Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

यी हुन्, शुक्रराजको शव उतार्ने ब्यक्ति

काठमाडौं । हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । सरकारले सहिद दिवसको दिन सार्वजनिक विदा समेत दिने गरेका छ । माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएको छ । जहाँनियाँ राणा शासनको विरुद्ध आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरलाई तत्कालिन राणा शासकहरुले वि.सं.१९९७ सालमा एकै साता भित्र पालैपालो रुखमा झुण्ड्याएर फाँसी दिएका थिए । \"Shukra_statue\"तिनै चार वीर सपुतहरुमध्येका एक थिए, शुक्रराज जोशी । काठमाडौंको खिउँल, थाय्मदुमा जन्मिएका शुक्रराजले उच्च श्रेणीमा संस्कृत भाषामा शास्त्री उतीर्ण गरेकाले उनलाई पछि शुक्रराज शास्त्री भनियो । तिनै शुक्रराज, जसलाई वि.सं. १९९७ माघ १० गते टेकुको पचलीस्थित रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो । राणा शासनको विरोध गरेकोमा राजद्रोहको अभियोग लगाई शुक्रराजलाई पक्राउ गरी तीनवर्ष कैद सुनाइयो । आठ वटा मुद्दामा फसाई वि.सं. १९९७ साल माघ ६ गते दिउँसो झण्डै १०–११ बजेतिर सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र वि.सं. १९९७ साल माघ १० गते राती झुण्ड्याएर मारिएको थियो । रुखमा झुण्ड्याएर मारिएका शास्त्रीको शव निकाल्ने हिम्मत समेत कसैले गरेन । रुखमा झुण्डिरहेको शव निकाल्ने ब्यक्ति थिए, डिठ्टा चतुरमान श्रेष्ठ, चिरिबाबु महर्जन र चिरिबाबुका बाबु । महान सहिद शुक्रराजको शव स्पर्श गर्ने मध्येका एक चिरिबाबु आज पनि शुक्रराजको शव निकालेको कुरा विर्सन सक्दैनन् । काठमाडौंको स्बयम्भू ठूलोभ¥याङमा आफ्नो माहिला छोराको घरमा बसिरहेका चिरिबाबु शुक्रराजको शव रुखबाट झार्दा मात्र ११ वर्षका थिए । अहिले उनी ८६ वर्षका छन् । त्यो दिन यसरी सम्झिन्छन्, चिरिबाबु बेलाबेलामा हाम्रो घरमा आइरहने डिठ्टा चतुरमान श्रेष्ठ त्यो दिन पनि आउनुभएको थियो । केही काम लिएर आएपछि बाबालाई लिएर उहाँ जानुहुन्थ्यो । तर त्यो दिन बाबा उहाँसँग जान मान्नु भएको थिएन । तर केही कुरा गरिसकेपछि बाबा तयार हुनुभयो । र बाबाले मलाई लैजान खोज्नुभयो तर आमा मान्नुभएन । त्यस्तो ठाउँमा छोरालाई पठाउदिन भनेर मलाई च्याप्नुभयो । मलाई उत्सुकता लाग्यो । बाबाले मलाई कहाँ लैजान लाग्नुभएको होला । मलाई पनि जान पाए हुन्थ्यो जस्तो लाग्यो । \"chiribabu\"चतुरमानको सम्झाई बुझाईका अगाडि आमाका के लाग्थ्यो र मलाई समातिरहनु भएको आमाले हात खुकुलो बनाउनुभयो । म, डिट्ठासाब र बाबासँगै घरबाट निस्कियौं । तर मलाई थाहा थिएन कहा जान लागेको भन्ने बारेमा । कुरा वि.सं. १९९७ साल माघ ११ गतेको बिहानको हो । बाटोमा मैले बल्ल थाहा पाएँ, चर्तुमानले बाबालाई शुक्रराजको त्यो शब रुखबाट भुइँमा झार्नको लागि बोलाउन आउनुभएको रहेछ । हामी टेकुतिर बढ्दै थियो, टेकु दोभान क्षेत्र सुनसान थियो । त्यहाँ पुग्दा खेरी दिउँसोको १२ बजिसकेको थियो तर एक जना पनि हिडेँकोे देखिदैनथ्यो । मैले टेकुको एउटा ठूलो रुखमा एउटामान्छे झुण्ड्एको देखेँ । म झसङ्ग भएँ । मेरो पाईला टक्क रोकियो । बुबाको हात समातिराखेको मेरो हात कस्सियो । त्यतिबेला त मलाई थाहा भएन तर पछि थाहा भयो उहाँ शुक्रराज शास्त्री हुनुुहुँदोरहेछ । म रोकिएको देखेर चतुरमान जिले मलाई गाली गरेर अगाडि बोलाउनुभयो । मैले बचाउका लागि बुबालाई हेरेँ उहाँ मेरो हात छोडेर अगाडि बढिसक्नु भएको थियो । मैले आफूलाई तानेर अगाडि बढेँ । बुबाले रुखमा झुण्डिरहेको लाश समात्नुभयो । मैले पछाडिबाट समातेँ, चतुरमानजीले डोरी खोल्नुभयो । हामीले शवलाई बिस्तारै सुतायौँ यति गरिसकेपछि शव चतुरमानजीको जिम्मामा छोडेर हामी हतार हतार घर फर्कियौं । बाटोमा बुबाबाट थाहा पाएँ– उहाँलाई राणाहरुले गाठगादी ताकेको आरोपमा राति त्यहाँ ल्याएर झुण्ड्याएको रहेछ । (स्रोत :गोप)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy