरिजाप्रसाद कोइरालाबीच मझधारको भूमिका खेलेका श्रेष्ठ अहिले पनि मध्यस्थको भुमिकामा छन् । ३० दलीय गठबन्धनको आन्दोलन र सरकारको बहुमतीय प्रकृया दुबैको विरोध गरिरहेका नेता श्रेष्ठ सहमति र सहकार्यलाई प्राथमिकतामा राख्छन् । कुनै पार्टी र अरु पार्टीका सबै नेताहरुसँग समदुरिको सम्बन्ध राखेका श्रेष्ठ राजनीतिको दाउ यसैगरी जित्न चाहन्छन् । चिचि पनि पापा पनि खोज्दैछन् गच्छदार \"INDIA-NEPAL-DIPLOMACY\"फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार अवसर पनि नछोड्ने र मधेसको नेता पनि बन्ने धुनमा छन् । तराईको नेता आफू नै भएको देखाउन संविधान निर्माणका लागि सहमतिको विकल्प भन्दै ‘कार्ड’समेत फालेका छन् । तर, सत्ताको लागि अवसर छोप्न सिपालु मानिएका गच्छदार कांग्रेस–एमालेको गोटी बन्दै गएको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाभित्रै लोकप्रिय छैनन् । गत माघ ५ गते उनले ल्याएको प्रस्ताव मौलिक नभई स्वार्थमा केन्द्रित भई कांग्रेस–एमालेको दबाबमा ल्याएको भन्ने आरोप छ । सिंगो मधेसको नेता आफू नै भएको स्थापित गर्न चाहन्छन् तर, मधेस आन्दोलनाई उचाईमा पुर्याएर स्थापित भएका नेता उपेन्द्र यादव सहितकाले गच्छदारलाई मान्दै मान्दैनन् । सर्वस्वीकार्य मधेशी नेता बन्ने धुनमा महन्थ \"MAHANTA-THAKUR\"कांग्रेस छाडेर तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका नेता महन्थ ठाकुरमा ठूलो राजनीतिक स्वार्थ देखिंदैन । मधेसको भूमि नछोडिकन ‘सबै मधेशीको नेता महन्थ’ नेता बन्ने उनको चाहना छ । तर, शक्ति र अवसरलाई छोप्न नसक्ने अवस्थाका कारण उनलाई मधेसका नेता बन्नमा विजयकुमार गच्छदार र उपेन्द्र यादव तगारो बन्न सक्छन् ।     मधेसको राजनीतिक नेता मैं हुने भन्नेमा उपेन्द्र \"upendra_yadab\"मधेस आन्दोलनमा अभियन्ता आफू नै भएको भन्दै राजनीतिक रुपमा मधेसीको नेता आफू भएको बुझाई फोरम नेपालका नेता उपेन्द्र यादवको छ । तराईमधेसमा केन्द्रित अरु दलका नेताहरु ‘लोभीपापी’ भएको भन्दै मधेसको भूमी नछोडी मधेसको नेतृत्व आफैं गर्ने सोच यादवको छ । तर, आफैंले राजनीतिक नेतृतव गरी जन्माएको फोरम नेपाल तीनचार टुक्रा भएपछि यादवको सर्वमान्य नेता हुने दाउमा पानी पोखिए पनि यादवले सपना देख्न छोडेका छैनन् । अझै पनि तराई मधेसका जनताका वास्तविक मुद्दाको उठान गर्ने नेता आफू नै भएको भन्दै अरुले तराई मधेसको नेतृत्व गर्न नसक्ने जिकिर उनको छ । अरु सबै मधेसीलाई ‘अवसरवादी’ र ‘लोभीपापी’का रुपमा हेर्छन् । वामपन्थी पृष्ठभूमिबाट आएका यादव तराईका ‘लेफ्ट’ नेता भएको बुझाई अन्य मधेसी नेतामा पनि छ । उनी मधेशका जनताको भावना समेटिने गरी संविधान बनोस् भन्ने अडानमा छन् । खबरडबली डेक्स्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE