प्रचण्ड, आफैमा एउटा प्रवृत्ति हो । प्रचण्ड, पहलकदमी हो । प्रचण्ड, आन्दोलन हो । प्रचण्डमाथिका परिभाषा अनेकान छन् । कोही भन्छन्– उनी ‘अद्भूत’ हुन् । कोही भन्छन्– उनी ‘केही’ होइनन् । कोही उनलाई ‘बैद्य र बाबुराम जुधाएर खाइपाइ आएका चतुर’ भन्छन् । कोही भन्छन् ‘बाबुराम र बैद्यजस्तालाई सँगै लिएर हिँडेका अद्भूत ।’ प्रचण्ड बुझिनसक्नुका छन् ।केही महिनाअघि प्रचण्डको नाम लिन डराउनुपथ्र्यो । कसैले चिया पसलमा माओवादीलाई गाली गरिरहँदा स्वयं माओवादी भएर पनि गाली थपिदिएर हिँडेमात्रै छुट पाइन्थ्यो । संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको माओवादी एकाएक लोकप्रियताको शिखरमा छ । प्रचण्ड त्यो शिखरको टुप्पोमा मोहनी हाँसो हाँसिरहेका छन् । यो आजको सत्य हो । प्रचण्ड, आफैमा एउटा प्रवृत्ति हो । प्रचण्ड, पहलकदमी हो । प्रचण्ड, आन्दोलन हो । प्रचण्डमाथिका परिभाषा अनेकान छन् । कोही भन्छन्– उनी ‘अद्भूत’ हुन् । कोही भन्छन्– उनी ‘केही’ होइनन् । कोही उनलाई ‘बैद्य र बाबुराम जुधाएर खाइपाइ आएका चतुर’ भन्छन् । कोही भन्छन् ‘बाबुराम र बैद्यजस्तालाई सँगै लिएर हिँडेका अद्भूत ।’ प्रचण्ड बुझिनसक्नुका छन् । केही बुझ्नेहरुले भन्छन्, ‘स्वनिर्णय गरेको बेला प्रचण्ड हावी हुन्छन् । जब परिबन्धमा निर्णय गर्छन् तब प्रचण्ड फस्छन् ।’ प्रचण्डले ‘निराश’ माओवादी कार्यकर्तालाई भन्थे –माओवादी अब १० वर्ष राजनीतिको केन्द्रमा हुन्छ । हामीलाई भर लाग्दैनथ्यो । अरुलाई ‘इस ’ लाग्थ्यो । उनले त्यो सम्भव छ भन्ने कुरा फेरि एक पटक देखाएका छन् । प्र्रचण्डमाथि ‘बदलिइरहने’ ‘अस्थिर भइरहने’ आरोप लाग्छ । मेरो जबर्जस्त तर्क छ– उनी ‘स्थिर’ र ‘धिर’ नेता हुन् । संविधान निर्माणबारे प्रचण्डमाथि झिना आरोप छन् –उनले वर्ग छोडे । वर्गका मुद्दा छोडे । उनी कति ‘सतर्क’ छन् ? थाहा छैन । उनका तर्क छन् – गक्षअनुसार हाम्रो वर्गले अहिलेलाई पाउने यत्ति हो ।
आफ्नो पार्टी फुट्ने उनलाई थाहा थियो तर सेना समायोजन तथा शान्तिप्रक्रिया टुङ्ग्याए । चुनावमा के हुन्छ ? थाहा थिएन । तर, अर्काको सरकार बनाएर देशलाई दोस्रो संविधानसभाको चुनावमा होमे । र, राजनीतिकरुपमा गति दिए । उनी आफै पराजित भए । तर, डराएनन् ।प्रचण्ड हारेर जित्न सक्छन् । संविधान निर्माणमा उनले जिते । उनी ‘जित्न र हार्न’ दुवैमा सिपालु छन् । यसबीच पार्टी फुटका चोटहरु बेहोरे । जब प्रचण्ड खुल्ला राजनीतिको मूलधारमा आए तब प्रचण्डका निर्णयहरुमा मुलुक हिँडेको छ । उनले उठान गरेका एजेण्डाहरुको निरन्तर बहस र कार्यान्वयनमा देश बहेको छ । हिजो संविधानसभाको चुनावयता देशका ठुला निर्णयहरुमा प्रचण्ड हावी छन् । सेना समायोजन, शान्तिप्रक्रिया, दोस्रो संविधानसभाको चुनाव र नयाँ संविधान निर्माणमा प्रचण्डको ‘बोल्ड’ निर्णयले काम गरेको छ । उनी प्रधानमन्त्री भएपश्चात संविधानको मुल धार भन्दा बाहिर रहेका मधेसी मोर्चा लगायतलाई सहमतिको बाटोमा हिडाइरहेका छन् । सायद त्यो चाडै निष्कर्षमा पुग्नेछ । आफ्नो पार्टी फुट्ने उनलाई थाहा थियो तर सेना समायोजन तथा शान्तिप्रक्रिया टुङ्ग्याए । चुनावमा के हुन्छ ? थाहा थिएन । तर, अर्काको सरकार बनाएर देशलाई दोस्रो संविधानसभाको चुनावमा होमे । र, राजनीतिकरुपमा गति दिए । उनी आफै पराजित भए । तर, डराएनन् । संविधान जारी हूँदा बखत आफ्नै पार्टी नेताहरु असहमत हुँदाहुँदै संविधान निर्माणको निर्णयमा पुगे । उनीमाथि पार्टीिभत्रकै मुख्य नेता र भारतीय पक्षको ठुलो दबाब थियो । तर, उनले टेरेनन् । प्रचण्ड के बोल्छन् ? होइन के गर्छन् ? भनेर हे¥यौं भने दृढ प्रचण्ड भेटिन्छन् । बरु सत्य के हो भने प्रचण्ड परिस्थितिको द्रुत गतिमा आँकलन गर्ने खुबी भएका नेता हुन् । उनी त्यो गतिमा हुँदा अरुले भेउसमेत पाउन्नन् अनि उनीमाथि ‘अस्थिरता’को आरोप लाग्छ । प्रधानमन्त्री भएपछि प्रचण्ड जनताका दिनानुदिनका कामहरु सम्पादन गर्न व्यस्त छन् । ओलीले ठुलठुला गफ गरेर ९महिना विताए । प्रचण्डको बुझाईमा ससाना तर रणनीतिक महत्वका कामहरु सम्पादन गर्न उनका लागी ९ महिना काफी छ । उनले भनेजस्तै उनको पार्टीको ठेगान छैन, तर स्थानीय चुनाव गराए भने प्रचण्ड इतिहासमा त्यस्ता पात्र बन्नेछन्–जसले नयाँ संविधान लेख्न, जारी गर्न र कार्यान्वयन गर्न सम्भव बनाए । अँ त, सन्दर्भ प्रचण्डको चर्चाको भन्दा पनि चुनौतिको हो । प्रचण्ड अहिले हावी छन् । उनले संविधान निर्माणमा नसमेटिएका केही विषयबारेमा बोलिसकेका छन् । मधेसी, जनजाति, थारु, महिला र शासकीय स्वरुपबारे अबका एजेण्डा बनाउलान् नै । प्रचण्ड जति चर्चामा छन् उति नै उनीमाथि चुनौति पनि छन् । ती चुनौतिहरुलाई प्रचण्डले कसरी नेतृत्व गर्छन् भन्ने कुराले प्रचण्डको लोकप्रियताको शिखरको नापोजाँचो गर्नेछ ।
प्रतिकृया लेख्नुहोस्: