काठमाडौँ, दसबुँदे माग राखी अनशनरत त्रिविवि शिक्षण अस्पतालका हाडजोर्नी विभागमा कार्यरत प्रा चिकित्सक गोविन्द केसीको स्वास्थ्यस्थिति बिग्रँदै गएको छ ।
उनको स्वास्थ्यमा उपचाररत प्रा चिकित्सक दिव्यसिंह शाहले दिएको जानकारीअनुसार चिकित्सक केसीको पिसाबमा एसिटोन, कम रक्तचाप (लो ब्लड प्रेसर), कमजोर मासंपेशी, टाउको दुख्नेजस्ता समस्या देखिएको छ ।
“यस्ता समस्यालाई समाधान गर्न स्लाइन तथा औषधि चलाउनु पर्ने तर उहाँले मानिरहनुभएको छैन” चिकित्सक शाहले भने । नियमितरुपमा उहाँको इसिजीमार्फत पनि स्वास्थ्य परीक्षण भइराखेको उनले जानकारी दिए ।
चिकित्सक केसीले अनशन सुरु गरेकाेआज साताैँ दिनमा छ । यस अवधिमा सरकारकाे तर्फबाट उनको अनशन अन्त्य गराउनका लागि खासै प्रयास पनि भएको छैन । सरकारका तर्फबाट आधिकारिक रुपमा केसीलाई भेट गर्न कोही प्रतिनिधि अनशनस्थलमा गएका समेत छैनन् ।
वरिष्ठ अर्थाेपेडिक सर्जन केसीले चौथो अनशन १४ दिनमा अन्त्य गरेका थिए । यसैबीच उनको मागप्रति एक्यबद्धता जनाउँदै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनले त्रिविवि शिक्षण अस्पतालको बहिरङ्ग सेवालाई आंशिक रुपमा अवरोध गरेका छन् ।
एसोसिएनका अध्यक्ष डा रामचन्द्र सापकोटाले केसीका माग पूरा नभए देशभरिका रेजिडेन्ट डाक्टर अस्पताल बन्द गराई आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
राज्यका विभिन्न निकायलाई आफ्ना विगतका सहमति कार्यान्वनका बारेमा पटकपटक आग्रह एवम् झकझक्याउने काम गर्दा पनि नभएपछि आफू अनशनमा बसेको केसीले बताउँदै आएका छन् ।
दसबुँदे मागमा मेडिकल कलेज सम्बन्धनसम्बन्धी संसदीय समितिले दिएको गलत र बदनियत सुझाव बदर गर्नुपर्ने, नेपालमा चिकित्सा शिक्षाको गुणस्तर कायम गर्नुपर्ने, यसलाई आम मानिसको पहुँचमा ल्याउनुपर्ने, विगतमा मेडिकल कलेज सम्बन्धमा भएका अनियमितता तथा भ्रष्ट गतिविधिमा संलग्न त्रिविवि पदाधिकारीमाथि कारबाही गर्नुपर्ने, राष्ट्रिय चिकित्सा तथा स्वास्थ्य नीति ल्याउनुपर्नेजस्ता रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: