यो बयान होइन –हजुरलाई भ्रम नपरोस् । यो आरोप होइन –हजुर हैरान नपरिस्योस् । यो सफाई पनि होइन–म सफाई लेख्न जरुर ठान्दिन । यो बिन्ति होइन–आक्रोश हो । यो हजुरहरुमाथिको नालिस हो । फैसला जनताले गर्छ–किनभने आज पनि म जनताको अदालतलाई सलाम गर्छु ।हजुरले मेराहरुमाथि लेखेको फैसला देखेपछि मलाई केही लेखुँ लाग्यो – यो बयान होइन –हजुरलाई भ्रम नपरोस् । यो आरोप होइन –हजुर हैरान नपरिस्योस् । यो सफाई पनि होइन–म सफाई लेख्न जरुर ठान्दिन । यो बिन्ति होइन–आक्रोश हो । यो हजुरहरुमाथिको नालिस हो । फैसला जनताले गर्छ–किनभने आज पनि म जनताको अदालतलाई सलाम गर्छु । हो, म लडेकै हो । मैले युद्ध गरेकै हुँ । हामीले सप्ताह लगाएको थियौं– म भनिरहेको छैन । त्यो १२ वर्षे ‘राम वनबास’ पनि थिएन । न भद्रभलाद्मी बोलाएर रुद्री गरिएको थियो । त्यो युद्ध थियो । न्यायका लागी लडिएको एउटा महान युद्ध । म सम्झाउँ हजुरलाई –युद्ध रक्तपातपूर्ण हुन्छ । युद्ध भयानक हुन्छ । युद्ध रहरमा जन्मदैंन । युद्ध पिडामा जन्मन्छ, आक्रोशमा जन्मन्छ । न्यायका लागि अन्यायका विरुद्धमा जन्मन्छ । संसारमा युद्धको नियम यही हो । युद्धमा मानिसहरु मर्छन् र मारिन्छन् । हो त्यही युद्धको म सिपाही हुँ । हामीले लडेको युद्ध आंतकवाद थिएन । त्यो न्यायिक युद्ध थियो । न्यायिक थिएन भने त्यो युद्धसँग हजुरको राज्य झुक्दैनथ्यो । युद्धका सिपाहीहरुसँग राज्यले सम्झौता गर्दैनथ्यो । ती सिपाहीहरु राज्यका राष्ट्रिय सिपाही बन्दैनथे । हजुरलाई हेक्का होस्–हामी हजुरको राज्यले युद्धमा हराएर दाम्लोले बाँध्दै हजुरको कठघरामा उभ्याइएको युद्धबन्दी होइनौं । राज्यका विद्यमान कानून फेर्ने र उत्पीडितहरुलाई राज्य चलाउन दिने शर्तनामामा दुई सत्ताबिच भएको समझदारीमा आएका हौं । [caption id=\"attachment_89788\" align=\"alignleft\" width=\"250\"]
जुरको कानुनले ठालुहरुसँग घुडा टेक्छ, निर्धाहरुसँग परेड खेल्छ । मैना सुनुवारको बलात्कारमाथि नलाग्ने र बालकृष्णमाथि लाग्ने हजुरको कानुन आफ्नाहरुसँग अन्धो हुन्छ, पराईहरुका इन्द्रीय देख्छ ।कानूनले देख्दैन । कानुनले सुन्दैन । श्रीमान, अड्कलेर सुन्ने र देख्ने यो कानुन कसले बनाएको ? कानून विवेकले चल्छ कि चल्दैन ? कानून आवेगले चल्छ कि चल्दैन ? कानुन दुखमा रुन्छ कि रुँदैन ? कानून खुशीमा हाँस्छ कि हाँस्दैन ? कहिले लाग्छ–कानुन मौन हुन्छ, यसले केही गर्दैन । कहिले काग्छ–कानुन मिथ्यको वायुपंखी घोडाजस्तै चलायमान छ, यसले जे पनि गर्छ । कानून एउटै हो–हजुरको हातमा परेपछि छुट्टीभिन्न हुन्छ । अँ साँच्चि, हजुरको कानूनले पालो फेरिफेरि एउटैलाई योग्य र एउटैलाई अयोग्य देख्छ । हजुरको कानुनले ठालुहरुसँग घुडा टेक्छ, निर्धाहरुसँग परेड खेल्छ । मैना सुनुवारको बलात्कारमाथि नलाग्ने र बालकृष्णमाथि लाग्ने हजुरको कानुन आफ्नाहरुसँग अन्धो हुन्छ, पराईहरुका इन्द्रीय देख्छ । अचम्म लाग्छ । त्यही युद्धका योजनाकारहरु यो देशका उपल्लो निकायमा यत्रतत्र छन् । अहिले पनि युद्धका सिपाहीहरु राष्ट्रिय सेनामा छन् । कुटनीतिक निकायहरु हुँदै ती अरु देशमा पनि छन् । तिनले हजुरहरुलाई सपथ ख्वाउँछन् । ति यो राज्य चलाउँछन् भने तिनका सहयात्रीहरु कसरी अपराधी र हत्यारा हुनसक्छन् ? श्रीमान नरिसाइयोस्–हजुरका टाढाकाहरुले हजुरको न्यायलयमा पलाँतीको पुस्तासम्म न्याय पाएका छैनन् । हजुरका नजिककाहरुलाई चौबिस घण्टा नबित्दै न्याय उपलब्ध छ । यो कानून कस्तो कानून ? अब हजुर भन्नुस् –यस्तो विभेदी कानून कसैले किन मानोस् । अन्तिममा भनिराँखु, –हामी लडेवापत जेल जान्नौ । हाम्रा बालकृष्ण ढुगेंल र केशव राईहरुले लडेवापत सजाए काट्न सक्दैनन् । बृहत शान्ति सम्झौता अनुसार सत्य निरुपण अायाेगमा जनयुद्धकालिन जघन्य घटनाहरु पठाइस्योस् । कि भनिस्योस्– मेरो इजलासले ‘शान्ति सम्झौता’ मान्दैन । हजुर मानिन्न भने हामी पनि मान्दैनौं । नमानेपछि के हुन्छ हजुरलाई थाहा छ । आगे हजुरको जो मर्जी…
प्रतिकृया लेख्नुहोस्: