प्रचण्ड र माओवादीको इतिहास विरतासँग जोडिन्छन् । परिवर्तन, अग्रगमन, रुपान्तरणको अर्को नाम माओवादी हो । यसको इतिहास कसैसँग झुकेको, राष्ट्र र जनताप्रति गद्दारी गरेको इतिहास छैन । न औंलाहरुमा नदीनाला विदेशीलाई सुम्पिदाँ ल्याप्चे लगाएको मसी छ न राजाको गोडामा दाम राखेको विगत ! पुरुषले सुत्केरी भत्ता खाएको इतिहास माओवादीको इतिहास होइन। त्यो तिम्रो इतिहास हो ।सरकारले ल्याएको संविधान संशोधनको विपक्षमा रहेको संसदको दोस्रो ठुलो शक्ति नेकपा एमालेले संचालन गरिरहेको आन्दोलनमा यस्ता कैंयन अपाच्य र हिंसाजन्य घटनाहरु छन्, जसले हामीले वा समाजले आँखा चिम्लिन अब कम्तिमा सक्दैन । बुटवलमा निजी कारमा गरिएको आगजनी होस् वा विरामी बोक्ने एम्बुलेन्सको टायरमा हावा खुस्काउने एमाले रबैया होस्–अब सह्य हुन्न नै । यी माथि उल्लेखित घटनाक्रमहरु प्रतिनिधि घटनाका रुपमा मात्रै यहाँ प्रस्तुत गरिएको हो । यसका अलवा दर्जनौं यस्ता घटनाहरु घटेका छन्, जसको जतिधेरै प्रतिवाद गरे पनि कम हुन्छ । हुनत एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छोड्नु पर्दाको विक्षिप्तता कान्तिपुर टेलिभिजनमा प्रष्टै रुपमा जनतासँग राखिसकेका छन् । त्यसबाटै उनको र उनको दलको आगामी रबैया के हुन्थ्यो भनेर सहज अनुमान गर्न सकिन्थ्यो । [caption id=\"attachment_89788\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption] भृकृण्टीमण्डपको चियागफमा एक वामबुद्धिजीवीले भनेथे– एमाले ‘सत्ता एडिक्ट’ पार्टी हो । जसरी एउटा लागूऔषध प्रयोगकर्ता लागूऔषधबिना बाँच्न सक्दैन र नपाउँदा जे गर्न तयार हुन्छ, त्यसरी नै एमाले पनि सत्ताविना बाँच्न सक्दैन । ओलीको सत्ता बहिगर्मनपश्चात एमालेको रबैया हेर्दा थप पुष्टी गरिरहनु नपर्ने देखियो । हाम्रो जस्तो संक्रमणकालिन र कसैको पनि बहुमत नरहेको अवस्थामा सरकार परिवर्तन हुनु सामान्य र स्वभाविक प्रक्रिया हो । एमाले यदि सत्ता एडिक्ट थिएन भने सहजरुपमै लिन्थ्यो र फेरि जित्ने अभियानमा हुन्थ्यो । पछिल्लो समयलाई ध्यान दिएर हेर्ने हो भने ति बुद्धिजीवीको तर्कलाई अर्को कुराले पनि पुष्टी गर्छ –बृहत शान्ति सम्झौतापश्चातको यो एक दशकमा एमाले ८ वर्षसम्म सरकारमा छ । कुनै पनि किसिमको एडिक्ट आफ्नो विवेकमा चल्दैन । बस १ उ दुव्र्यसन गर्न नपाउँदा अचम्मको ‘रियाक्ट’ गर्न थाल्छ । एमालेको पछिल्लो हरकत कुनै दुव्र्यसनीलाई बिर्साउने खालको छ । प्रधानमन्त्रीको टाउको काटेर फुटबल खेल्छु भन्नु, सार्वजनिक तथा निजी सवारीमा आगजनी गर्नु, एम्बुलेन्सजस्तो मानिसको जीवनमृत्युसँग जोडिएको साधनको टायरको हावा खोल्नु, आफूबाहेक अरुलाई पागल देख्नु, सामाजिक संजालमा अपाच्य हुनेगरी गाली गलौज गर्नु, देशको आधा जनसंख्या भएको मधेसका जनसमुदायलाई भारतीय देख्नु एमालेको पछिल्लो चरित्र हो ।
प्रचण्ड र सरकारलाई राष्ट्रघाती भनिरहेका एमालेजनले कहाँकहाँ राष्ट्रघात भयो भन्न सकिरहेका छैनन् । यीनले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र सर्वस्वीकार्य संविधान निर्माणलाई राष्ट्रघात भनेका हुन् भने हामीसँग जवाफ छैन ।एमालेको यो रबैया अब सहन सकिन्न । एमालेले गणतान्त्रिक मुलुकको लोकतान्त्रिक मूल्य, विधि र मान्यता स्वीकार गर्ने कि नगर्ने रु संसदको अल्पमत या बहुमतलाई स्वीकार गर्ने कि नगर्ने रु जहाँसम्म संविधान संशोधनको कुरा छ संसदको निर्णय एमालेले मान्नैपर्छ । कि भन्नुपर्यो यो व्यवस्था स्विकार्दिन । एमालेले के हेक्का राख्न जरुरी छ भने नयाँ संविधान जारी हुँदा जसरी मधेसी मोर्चाको अस्विकार्यताबीच दुईतिहाइले संविधान जारी गर्यो, त्यसरी नै एमालेको असहमतिबीच दुईतिहाइले संविधान संशोधन गर्न सक्छ । तर एमाले, संसदमा उही एडिक्टको जस्तो व्यवहार प्रदर्शन गर्दै संसदको सर्वोच्चतालाई लल्कार्दै अवरोधको बाटोमा छ । दुनियाँ प्रष्ट छ–संविधान संशोधनबिना मुलुक निर्बाचनमा जानै सक्दैन । निर्बाचन बेलैमा हुन नसक्दा नयाँ संविधान लागू हँुदैन । ‘संविधान संशोधन गर्नै दिन्न’ भन्नुको अर्थ नयाँ संविधान लागू हुन दिन्न भन्नु हो । यसो भए एमालेले भन्नुपर्यो कि हामी नयाँ संविधानको पक्षमा छैनौं ।
हुनचाँही एमाले न नयाँ संविधानको पक्षमा थियो न गणतन्त्रको पक्षमा । गणतान्त्रिक आन्दोलन चल्दै गर्दा आन्दोलनलाई उपहास गर्दै ‘ठेला गाडा चढेर अमेरिका पुगिदैँन’ भन्ने ओलीहरु अहिले एमालेको नेतृत्वमा छन् । हुन त संघीयतालाई उसले काँक्रो चिरेको अर्थमा बुझ्ने ओलीमार्काहरुसँग गरिने यस्ता राजनीतिक बहसको अर्थ नहोला तर एमालेको अराजकतामाथि अब औंलो ठड्याउनुपर्छ र भन्नैपर्छ–ओलीको दुव्र्यसनले देश चल्दैन ।हुनचाँही एमाले न नयाँ संविधानको पक्षमा थियो न गणतन्त्रको पक्षमा । गणतान्त्रिक आन्दोलन चल्दै गर्दा आन्दोलनलाई उपहास गर्दै ‘ठेला गाडा चढेर अमेरिका पुगिदैँन’ भन्ने ओलीहरु अहिले एमालेको नेतृत्वमा छन् । हुन त संघीयतालाई उसले काँक्रो चिरेको अर्थमा बुझ्ने ओलीमार्काहरुसँग गरिने यस्ता राजनीतिक बहसको अर्थ नहोला तर एमालेको अराजकतामाथि अब औंलो ठड्याउनुपर्छ र भन्नैपर्छ–ओलीको दुव्र्यसनले देश चल्दैन । एमालेजनलाई अहिले के लागेको छ भने आफूबाहेक अरु सबै राष्ट्रघाति हुन् । मधेस, पहाड र हिमाललाई सन्तुलनमा ल्याउन खोज्ने प्रचण्ड भारतीय हुन् । मधेसलाई भारतमा गाभ्न खोज्ने र धकेल्ने ओली राष्ट्रवादी हुन् । एमालेको राष्ट्रवाद कस्तो राष्ट्रवाद हो रु यो महेन्द्रीय राष्ट्रवादसँग पनि मेल खाँदैन । कम्तीमा महेन्द्रले मधेसलाई नेपालकै हो भन्थे । ओली मधेसलाई भारतको हो भनिरहेका मात्रै छैनन् मधेसीहरुलाई भारतीय हुन् समेत भनिरहेका छन् । प्रचण्ड र सरकारलाई राष्ट्रघाती भनिरहेका एमालेजनले कहाँकहाँ राष्ट्रघात भयो भन्न सकिरहेका छैनन् । यीनले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र सर्वस्वीकार्य संविधान निर्माणलाई राष्ट्रघात भनेका हुन् भने हामीसँग जवाफ छैन । बरु एमालेजनले आफ्नो संलग्नतामा भएको राष्ट्रघातप्रति माफी माग्नु आजको अपरिहार्यता हो । महाकाली सन्धिका पक्षमा एमाले नेताहरु आजपनि खुलेर लागिपरेका छन् । महाकाली सन्धिको पक्षपाति हुनुको क्षमायाचना एमालेले गर्ने कि नगर्ने रु अघिल्लो प्रचण्डको नेतृत्वको सरकारले पशुपतिमा भरतीय पुजारी हटाएर नेपाली पुजारी राख्न खोज्दा गेरुबस्त्रमा आफ्ना कार्यकर्तालाई ‘भारतीय पुजारी नै राख्नुपर्छ’ भन्दै सडकमा उतारेर भारतीय शाषकहरुसँगको मिलेमतो स्विकार्ने कि नस्वीकार्ने ?
यसलाई धम्कीको रुपमा होइन एमालेजनले सामाजिक शिक्षाको रुपमा लिदा बुद्धिमानी हुन्छ–प्रचण्डको टाउको काटेर फुटबल खेल्छु भन्ने तिम्रा कार्यकर्ताको मुखमा ‘ग्लुस्टिक’ लगाउ ! यता माओवादीमा ध्यान गरिरहेका बुद्धका चेलाहरु छैनन् भनेर सम्झ। प्रचण्डको नाममा एक रुपैँया चन्दा उठाउँदै हिडेका तिम्रा कार्यकर्तालाई ठेगानमा बस भन ! हामी हाम्रा प्रचण्डलाई पाल्न सक्छौं । बरु एमाले नेताका दर्जनौं दरबार र घरबारको हिसाब देखाउने तयारी गर ।फेरिपनि सवाल राष्ट्रिय एकताको हो । सक्रमणकालिन मुलुकलाई संविधान संशोधनमार्फत निर्बाचन हुँदै संवैधानिक संक्रमणको अन्त्य अथवा निकासको हो । मुख्य दलहरु मिल्नुको विकल्प छैन । एमालेको यो उत्ताउलोपन सत्तासँगको सम्बन्धमा टाढिएको विछिप्तता बाहेक केही होइन भने ज्ञानीले कुरा बुझेका छन् । फेरि जाउँ सुरुकै प्रशंगमा । एमालेले आफ्ना नेता कार्यकर्तालाई नैतिकताको शिक्षा पढाओस् । राजनीतिकर्मीले प्रयोग गर्न हुने र नहुने भाषा, ज्ञान सिकाओस् । होइन सिकाउने मानिसहरु छैनन् भने राजधानीमा माक्र्सवादी ज्ञानविज्ञानबारे साप्ताहिक छलफल चल्ने स्थानहरु छन्, त्यता पढ्न पठाओस् । यसलाई धम्कीको रुपमा होइन एमालेजनले सामाजिक शिक्षाको रुपमा लिदा बुद्धिमानी हुन्छ–प्रचण्डको टाउको काटेर फुटबल खेल्छु भन्ने तिम्रा कार्यकर्ताको मुखमा ‘ग्लुस्टिक’ लगाउ ! यता माओवादीमा ध्यान गरिरहेका बुद्धका चेलाहरु छैनन् भनेर सम्झ। प्रचण्डको नाममा एक रुपैँया चन्दा उठाउँदै हिडेका तिम्रा कार्यकर्तालाई ठेगानमा बस भन ! हामी हाम्रा प्रचण्डलाई पाल्न सक्छौं । बरु एमाले नेताका दर्जनौं दरबार र घरबारको हिसाब देखाउने तयारी गर । प्रचण्डले मिठो खाए होलान्, ह्याण्डसम् छन्–जे लाउँदा नि राम्रो देखिन्छन् । तिनले विदेशी होटलमा गएर जन्मदिनको दिन उधारो केक काटेका छैनन् । प्रचण्ड हाँस्य पात्र होइनन्, युग बदल्ने अभियानको नेतृत्व गरेका एक नेतृत्वकर्ता हुन् । कमजोरी उनका पनि होलान् तर तिमीले बोकेको गुण्डा नाइके परशुराम बस्नेत या चरी होइनन् प्रचण्ड ! अँ भन त –तिम्रा अध्यक्ष ओलीको किड्नी नै भारतमा फेरेको, त्यो भएर ... ! भन्यो भने के हुन्छ ? म माफी चाहन्छु यो भन्नु हुने कुरो होइन । यो कुरा यहाँ लेख्नु त के सोच्नु पनि हुँदैन । हामी सबै उहाँको दीर्घायू चाहन्छौं । तिम्रा हर्कतका कारण यहाँ सम्झाइ हेर्न मन लाग्यो–हैसियत कसैले पनि भुल्नु हुँदैन । एमालेजनले राजनीतिक कर्म र हैसियत नभुल ! प्रचण्ड र माओवादीको इतिहास विरतासँग जोडिन्छन् । परिवर्तन, अग्रगमन, रुपान्तरणको अर्को नाम माओवादी हो । यसको इतिहास कसैसँग झुकेको, राष्ट्र र जनताप्रति गद्दारी गरेको छैन । न औंलाहरुमा नदीनाला विदेशीलाई सुम्पिदाँ ल्याप्चे लगाएको मसी छ न राजाको गोडामा दाम राखेको विगत ! पुरुषले सुत्केरी भत्ता खाएको इतिहास माओवादीको इतिहास होइन। त्यो तिम्रो इतिहास हो । पश्चगमनको रगत अहिले पनि तिम्रा नेताहरुमा बग्छ । चोथाले मुख चलाउनुको सट्टा इतिहासबाट केही सिक्ने हो कि !
प्रतिकृया लेख्नुहोस्: