बस, तिनी सैलुनहरुमा अरुका कपाल सुमसुम्याइहेका र टाउको मालिस गरिरहेका भेटिउन् । ती थोत्रा साइकलमा हाम्रा घरघरमा, हाम्रै भाउमा तरकारी बेचिरहेका होउन् । तिनले हाम्रा बिग्रेका स्टोभ र कुकर मर्मत गरुन् । तिनका साखा सन्तानहरु यसरी नै युगयुग बाचुन् । ती दास जस्ता देखिउन् । पश्चिम तराईका थारुहरु कमारा जस्ता देखिउन् ।००० [caption id=\"attachment_89788\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption] शीर्ष नेताहरुको बैठकमै केही समय अघि एमाले नेता केपी ओलीले मधेशी नेता राजेन्द्र महतोलाई भारतीय भूमी बिहारतिर जान सुझाए । देउवाले ‘थारुलाई राैं जत्ति अधिकार पनि दिन्न’ भनेको विषय सेलाईसकेको छैन । यी दुइ नेताले गणतन्त्र नेपालका मधेशी र थारुलाई संघीयताको नाममा दिएको बम्पर उपहार यो भन्दा ठूलो सायदै अरु केही होला । ००० आजकाल मधेशी संघर्षलाई लिएर सामाजिक संजालका केही फेसबुके र ट्वीटे पुस्ता मधेशमाथि ओली वाणी बोलिरहेको सुन्न पाइन्छ । तिनलाई के लाग्छ भने मधेशीहरु सब बदमास छन् । तिनको रगतको कणकणमा ‘अराष्ट्रिय तत्व’ छ । तिनका काम काठमाडौंका राजनीतिक मालिकहरुले अराईपराइ गरेको मान्ने हो । तिनले अधिकारका कुरा नगरुन् । तिनले हकका कुरा नगरुन् । ती बसोबास गरेका क्षेत्र नफुटाइयोस् भनेर नबोलुन् । तिनले सत्ताको कुरा नगरुन् । बस, तिनी सैलुनहरुमा अरुका कपाल सुमसुम्याइहेका र टाउको मालिस गरिरहेका भेटिउन् । ती थोत्रा साइकलमा हाम्रा घरघरमा, हाम्रै भाउमा तरकारी बेचिरहेका होउन् । तिनले हाम्रा बिग्रेका स्टोभ र कुकर मर्मत गरुन् । तिनका साखा सन्तानहरु यसरी नै युगयुग बाचुन् । ती दास जस्ता देखिउन् । पश्चिम तराईका थारुहरु कमारा जस्ता देखिउन् । तिनले पनि तिनै मधेशी ‘भैया’हरुजस्तै हामी केही उच्च वर्गका मानिसहरुका लयमा आँशु पिएर बाचुन्–किनभने ती अनपढ छन् । अशिक्षित छन् । ति गँवार छन् । पढेका, शिक्षित र मेहनत गरेकाहरु अरु हुन् । काठमाडौंको खाल्डोमा अरु पनि कुरा सुन्न पाईन्छ – मधेशका केही नेताहरु पञ्चायतकालदेखि आजसम्म सत्तामा छन् । तिनले किन मधेशमा काम गरेनन् ? ति किन भारतीय दुतावास पुगे ? तिनै ‘मधेशका सामन्त’ हरुलाई अधिकार किन दिने ?
मधेश र थारुहरुले जातीय राज्य मागिरहेको छैनन् । मेरो बुझाईमा उनको माग यत्ति हो– आफ्ना मूलका मानिसहरु बस्ने भूगोल एकै ठाउँमा राखिदेउ । हाम्रो भाषा मिल्छ । सँस्कार र सँस्कृति मिल्छ । र हामीले थोरै जनसांख्यिक लाभ उठाउन सकौं र जनसंख्या अनुपातको प्रतिनिधित्व गराउन सकौं । संघीयताका बहुमान्य सिद्धान्तहरुलाई राज्य सरकारले कार्यान्वयन गर्न सजिलो हुन्छ । हामीलाई नफुटाऊ, नछुटाऊ ।मनमा लाग्छ–तिनका बारेमा हिसाब मधेशी जनताले गर्लान् । यो अधिकार दिने बेलामा गरिने कुटील कुतर्क हो । राजनीतिक नेताहरु कस्ता छन् ? ती मधेशी होउन् या पहाडिया ? को सामन्त हो या होईन् ? यो छर्लङग छ । आन्दोलन र पविर्तनलाई कसले स्वीकार्यो या स्वीकारेन । हिसाबको परिणाम उल्टो आउन सक्छ । यो त फेरि पनि मधेशका नेता छान्ने काम काठमाडौंको भयो । हामी यस्तै तर्क गर्दैछौं । ००० जब मधेशले अधिकार माग्छ । तिनलाई भारतीय भन्न थालिन्छ । तिनका सम्बन्धका अन्तरकुन्तर खोतलिन्छ र नराम्रा कुराहरुको खोजी गरिन्छ । मधेशमा छिटपुट घट्ने ‘दाइजो प्रकरण’ र ‘बोक्सी काण्ड’ उछालेर मधेशीहरुको बदनाम गरिन्छ । यी घटना हाम्रा समाजिक चेतनाका उपज हुन् । खासमा राज्य दोषी हो । जसले समाजको उन्नत चेतना निर्माणमा सिन्को भाच्दैन । के मधेश, के पहाड, सबै ठाउँमा कुरितीजन्य घटना घटिरहेका छन् । उसो त काठमाडौंकै उच्चवर्गमा दाइजो नल्याइएको निहूँमा बुहारी मारिएका कहालीलाग्दा घटना घटेका छन् । हामी भन्दैछौं–अन्त घटेका अपवाद हुन्, मधेशमा घटेका अमानवीय हुन् । दुवै अमानवीय हुन् किन भन्दैनौं ? मधेश भारतीय हस्तक्षेपसँग लडिरहेको छ । भारतीय सीमाका मधेशीहरु नै हुन् नेपालका जंगी पिल्लर । कहीं कतै सरकारी मानिसहरुले एउटै पिल्लरको रक्षा गरेको हामीले आजसम्म देख्न सकेका छैनौं । हामी काठमाडौंबाट त्यो देख्दैनौं । मधेशी थिएनन् र तिनले भूमीको रक्षा गरेका थिएनन् भने तराई/मधेशका धेरै भुगोलहरु आज भारतीय हुने थिए । नेपाली हुनुको गर्व खासमा ती सीमामा बाँचेका मधेशी/नेपालीहरुमा छ–तर काठमाडौं ती मानिसहरुलाई उल्टो आरोप लगाएर राष्ट्रियताको ढोगं पिटिरहेको छ । ००० मधेश र थारुहरुले जातीय राज्य मागिरहेका छैनन् । मेरो बुझाईमा उनको माग यत्ति हो– आफ्ना मूलका मानिसहरु बस्ने भूगोल एकै ठाउँमा राखिदेउ । हाम्रो भाषा मिल्छ । सँस्कार र सँस्कृति मिल्छ । र हामीले थोरै जनसांख्यिक लाभ उठाउन सकौं र जनसंख्या अनुपातको प्रतिनिधित्व गराउन सकौं । संघीयताका बहुमान्य सिद्धान्तहरुलाई राज्य सरकारले कार्यान्वयन गर्न सजिलो हुन्छ । हामीलाई नफुटाऊ, नछुटाऊ । देउवा, रावल र भट्टहरुले यही भने– सुदुरपश्चिम नछुटाउ । काठमाडौंले सुन्यो । कर्णाली उपेक्षित थियो । उ पनि उफ्रियो– उसको सुन्नैपथ्र्यो, बेठीक भएन । सुर्खेतले राज्य सरकारको राजधानी माग्यो–पायो । बाग्लुङले छुट्टिदैनौं भन्यो– काठमाडौंले हवस भन्यो । ओली, सिटौलाहरुले मोरङ, झापा र सुनसरी दिन्नौं भने– काठमाडौं जंगेसँग भारदारहरु झुकेझैं झुक्यो । मधेशले पनि उही भन्यो– पाएन । थारुले त्यही कुरा गर्यो– सेना देखाइयो र यूवाहरुलाई विदेश धपाइयो । मधेश काठमाडौंसँग जोडिन चाहन्छ । काठमाडौं मधेशलाई जोड्न चाहन्न । काठमाडौंमा मधेशी हेपिन्छन् तर मधेशले काठमाडौंलाई कहिल्यै हेपेन । मधेशले बिखण्डनको कुरा आजसम्म गरेको छैन । सिके राउत उचालिरहेका छन् तर मधेशी जनता सुनिरहेका छैनन् ।
यी दुई मृत्युको भेदमा काठमाडौं रमरम छ । कैलालीको मृत्यु अमानवीय थियो, मधेशको मृत्यु मानवीय । मधेशमा राज्यले मार्नु जायज थियो, कैलालीमा नाजायज ।मनमा अब लाग्न थालेको छ– काठमाडौंले मधेशलाई आफ्ना नठानिरहँदा मधेशले पनि ‘जस्तालाई त्यस्तै’ गर्न चाह्यो भने के हुन्छ ? मलाई काठमाडाैंसँग सोध्नुछ–ओली, देउवा, रावल वा भट्टले मागे जस्तै कुरा माग्दा मधेशी र थारुलाई किन नदिएको ? ००० कैलालीको थारु सघर्षमा सात प्रहरीसहित एक बालक मारिए । त्यो हिंसात्मक थियो र अक्षम्य पनि । त्यसको समर्थन गर्नै सकिन्न । मधेश आन्दोलनमा अहिलेसम्म दुई दर्जनभन्दा बढी जनताको मृत्यु भइसेकेको छ । यो पनि हिंसात्मक, निरंकुश कर्म र अपराध नै हो । यसको पनि समर्थन गर्न सकिन्न । तर यी दुई मृत्युको भेदमा काठमाडौं रमरम छ । कैलालीको मृत्यु अमानवीय थियो, मधेशको मृत्यु मानवीय । मधेशमा राज्यले मार्नु जायज थियो, कैलालीमा नाजायज । कैलालीको मृत्यु दुख्छ काठमाडौंलाई । मधेशमा मारिएकाहरुको मृत्यु दुख्दैन । कैलालीमा मारिएकाहरुकाे विषय काठमाडौंमा ठूल्ठूला अक्षरमा फिचर बन्छन् । मधेशमा मारिएकाहरुका अक्षर एउटा सानो कुनामा थचारिन्छ । मधेशलाई लाग्दो हो –त्यहाँ मारिने उच्च थिए । हामी नीच भयौं र काठमाडौलाई दुखेन । ००० म पहाडीया खस सँस्कारको मान्छे हुँ । मेरो मधेशसँग राजनीतिक चेतनाजन्य र मानवीय सम्बन्ध बाहेक केही छैन । हिजो अधिकार माग्दा आतंककारी ठहरिएको एउटा पहाडे हुँ । मानिसहरुले मलाई यो लेखिरँहदा ‘जातीय’ भन्न सक्छन् । काठमाडौंसँग यिनलाई लगाउने आरोपहरु छन्–जंगबहादुरले शिलालेखमा छोडिगएका । तिनले समय हेरेर ती आलेखहरु भट्याउँछन् । तिनले गरिब भनेर हेपे, तिनले दलित भनेर हेपे, तिनले आतंककारी र अराष्ट्रिय तत्व भनेर हेपे । आज ती अधिकारका कुरा गर्दा जातीय भनेर हेप्दैछन् । ‘अधिकार’ लाई ‘विखण्डन’सँग दाज्ने शिक्षितहरुसँग कुनै गुनासो छैन । काठमाडौंसँग एउटा प्रश्न सोध्नुछ –मधेसलाई जोड्न चाहनुहुन्छ कि तोड्न ?
प्रतिकृया लेख्नुहोस्: