Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

डा. गोविन्द केसी र नन्दप्रसाद अधिकारीबीच किन गरिँदैछ तुलना ?

काठमाडौं, केही वर्षयता नेपालमा दुई नाम चर्चामा आए– डा. गोविन्द केसी र नन्दप्रसाद अधिकारी । यी दुई पात्र चर्चामा आउनुका कारण, परिवेश र सन्दर्भ नितान्त फरकफरक छन् । तर, यतिबेला नेपाली समाजको एउटा तप्का डा. गोविन्द केसीलाई नन्दप्रसाद अधिकारीसँग तुलना गरिरहेको छ । दसवर्षे द्वन्द्वकालमा भएको गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको मृत्यु–प्रसङ्गसँग सम्बन्धित छ उनका बाबु नन्दप्रसाद अधिकारी अथवा ‘अधिकारी दम्पती’ प्रकरण । छोराका ‘हत्यारा’ लाई सख्त कारबाही गरी परिवारलाई ‘क्षतिपूर्ति’ दिनुपर्ने माग राख्दै पटकपटक वीर अस्पतालमा ‘अनसन’ बस्ने क्रममा पछिल्लोपटकको अनसनमै केही महिनाअघि सकिएको थियो नन्दप्रसाद अधिकारीको जीवनलीला । मनपरी ढंगले मेडिकल कलेजहरुलाई स्वीकृति दिइनु नहुने, मेडिकल कलेज तथा कलेजकै अभिन्न अंगका रुपमा स्थापित हुने सुविधासम्पन्न अस्पतालहरु राजधानी र सुविधासम्पन्न सहरहरुमै मात्र केन्द्रित गराउनु नहुने, स्थास्थ्य क्षेत्र तथा स्वास्थ्य शिक्षा क्षेत्रलाई दूरदराजका गरिब–निमुखा जनताको पहुँचसम्म पुर्‍याउनुपर्नेलगायतका मागहरु राखेर पटकपटक अनसनमा बस्दै आएका छन् शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. गोविन्द केसी । यतिबेला डा. केसीको पाँचौं पटकको अनसन सातौं दिनमा जारी छ । स्वास्थ्य क्षेत्रलाई माफियाकरणको चंगुलबाट मुक्त गराउनु र देशैभरका नागरिकलाई विनाभेदभाव स्वास्थ्य सेवामा समान पहुँचको स्थिति सिर्जना गराउनु नै डा. केसीको मुख्य माग हो । सरकारले ती माग पूरा गरिने आश्वासन पटकपटक दिएको छ र डा. केसीसँग सम्झौता पनि गर्दै आएको छ । तर; धनाढ्य, पहुँचवाला र राजनीतिकै शीर्षासनमा रहेकाहरु ‘स्वास्थ्य र मेडिकल शिक्षाको क्षेत्रका माफिया’ भएका कारण आफ्ना मागहरु व्यावहारिक कार्यान्वयनको तहमा आउनेगरी पूरा हुन सकेनन् भन्ने डा. केसीको ठम्याइ छ । पूर्वअर्थमन्त्री रमेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेलगायतले यसअघि ‘संसदीय समिति’ भित्रकै छलफलमा डा. गोविन्द केसीलाई ‘पागल’ को संज्ञा दिँदै उछित्तो काढेका थिए । उनीलगायतका राजनीतिक एवम् सामाजिक तथा अधिकारवादीहरु समेतको एउटा कित्ता डा. गोविन्द केसीका मागप्रति सरकारले कुनै वास्ता गर्नु नहुने र अनसनमै मर्न दिनुपर्ने आशय व्यक्त गर्दै आएका छन् । एकातिर डा. गोविन्द केसी आफ्ना मागहरु पूरा नगरिएसम्म कुनै हालतमा अनसन नतोड्न प्रतिबद्ध छन् भने अर्काति राज्य र समाजका हर्ताकर्ताहरुमध्येको एउटा कित्ता बरु उनलाई अनसनमै मर्न दिइनुपर्ने तर उनका मागहरु कुनै हालतमा पूरा गर्नु नहुने धारणामा छन् । यसैकारण यतिबेला गोरखा, फुजेलका नन्दप्रसाद अधिकारी र शिक्षण अस्पतालका डाक्टर एवम् प्राध्यापक गोविन्द केसीलाई एकापसमा दाँजेर प्रचार गर्न थालिएको छ । तर, नेपाली समाजको ठूलो हिस्साचाहिँ यी दुईबीच कुनै पनि कोणबाट तुलना हुनै नसक्ने र एक–अर्काबीच जोडेर चर्चा–परिचर्चा गर्नु आपत्तिजनक कार्य हुने धारणा राख्दछ । यी दुईबीच तुलना हुनुको अर्को प्रमुख कारण भनेको दुवैले अस्पतालमै अनसन बस्नु पनि हो । र, थप यी सामग्री पनि पढ्नुहोस्–
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy