मेरा आँखामा आँसुका भेल थिए, आँसु पुछें हत्केलाले । छोरी थिइन, छोरी पछि उभिएका अनुप फुत्त हराए । देखें अनुप त आगनमा छटपटाइरहेका ।कुहिरोले छपक्कै छोपेको लेकाली भूगोल । दुस्मनले तल्ला भूगोलहरुमा अपरेसन चलाइरहेको भए पनि हामी बसेको गाउँमा हत्तपत्त आउने सम्भावना थिएन । घाइतेको सुरक्षार्थ तीन जना साथीहरु खटेका थिए । बिहानै उठेर उहाँहरुमध्ये दुई जना रासन लिन हिँड्नुभयो । तामाङ बस्तीका जनता खेतीपातीमा व्यस्त थिए । निकै दिनदेखि मुसलधारे झरी परिरहेको थियो । पातलो गाउँ, प्रायः घरहरु एक्लाएक्लै, कतैकतै दुइटा घरसम्म सँगै देखिन्थे । मान्छेहरु घरबाहिर कमै भेटिन्थ्यो । कि खेतबारीमा त कि घरगोठमा । एक महिने बसाइमा हामीले गाउँलेहरुलाई कमै भेट्यौं । उनीहरु खेतीपातीको काममा, हामी उनका घरमा । घाइते साथीहरु सुस्ताउँदै हुनुहुन्थ्यो । म उहाँहरुको ड्रेसिङ सकेर जाउलो बनाउँदै थिएँ । चिसो भएक कारण घाइतेहरुलाई अगेनाको छेउमै राखिएको थियो । स्क्वाडको एक साथी धारामा पानी लिन निस्केका । अनुपले एक्कासि सोधे, ‘छोरीलाई के छ कुन्नि ?’ ‘राम्रै होला नी’, मैले भनें । कोल्टे फेरेझैं गरेर अनुपले भने, ‘धेरै भो नभेटेको पनि !’ ‘किन, न्यास्रो लाग्यो ?’ ‘न्यास्रो त लागिहाल्छ नि !’ मैले जाउलो निकालेर भुइँमा राखें । चिया पकाउने कि नपकाउने, दोमनमै घडी हेरें, दिनको तीन बजे छ । कराई बसालेर पानी हाल्दै थिएँ, ढोकाबाट आएको उज्यालो छेकियो, ढोकामा कोही उभिएझैं । मैले मुन्टो उठाउन नपाउँदै केही मान्छेहरु भित्र पसे । उनका हातमा बन्दुक थियो । म झस्किएँ— को हुन् हँ ? उनीहरुले गोली चलाइहाले । पहिलो गोली घाइते कमरेड पहललाई हानियो छातीमै ताकेर । उहाँ छटपटाउनसमेत सक्नु भएन । मेरो होस गुमेको थिएन तर सिङ्गै टाउको घुमिरहेको थियो । म अगेनामै थामिएँ, मानौं केही भएकै छैन । बाहिर होहल्ला चल्यो— बन्दुक पड्किएको । अनुपलाई घिसारेर आँगनतिर लगे । घरायसी तामाङ पहिरनमा बसेकी म, घरकै मान्छे ठाने कि, चलाएनन् । पुलिस रहेछन् । कसरी आए एक्कासि ? पानी लिन गएको साथी पनि मारियो ? बाहिर गोली चल्नुको अर्थ के हुन सक्छ ? म अलि आत्तिएँ पनि । प्रतिरोध गर्न मसँग केही हतियार थिएन । बाहिर आँगनमा अनुपलाई पिट्तै थिए । पानी झमझम झरिरहेकै थियो । अनुपको चिच्याहटले मेरो छाती पानीभन्दा बढी दर्केको थियोे ! मझेरीमा ढलेको तुफानको लास छामिहेरें, चिसो थियो । एक मनले भन्यो— प्रतिरोध गर्छु । भ¥याङमा स्युरिएको बन्चरो उचालें— एक–दुईलाई त पक्कै मार्छु । म मेरो अनुपलाई मारिएको कसरी हेरुँ ? ढोकामा गएर चियाएँ । अकस्मात ढोका ढाकेर छोरी आई टुप्लूक्क । उसको पछाडि अनुप उभिएको । छोरी उदास देखिन्थी, अनुप दृढ र अविचल । छोरीका आँखाबाट आँसु झरेका थिए मेरै जति । अनुपका आँखा सुक्खा । पिलपिलाउँदै नजिक आउँदै गरेकी छोरी ।
म मारिनुसँग भन्दा पनि अनुपको त्यो हालतसँग डराएकी थिएँ । केही गरौं, सक्तिनँ; नगरौं भने खपूँ कसरी ? रिँगटा लाग्यो ।‘ममी, म कोसँग बस्ने ?’ अनुपले छोरीलाई साथ दिँदै मुन्टो हल्लाए । [caption id=\"attachment_72704\" align=\"alignleft\" width=\"150\"] लेखक[/caption] म झसङ्ग भएँ । हामीले यात्रामा साथ दिने र ढलेको बन्दुक उठाउने प्रतिबद्धता गरेका थियौं, सतीको होइन । मैले उनको बन्दुक उठाउनुपर्छ । छोरी छे उनको नासो ! मलाई अलि तागत आयो । अब मसँग आफ्नो प्रिय मान्छेलाई छोडेर हिँड्नुको विकल्प थिएन । सोचें— भावनामा आएर मर्नु हुन्न, मैले आफैलाई समाल्नुपर्छ, क्रान्तिको नियम हो यो । मेरा आँखामा आँसुका भेल थिए, आँसु पुछें हत्केलाले । छोरी थिइन, छोरी पछि उभिएका अनुप फुत्त हराए । देखें अनुप त आगनमा छटपटाइरहेका । कोही बोल्यो, ‘हान्दिउँ साब ?’ तुरून्तै अर्को बोल्यो, ‘पख साले !’ मैले ढोकाले छेकिएर चियाएँ । सानो माउजर बोकेको मोटो मान्छे फेरि बोल्यो, ‘यसलाई तड्पाएर मार !’ मोटे निथ्रुक्क भिजेको थियो, आँगनको डिलमा केही पुलिसहरु काँपिरहेका । यो क्रम निकै बेर चल्यो । मलाई उनीहरुले वास्ता गरेनन् । म थप बोल्नु मात्रै पनि मारिनु हुन्थ्यो । अनुप आँगनमा घोप्टिएको थिए । सङ्गिनको चुच्चोले अनुपको तिघ्रामा घोचेजस्तो छ, भलभलती रगत बगिरहेकोे । झरीको पानीसँगै मिसिएर आँगनमा बगेको रातो पानीले मेरा आँखा तिरमिराए । म मारिनुसँग भन्दा पनि अनुपको त्यो हालतसँग डराएकी थिएँ । केही गरौं, सक्तिनँ; नगरौं भने खपूँ कसरी ? रिँगटा लाग्यो । आगनमुन्तिर केही मान्छेहरु बोलेको सुनियो । लगत्तै मोटे करायो, ‘के भो ए ?’ ‘खलाँस’, उताबाट कोही बोल्यो । ‘कति जना रहेछन् ?’ ‘एउटा ।’ ‘उनीहरुले धारामा गएका साथीको कुरा गरेका त होइनन् ?’ मन बोल्यो । पक्कै हो । भित्ताको हँसिया र नाम्लो समातें र बाहिर निस्किएँ । अनुपलाई चियाएँ, आँगनमा लडाइएको थियो । आँखामा रगतका धारा थिए । आधा खुलेको मुख गाला टेकाएर घोप्टिएको । मलाई देखुन् भन्ने लाग्यो तर कसरी ? वरिपरि बर्दीका राक्षसहरु थिए । आँगनबाट ओर्लने सिँढी एउटै मात्र थियो । सिँढीमा पुग्नै लाग्दा नयाँ आएको करायो, ‘ओए, पख !’ हत्तपत्त आँखा पुछेर म अडिएँ ।
म बेपत्ताले फलाने कान्लैकान्ला । काननजिकैबाट गोली हुइँकियो— टुइँइँइँअँ । हातको नाम्लोहँसिया फ्याकें तर फलान्न छोडिनँ । पानी झमझम परिरहेकै थियो । ‘अत्तालिनु हुँदैन’ शिविरमा प्रशिक्षकले भनेको सम्झिएँ ।मोटेको जस्तो आवाज आयो, ‘तेरो घर हो यो ?’ आफूलाई समालेर बोलें, ‘हो ।’ उही करायो, ‘किन माओवादी पालेको ?’ म बोलिनँ । अघिल्लो बोल्यो, ‘यो पनि माओवादी हुन सक्छे ।’ म फटाफट हिँडें । मोटे फेरि चिच्च्यायो, ‘पर्खी ! ए जा त्यसलाई समात !’ म बेपत्ताले फलाने कान्लैकान्ला । काननजिकैबाट गोली हुइँकियो— टुइँइँइँअँ । हातको नाम्लोहँसिया फ्याकें तर फलान्न छोडिनँ । पानी झमझम परिरहेकै थियो । ‘अत्तालिनु हुँदैन’ शिविरमा प्रशिक्षकले भनेको सम्झिएँ । म समालिएर सुरमा आएँ । गोली चलिरहेकै थियो । वरपरका मकैका बोटहरु भकाभक ढले तर म ढलिनँ, कान्ला नाघिरहें । ‘घेरा हाल । नछोड रन्डीलाई ।’ कान्लाको आडमा अडिएर माथितिर चियाएँ । उनीहरु अलि माथि नै थिए— चिच्याइरहेका । ‘के ३०० मिटर जति भयो ?’ सोचिहेरें । मनको फित्ता सर्लक्कै पुग्यो दुस्मन भएतिर, ‘पक्कै भयो ।’ अब तिनले चलाएको गोली मलाई लाग्दैन । म सुरमै कान्ला नाघ्न थालें । निकै तल पुग्दासम्म पड्किरह्यो टाउकामाथितिर । बजार गएका साथीहरुलाई रोक्न सके राम्रो हुन्थ्यो । नत्र उनीहरु पनि फस्नेछन् । झरी रोकिएको थिएन, मेरो मन जस्तै । नजिकैको स्थिति पनि देख्न सकिन्नथ्यो । आत्तिएर हो कि, मैले यति बाक्लो कुहिरो कहिल्यै देखेकी थिइनँ । खोलाको बगरैबगर लमतन्न सुतेको बाटो । त्यो बाटो नहिँडी बजार गएका साथीहरु फेला नपर्ने तर दुस्मनहरु पनि त्यही बाटो फर्कने । के गर्ने ? बारीको डिलमा दुम्सिएर बाटोमा परसम्म हेर्न खोजें । अगाडि कुहिरोको पर्खाल थियो ग्रेटवाल जस्तै ठडिएको ।
म ढुङ्गामा टुसुक्क बसें । जिउ पूरै लाटो भएको थियो । आँखा मधुरा भए तुवाँलो लागेजस्तो । दुवै हात मुखमा पु¥याएर पुछ्न खोजें । हात चिप्लिए गालाभरि । म झस्किएँ । लेकको ठाउँ, गालामा जुका झुन्डिएछन् बाक्लै । खुट्टादेखि टाउकोसम्म जुकैजुकाको बथान । अरु बेला जुका देख्नासाथ म उफ्रन्थें डरले । आज त डर अघि नै भागिसकेको । पहिला मुखमा झुन्डिएको बथान लुछेर फ्याँकें । कति चिप्लो ? दुई–चार फेर नतानी एउटा जुको नझर्ने । गालाबाट रगत चुहियो ढुङ्गामा तपतप । आँसु त बगेकै थियो अघिदेखि ।एकछिन थकाइ मार्छु— म ढुङ्गामा टुसुक्क बसें । जिउ पूरै लाटो भएको थियो । आँखा मधुरा भए तुवाँलो लागेजस्तो । दुवै हात मुखमा पु¥याएर पुछ्न खोजें । हात चिप्लिए गालाभरि । म झस्किएँ । लेकको ठाउँ, गालामा जुका झुन्डिएछन् बाक्लै । खुट्टादेखि टाउकोसम्म जुकैजुकाको बथान । अरु बेला जुका देख्नासाथ म उफ्रन्थें डरले । आज त डर अघि नै भागिसकेको । पहिला मुखमा झुन्डिएको बथान लुछेर फ्याँकें । कति चिप्लो ? दुई–चार फेर नतानी एउटा जुको नझर्ने । गालाबाट रगत चुहियो ढुङ्गामा तपतप । आँसु त बगेकै थियो अघिदेखि । मैले मेरो प्रिय मान्छेलाई गुमाएँ फेरि कहिल्यै नभेट्ने गरी । पानीभन्दा बढी आँसु बर्सियो आँखाबाट । मसँग सहनुको विकल्प थिएन । बाच्नु छ र फेरि लड्नु छ दुस्मनसँग । अनुपसँग बिताएको सिङ्गो अतीत आएर थिच्न थाल्यो । ढल्छु कि ? लाग्यो, हैन, समालिनुपर्छ । छाती अँठ्याएर दाह्रा किटें, सपनाझैं आँगनमा लडेको अनुपको रुप आँखामा घुमिरह्योे । ०००० ००० ००० ‘पानी फेरि दर्कियो । म अबेर नगरी हिँड्नुछ । बजार गएका साथीलाई भन्नुछ— जीवन चुँडिएको कुरा, कमरेड ढलेको कुरा । उनलाई जोगाउनु छ । उनीहरु जोगिँदा क्रान्तिका सिपाही जोगिन्छन् । तल एकनासले बगेको खोलामा बाढी आयो कि थुनिएका कान खोलिए मेरा, झन् बेसरी सुसायो । पानी परेको निकै बेर भयो । उठें, गोडो निदाएछ ढुङ्गामाथि । पारि पाखामा कुहिरो उठ्यो र झुत्तो भएर बिस्तारै उकालो लाग्यो । अनुपलाई त्यसरी कुहिरो उकालिएको मन पथ्र्यो असाध्यै । सँगै सेन्ट्री परेका बेला उनी मलाई कुहिरोको यस्तै झुत्तो देखाउँथे । म कुहिरोलाई होइन, उनलाई हेर्थें । उनका साना आँखा निकै बेर भुल्थे उकालिएको कुहिरोमाथि । म उनीमाथि भुल्थें र उनको एकोहोरोपन बिथोल्थे । म जिस्क्याउँथें— तिमी त केटाकेटी जस्ता । केटा जस्तो— उनी भन्थे । उनका साना ओठ र चतुर आँखा एकैचोटि चल्थे र बोल्थे । म घुच्चिङ हानेर भाग्थें । उनी लखेट्थे अलिकति र लजाउँदै भन्थे— छि ! उनको लजालुपनमै हो मेरा आँखा परेका । मलाई हेर्न आएको दिन जसरी लजाए, त्यसै गरी लजाए सधैं । होस खुलेझैं दिमाग घुमेछ एकैचोटि । मुठी कसें । घुमेको शरीर दह्रो बनाएर उभिए नलड्ने गरी । भनिँ आफैसँग— ‘अब हिँड्नुपर्छ ।’ माथितिरबाट कोही कराउँदै झ¥यो । आँखा खोलें । मेरा सतर्क कान चलाख भए । बिरालोको चालमा कान्लामा दुम्किएँ— के उनीहरु दुस्मन हुन् ? हो रहेछ । सायद फर्कंदै छन् । मेरो जलेको मन झन् जल्यो । म नरोकिनुपथ्र्यो । सरासर गएको भए साथीहरुलाई जोगाउन सक्थें । ‘के उनले बजार गएका साथीहरुलाई पनि भेट्ने भए ?’ मन नमीठो भयो । पानी बढ्दै थियो । टाउकोमाथिबाट आँखाका परेला हुँदै धारा चुहिए बिस्तारै । पानीमै मिसिएका मेरा आँसुको के भाउ ! बग्दै गएर तल दोभानमा बिलाउँछ नै । भो भाग्दिनँ । भेट्टाए मार्ला । आधा जीवन मारेपछि म बाँच्नुको मतलव के ? म लोलाएँ । टोलाएँ र दुम्किएको कान्लो छोडिन् । ठाडो बाटो नजिकै थियो । उनीहरु एकएक ओर्लिए । उनीहरुमध्ये एउटा बोल्यो, ‘अलिअलि सास फेर्दै थियो ।’ ‘के बाँच्छ ?’ अर्कोले सोध्यो । मन रोयो । छातीमा चसक्क भयो । भित्तामा टासिएँ र मुख जोतेर रोएँ । सायद उनीहरु अनुपको कुरा गर्दै गए । ‘फर्किउँ क्यारे’, अकस्मात् साहस आएजस्तो मन तातो भयो । फेरि अर्कोले सोध्यो, ‘खोलाले लग्यो कि लगेन ?’ ‘तलसम्म पु¥याएको म आफैले देखेको । यति बेला त नौबिसे कटायो होला’, अर्कोको स्वर सानो हुँदै तल पुग्यो । ‘के उनीहरुले मेरो अनुपलाई खोलामा बगाइएदिए ?’ म स्याल्र्याक्क भुइँमा थचारिएँ र झन् बेसरी रोए । फर्किर्नुको के अर्थ, तातेको मन एक्कासि पोल्यो । उनीहरुको स्वर सुनिन छोड्यो । सायद उनीहरु सबै झरिसके । मन बुझाएँ— मैले समालिनुपर्छ । छोरी छ, उसका लागि । अनुपको थाति काम पूरा गर्नुछ । क्रान्ति जारी छ । क्रान्तिका बाँकी काम छन् । म नसमालिए ढलेको बन्दुक कसले उठाउँछ ? ढलिन्छ भन्ने थाहा थियो; मरिन्छ भन्ने पनि । थाहा हुँदाहुँदै हिँडेका । म उठें । उनीहरु पर, कुहिरोभन्दा अघि पुगेछन् । त्यसपछि कुहिरो थियो । दुम्किदैदुम्किदै उनीहरुतिरै गएँ । सायद परको सानो बजारमा बस्लान् उनीहरु । दोमन भयो— खोलाको किनार समातुँ कि बजारको सिरान ? एकछिन टोलाएँ । अघि घुँडो नापिरहेको जुको सुमरिएर गोलीगाँठो हुँदै झ¥यो । किनार होइन सिरानतिर लागें— खोलाको किनारमा निकास भेटिन्न । घेरामा परियो भने तोड्ने ठाउँ हुन्न । बजारमा साथीहरु छन् । उनीहरु बजारभित्रै होलान् वा दुस्मन आएपछि पाखा लागे । बुझ्ने कसरी ? फेरि म यो ठाउँमा नयाँ हुँ । न हाम्राले मलाई चिन्छन् न मैले हाम्रालाई । अनुपलाई एक रात सेल्टर राखिएको घर चिन्छु । घरका मान्छे अलिअलि हेक्का छ । उनीहरु मलाई चिन्दैनन् सायद । तर ती दिदीले चिन्नुपर्ने । उनीसँग मैले मोर्चाबारे कुरा गरेकी थिएँ । उनले निकै चाख राखेकी थिइन् । अँ, उनको निधारमा ठूलो खत थियो तेर्सो । उनको लामो कपाल मलाई लोभ लागेको थियो । दिदी न दुब्ली न मोटी, निकै फरासिली थिइन् । ठ्याम्मै एक दिन नहिँडी अर्को गाउँ भेटिन्न । त्यहाँ मैले चिनेकाहरु छन् । मलाई चिन्ने पार्टीका साथीहरु छन् । पार्टी बलियो छ । कमिटी सक्रिय छ तर पुग्ने कसरी ? साँझ पर्दै थियो । मेरो मन जस्तै चाँडै रात पर्छ आकाशमा । मकै बारीमा झ्याउँकीरीहरु कराउन थाले । म बजारबाट बा¥ह–पन्ध्र कान्ला माथि पुगें । पानी रोकिएको थियो तर रुख र मकैका पातहरु छिटा छोड्दै गरेका । कुहिरो थिएन आसपास, माथिमाथि पाखामा दुम्किँदै, अग्लिँदै थियो । एक मनले भन्यो— होइन, बजार पस्छु । दुस्मन रैछन् भने ? अर्को मनले थप्यो । अग्लो ठाउँ हेरें, जहाँबाट बजारको अवस्था बुझ्न सकियोस् । तर बाक्लै थिए रुखहरु । एका–दुई घरबाहेक बजारको सबै भाग देखिएन । तल्लो पाटोबाट आवाज आयो मान्छे हिँडेजस्तो । जिउ सिरिङ भयो । सत्रर्क भएर थुचुक्क बसें रुखमा छेलिएर । देखें, कुकुर म आएतिरैबाट आयो र तलतिर झ¥यो । मलाई देखेको भए भुक्थ्यो होला, देखेन । म रुखको फेदमा थिएँ । के रुख चढुँ ? मनमा नयाँ तरङ्ग जस्तो प्रश्न उठ्यो । सुरिलो रुख अग्लो थियो— फेदबाट हेर्दा टुप्पोले आकाश छोएको । ‘चढ्छु, केटाकेटीमा यस्ता रुख कति चढियो कति ! नजिकै तीतेपातीको सप्रिएको झ्याङ देखें । मुन्टा भाँचेर माटो लतपतिएका नाङ्गा पैताला पुछें । पैताला निधाएछन् सायद, कुनै प्रतिक्रिया थिएन । पिँडुलातिरबाट पातलो रगतको धर्सो झर्दै रहेछ । अर्को खुट्टामा पनि । जुका लागे वा घाउ लाग्यो । जेसुकै लागोस्, हेरिनँ । रुखको फेद समातेर हात माथि पु¥याएँ । देखें, कुहिनोसम्म ‘आङ्ग्री’ च्यातिएछ । नारीको ठूलो खतले मलाई पुलुक्क हे¥यो । अनायासै लजाएँ— सातमा पढ्दा लागेको खत । बकाइनुको हाँगामा सोइसोइला खेल्दा लाछिएर म भुइँमा खसेकी थिएँ । बाको गाली खाने डरले निकै बेर कसैलाई नभनी बसेको सम्झँदा ओठ फिस्स खुल्यो । कटकटिएछन् ! चसक्क दुख्यो । रुख चढें । बजार चकमन्न थियो । पूर्वी छेउमा एउटा पुरूष हिँड्दै गरेको । उसको हातमा नीलो प्लास्टिक थियो । ऊ बीच भागमा आएपछि भित्तापट्टि पस्यो र हरायो । निकै बेर फेरि कोही देखिएन । पश्चिमतिर बजारको अन्तिम घरसँगै पराल राख्ने मतान रहेछ— मुनि एक हल गोरू बाँधिएका । अर्कोतिर बसेको थियो कालो आकृति, भैंसी हुनुपर्छ । उग्राउँदै थियो । एउटा फुच्चे जस्केलामा पछारियो र निकै बेर पुट्ठो छामेर डल्लो परिरह्यो । उसलाई उठाउन न कोही आयो न ऊ भित्र पस्यो । बजारको भित्तापट्टिको घरतिर कुदेको थियो ऊ सायद । पहिले म बसेको सेल्टर घर त्यही हो । त्यो घरको कान्छो ऊभन्दा सानो थियो र जेठो ठूलो । फुच्चे अर्कै घरको हुनुपर्छ । तगडाझैं उठेर भित्र पस्यो र छिनमै माथिल्लो तलाको झ्यालबाट माथिल्लो घरतिर फर्केर चिच्च्यायो अनि फेरि भित्र पसेर हरायो । घरका छानाहरुबाट धुवाँ पुतपुताइरहेको थियो । पारि पाखाहरु घुर्मैला देखिए । झ्याउँकीरीहरु थपिँदै थिए, स्वर बाक्लिँदै थियो । तल खोलाको सुसाइ उस्तै थियो । कोही नजिकै खोकेको आवजले म तर्सिएँ । म चढेको रुखभन्दा तीन कान्लामुनि एउटा मतान रहेछ । निकै बेर हेरें, कोही देखिएन । सायद मतानभित्रबाट कोही खोक्यो । मतानको छानोबाट बिस्तारै धुवा उड्न सुरू भयो । बिस्तारै बाक्लिँदै उड्यो । अगिको फुच्चे उही लडेको जस्केलाबाट निस्कियो र फेरि दगु¥यो । ऊ फेरि त्यही मतानको सिँढीमा देखियो र भित्र पस्यो । उनै थिइन् पक्कै । उनको खत यति टाढाबाट कसरी देख्नु ? हातमा पराल च्यापेकी थिइन् । केही बिर्सेझैं उनी फेरि भित्र पसिन् र तुरून्तै निस्किइन् अर्को हातमा सानो डेक्ची च्यापेर । बजारको पल्लो भागमा देखिएको मतान उनकै रहेछ । उनलाई देख्नासाथ हल गोरूले पुच्छर हल्लाए, बसेको भैंसी उठेर मुन्टो हल्लाउन थाल्यो । उनी भित्रिइन् । पराल छिरोलेजस्तो धुर्मैलो आकृति मात्रै देखियो उनको । उनी पक्कै मैले चिनेकी तिनै दिदी हुन् । मेरो मन जस्तै साँझ पनि छिप्पिँदै थियो बिस्तारै । अलि परतिर किरमिर हुन थाल्यो । ती दिदीलाई पनि किरमिरले छोप्यो, जसरी म छोपिन्छु बेलाबेला । ‘पक्कै दुस्मन छैन । भएको भए चहलपहल अर्कै हुन्थ्यो’, मनमनै बिचारें । हातमा त्यही घडी थियो उनको नासो । बिहेमा उनले दिएको मायाको चिनो । एक दिनको कुरा, कुहिरो अकासिँदै गर्दा उनी एक टक थिए अरु दिनजस्तै । मैले उनलाई हल्का समातेर भनें, ‘यो तिम्रो चिनो जीवनभर समाल्छु र यसकै साथ मर्छु ।’ उनका आँखा भरिएका थिए— आज उनलाई आँगनमा छोड्दा देखिएका भरिला आँखाजस्तै । मनले फेरि भनें— ‘ए प्रिय, यो चिनो जीवनभर समाल्छु !’ घडीको फित्तामा घाउ लागेछ— उद्रिएको, कोतरिएको । घडी चल्नै छोडेको रहेछ मध्याह्नदेखि । ‘के उनी र घडी सँगसगै बन्द भए ?’ ओठ नुनिलो भोयो— ‘आँसु त चलिराखेकै छ प्रिय !’ ओर्लिएर दुई कान्लामुनिको मतानमा पुगें । सोचें— ‘बजारको अवस्था बुझ्नुपर्ला !’ मलाई देख्नासाथ त्यही फुच्चे आत्तिएर भित्र दगु¥यो । भित्र आइमाई र लोग्नेमान्छेका दुवै स्वर एकैचोटि सुनिए । केके भने, मैले भेउ पाइनँ । फुच्चेको स्वर प्रस्टै सुनियो, ‘बौलाई आई !’
कोही आयो र घिसा¥यो । अरु कराए । पाट्टपुट्ट हिर्काइरहे । अँ म घिसारिएको थिएँ । कोही टाढैबाट बोल्यो, ‘मारौला ए मोरा हो !’ म पछिपछि बच्चाहरु कराइरहेका । अघि पनि केही थिए सायद । ‘नकुट !’हँ, मनमा चिसो पस्यो फुच्चेको कुरा सुनेर । मैले केही भन्न नपाउँदै लोग्ने मान्छे बाहिर निस्कियो । उसको एउटा हातमा चिर्पट थियो, अर्को हातमा उही फुच्चे झुन्डिएको । ‘तैं होइनस् ?’ मैले केही बोल्न नपाउदै भित्रबाट एउटी महिला अगुल्टो लिएर निस्केर कराइन् । अगुल्टो मेरो निधारमा बज्रिसकेछ । आँखा तिरमिर भयो । रिँगटा छुटेर लडुँजस्तो भयो । ‘भागुँ ?’ मनले भन्यो; म हान्निएर बजारतिर दगुरें । अलिअलि याद छ फालहालेको । सबैतिरबाट मान्छे कराएजस्तो लाग्यो अर्धहोसजस्तो । मान्छेको कोकोहोलो थियो, बोलिरहे जस्ता लाग्ने । निधारबाट बगेको रगत थियो वा अरु केही ? पुछें, हातमा केही आयो रगतजस्तो तर देखिएन राम्ररी । एउटी महिला रूँदै थिइन् । उनको झाँक्रो फिँजारिएजस्तो लाग्यो । एउटा हातले आँखा माडेकी जस्ती । हिर्काएको उनैले हुनुपर्छ— मेरो पुट्ठोमा चस्का पस्यो जोडले । बच्ची हुँदा आमाले नाम्लाले बजाएजस्तै दुख्यो । ‘के नाम्लाले नै हानिन् मलाई ?’ मेरा आँखा उसै भिजेका थिए । केही ढिका आँसु गालातिर सलबलाएझैं लाग्यो । थुप्रै थिए मान्छे जात्राजस्तो । कोलाहल चलिरह्यो । म न बोल्न सक्थे न भन्न नै । कोही कुटिरहेका थिए मलाई । कताकता हिर्काए— पाट्टपुट्ट जस्तो मात्रै लाग्यो । होस छैन ? छ । होस छ ? छैन । म अर्धहोसमै थिएँ । यस्तो मैले पहिला पनि भोगेकी छु— स्कुलको छानाबाट खस्ताको दिन । कक्षामा पानी चुहिएपछि ढुङ्गा मिलाउन छानामा चढेकी थिएँ । सिमसिम पानी परेको छानामा चिप्लिएर प्राङ्गणमा खसें । ठ्याक्कै त्यस्तै । उस्तै कोलाहल । त्यति बेला ‘बिचरा’ भने होला । यति बेला गाली गरिरहेका । अरु उस्तै— न होस न बेहोस । कोही आयो र घिसा¥यो । अरु कराए । पाट्टपुट्ट हिर्काइरहे । अँ म घिसारिएको थिएँ । कोही टाढैबाट बोल्यो, ‘मारौला ए मोरा हो !’ म पछिपछि बच्चाहरु कराइरहेका । अघि पनि केही थिए सायद । ‘नकुट !’ सँगैको कोही करायो । सान्त्वना कसैले पोखेनन् कि मैले थाहा पाइनँ । ‘बौलाई…..घडी’ अब आधा सुन्न थालें अरु बोलेको । ‘घडी’ उनको नासो । तिनले लुछ्लान् ! आफैले लुछें । थाहा पाएँ, हातमा आएछ । च्याप्प समातें र छातीमा टासें । कोलाहल हराउँदै गयो । मान्छे बोल्न छोडे । होइन, मैले सुन्न छोडेंछु । मेरो होस खुल्दा रात पनि खुल्दै रहेछ । शरीर चिसो थियो । रगत जमेछ टाउकोमुन्तिर । म घोप्टो रहेछु । बिस्तारै उठें । एकातिर खोलो, अर्कोतिर बाटो । हिजोजस्तै खोलो सुसाइरहेकै छ । भननन भयो, टाउको फेरि भुइँमा टेकाएँ । सम्झिन गाह्रो भयो— के भाको थियो मलाई ? कहाँ छु म ? बिस्तारै रिल घुम्यो हिजोको । ‘घडी !’ मन झल्यास्स भयो । हातमै रहेछ, अँठ्याइराखेको । आँखा पिलपिलाए । जिउ नचल्लाजस्तो । शरीर पूरै दुखेको । दाहिने हातको कान्छी औंलो फुटेछ । रगत कटकटिएको थियो । छामिहेरें, चिसिक्क भयो । दिमागमा हिजो घुम्यो फनफनी । ती दुस्मन, ती प्रिय, ती सहयोद्धा, बजार, बजारवासीको आक्रमण । मन तमतम्याइलो भयो । एकपछि अर्को आघात ! बजार गएका साथी के भए ? उनीहरु बाँचेकी मारिए ? सायद अर्को पश्चात्ताप हुनेछ उनीहरु नजोगिएका भए । मुन्टो फेरि बालुवामा टेकाएँ । बालुवाका कणजस्तै मन छिरोलियो बगरभरि । लमतन्न सुतिरहें बालुवामाथि । किन उठ्नु ? उठेर के पाउनु ? यो बालुवा बग्छ मेरो मनजस्तै । यसको ठेगाना नभएजस्तै हिजोबाट मेरो ठेगाना छैन । भोग्नुपर्ने नियति । आखिर यो बालुवा र ममा के फरक ? कसैले बोलायो, ‘नानी !’ बोल्न मन लागेन । किन बोल्नु ? जोसुकैले बोलाओस् । सुतिरहें । हेरिनँ, बोलाउने को थियो । मेरा कोही छैनन् । यी अर्काका हुन् । मेरा भए हिजो कुट्तैनथे । किन कुटेका म जीवन चुँडिएकी निरीहलाई ? भक्कानो छुट्यो बालूवामाथि । ‘ममी’, छोरीले बोलाई । आँखा खोलें । मुन्टो उठाएँ । मेरो छेउमा ठेकी बोकेका बाजे उभिएका थिए । उनका कौतूक आँखाले एकतमास मलाई हेरिरहेका । छोरी खोजें, होइन रहेछ । हिजोजस्तै म हार्न खोज्दा आएकी रहिछे । ऊ आउँछे म हार्न थालेपछि । मलाई जिताउँछे र बेपत्ता हुन्छे । म झन् पिलपिलाएँ । सायद आँखामा आँसु जमिसकेका थिएनन् । बाजेले देखे कि के ? ‘कर्मको कुरा’ फेरि भने । म उठें । उनलाई देख्ता बाको याद आयो । बोलुँबोलुँ लाग्यो । मैले भने, ‘बाबा !’ उनी बोल्नुको साटो उल्टो हच्किए । मेरो मन झन् नमीठो भयो । हात जोडेर उनीतिर हेरें । ‘मलाई बचाउनुस् !’ एक्कासि भनेछु । कहाँबाट जाग्यो बाँच्ने रहर ? मैले भनेकी होइन, छोरीले भनेकी होला । मलाई त भन्न मन थिएन, न बाँच्न नै…. । उनी अकमकाए कि के ? म निहुरिएकी थिएँ । निकै बेर बोलेनन् । कतै चलेनन् पनि । के ठाने कुन्नि, मधुरो गरी बोले, ‘घर कता नानी ?’ जब उनी बोले, म बोल्न सकिनँ । मेरो बोली अवरूद्ध भयो । के भन्ने, के नभन्ने ? ‘यो ओड नानी !’ एउटा बर्को मिल्कियो ममाथि । हिजोदेखि कसैले मलाई राम्रो गरेको एउटै घटना थियो यो । रून मन लाग्यो बेस्सरी । टाउको बालुवामाथि बजारेर रून थालें । उनी पनि बसे । के लख काटे कुन्नि, उनी मलाई छोरीझैं गरिरहेका थिए । उनले मेरो टाउकोमा हात पु¥याएर निधारको घाउ हेरे । भने, ‘तिम्ले बच्चालाई खोलामा नहाल्नुपथ्र्यो ।’ ‘हँ’, होस खुलेझैं भयो, ‘को बच्चा बाबा ?’ उनी फेरि निकै बेर बोलेनन्, ‘तिम्लाई भनेर के काम ? मगजै ठीक नभएपछि !’ अलि पछि बोले । मलाई झन् कुरा बुझ्न गाह्रो भयो । को बच्चा ? के बच्चा ? कसले खोलामा हाल्यो ? ‘मगज बिग्रियो’ भनेको के हो ? म रनभुल्लमा परें । उनैले भने, ‘मोही खान्छ्यौ ?’ ‘खान्छु’, मैले मुन्टो हल्लाएँ । ‘आँ गर !’ ठेकीको बिर्को खोलेर मेरो मुखमा धारो लगाइदिए । ‘अघाँउन्जेल खाऊ !’ उनमा दयाभाव थियो । उनको निधारमा मेरा बाको आकृति घुमिरहेको देखें । बा गालीपछिको माया गर्दा निधार यस्तै बनाउँथे । यी बाबाले त्यस्तै बनाए । मुहारमा कोमलता थियो मेरा बाको जस्तै । वर्षौं नकोरेजस्तो उनको कपाल लट्टा परेको थियो । टोपी कपालमाथि मात्रै, निधारको छेउछाउ आइपुगेको । कपाल घुमेर टोपीको बिट नदेखिने । मेरो बाको जस्तो नाकभित्र रौं थिएनन् । दाँतमा पहेंलो लेउ लागेको । मुन्टो हल्लाएँ । उनले बुझे । ममा आँत फर्किएको थियो । उही शैली अपनाएँ, अन्जान जनताको घरमा पुग्दा अपनाउने शैली । बाबाको छेउमा बसेर बेलिबिस्तार लगाएँ सबै कुरा । उनले सुरूमा पत्याएनन् । जब म भन्दै गएँ, उनी अँध्यारिँदै गए । सायद हिजो ममाथि गरिएको ज्यादतिप्रति उनमा पश्चात्ताप बढ्दै थियो वा त्रास । उनले टोपी खोलेर फ्यात्त ठेकीमाथि हु¥र्याए । उनमा एक प्रकारको अनौठो भाव दौडिएको थियो । ‘नानी, पाप भयो !’ उनको आँसु झर्ने र बोली फुट्ने एकैचोटि भयो । ‘बाबा’, म पनि रोएँ, बाबाको काखमा रोएजस्तै । तीन दिनअघि क्रोक्रामा सुताएर मेलापात गएका घरका मान्छे फर्कंदा खोलाको बगरमा फ्याँकिएको अवस्थामा बच्चा भेटियो रे । त्यही दिन बजारमा देखिएकी एउटी बौलाही आईमाईले बच्चा खोलामा लगेर फ्याँकी भन्ने बजारिया अनुमान रहेछ । म त्यही बौलाही भएको आशङ्कामा कुटिएँछु । ‘तर साथी बँचाइयो’, उनको अनुहार केही खुल्यो । मेरा जिज्ञासु आँखाले उनलाई सोधे, ‘को बाबा ?’ ‘तिम्रा साथी । दुई जना थिए, केटाकेटा । झ्यालबाट निकालेको’ उनी भन्दै गए, ‘पुलिसहरु आँगनमा थिए । हामी सबै आत्तिएका । मेरी बूढीले हिम्मत गरी र ढोकामा लम्पसार परेर पुलिस छिर्न दिइन । त्यही बेला उनीहरु झ्यालबाट हामफालेर माथितिर नाम्सिए ।’ उनी चम्किला देखिए अनायासै, ‘माथिल्लो टोलका माइँलाकामा पुगेछन् । माइँलोले बेलुकै खबर ल्यायो’, उनले थपे । उनको अनुहारको भाव क्षणमै बदलियो, ‘जिम्लुङमा मारिएछन् !’ उनले फेरि भने, ‘हामी तिम्रै पार्टीका हौं नानी !’ मैले खुसी हुँदै भनें, ‘साथी बचेछन् !’ ‘हामी छौ नि’, बाबाले भने । मैले भनें, ‘र त क्रान्ति छ !’ हामी पुग्दा बजार सुनसान थियो । क्षणमै मानिसहरु आए र थकथकाए । कोही औषधी खोज्न दौडिए त कोही कपडा लिन । मलाई पहिलोचोटि माइती फर्किएको याद आयो । उनीहरु सबैको मुखमा पश्चात्ताप थियो । ‘बहिनी ! भूल भयो’, एक जना अधबैंसे दाजुले भने । हूलको बीचबाट कसैले चित्त दुखायो, ‘पीडामाथि पीडा !’ ‘त्यो मताने बजियालाई बोलाओ’, अर्को कोही फेरि करायो । फ्रक टोकेर बसेकी नानी बोलिन्, ‘यहीँ त छन् नि यी मताने बूढा ।’ ‘मान्छे चिन्नु पर्दैन ?’ बाबा कराए । अरुभन्दा मताने दाइ पछुताएका थिए । उनै रहेछन् मलाई सुरूमा लखेट्ने ? उनका पछाडि एउटी महिला उभिएकी थिइन्— पटुकाको फेर टोकेर, अनुहार उस्तै बेचैन ! उनले मेरो अनुहार हेरिन् र आफूलाई अँध्यारी बनाइन् । उनको हात समातेको अर्को फुच्चेले मलाई चियाइरहेको । उही त हो मलाई ‘बौलाही’ भन्ने । उही थियो, जस्केलामा लडेपछि पुट्ठो समातेर क्रक्रिएको । सम्झेर म फिस्स हाँसें । ‘दिदी हाँसी !’ केटो उफ्रिँदै हूलबाहिर कुद्यो । म भीडको बीचमा पीडा बिर्सेर हाँसें । (दीपशिखाद्धारा लिखित उपन्यास ‘रात फुलेको याम’ बाट)
प्रतिकृया लेख्नुहोस्: