Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

एक छात्राकाे रहस्यमय मृत्यु

गाईघाट (उदयपुर), रौता– ९ मुर्कुची घर भई त्रियुगा नगरपालिका– १४ स्थित चुहाडे परीक्षा केन्द्रमा प्रवेशिका परीक्षा दिँदै आएकी १८वर्षीया तारा मगरको रहस्यमय मृत्यु भएको छ ।

गए राति ११ बजे त्रियुगा नगरपालिका– ७ मोतीगडास्थित जङ्गलको नयाँ पानीट्यांकी नजिकै मगर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख टेकबहादुर गुरुङले बताएका छन् ।

मगरको मृत्युपछि उनका साथी त्रिनपा– ९ देउरी बस्ने १९ वर्षीय मिलन श्रेष्ठ, १८ वर्षीया सविता तामाङ र रवीनलाई प्रहरीले घटनास्थलबाट नै पक्राउ गरेको छ ।

बिहीबारको परीक्षा सकेर मगर रौता– ९ बस्ने आफ्नै छिमेकी साथी तामाङसहित तीन दिनअघि चिनजान भएका श्रेष्ठसँग घुम्न निक्लेको प्रहरीले बताएको छ । घुम्न निक्लिने क्रममा उनीहरु साँझ ८ बजेतिर मोतीगडास्थित जङ्गल र पानी ट्यांकी पुगेका थिए ।

प्रहरीका अनुसार पानी ट्यांकीमा पुगेपछि श्रेष्ठ र मगर तथा तामाङ र रवीन जोडी भई राति ११ बजेसम्म बिताएका थिए । अभियुक्त श्रेष्ठको बयानअनुसार मगरको ट्यांकी माथि चढ्दा अचानक लडेर मृत्यु भएको थियो ।

मृतक मगरको पछाडि कम्मरमा गहिरो चोट लागेको घटनास्थल पुगेको प्रहरीले बताएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको छ । अभियुक्तसँग प्रारम्भिक बयान लिने कार्य सुरु भएको प्रहरी प्रमुख गुरुङले बताए ।

उनको मृत्यु हत्या हो वा लडेर हो भन्ने कुरा अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले बताएको छ । अनुसन्धानका क्रममा उनीहरुले अत्याधिक मादक पदार्थ सेवन गरेको जनाइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy