Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

यी हुन् अमेरिकी राष्ट्रपति निर्वाचनमा लेखिने नयाँ इतिहास

\"trump-and-hillary-750\"न्यूयाेर्क । अमेरिकी राष्ट्रपति पदको चुनाव प्रचारको अन्तिम चरणमा पुग्दा केही कुरा इतिहासमा लेखिँदै छ । केही वर्ष पहिलेसम्म डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको उमेद्वार हुन्छन् भन्ने कसैलाई अन्दाज थिएन । फिलाडेल्फियामा भएको सम्मेलनमा नै हिलारी क्लिन्टन डेमोक्रेट्सको तर्फबाट उम्मेद्वार बन्ने पक्का भइसकेको थियो । सबै जना अमेरिकी चुनावको तारिख र नतिजाको पर्खाइमा छन् । अमेरिकी चुनावको ती ६ कुरा यी हुन् जो ऐतिहासिक बन्न सक्छ । बढी उमेरमा राष्ट्रपति \"obama-couple-750\"सन् २००९ को जनवरीमा जब बाराक ओबामा अमेरिकी राष्ट्रपतिको रुपमा ह्वाइट हाउस पुगेका थिए, त्यतिबेला उनको उमेर ४७ बर्षको थियो । अमेरिकी इतिहासमा उनी पाँचौ युवा राष्ट्रपति थिए । डोर रुजवेल्ट सबैभन्दा युवा अमेरिकी राष्ट्रपति बनेका थिए । पद सम्हाल्ने समय उनको उमेर ४२ वर्ष ३२२ दिन थियो । १४ जुनमा डोनल्ड ट्रम्पले आफ्नो ७० औं जन्मदिन मनाइसकेका छन् । यदि ट्रम्प निर्वाचित भए भने उनी सबैभन्दा बढी उमेरका राष्ट्रपति बन्नेछन् । रोनाल्ड रीगन राष्ट्रपति बन्ने समय उनको उमेर ६९ बर्ष थियो । हिलारी क्लिन्टनको उमेर पनि ६९ वर्ष भयो । हिलारीले जितेमा उनी दोस्रो जेठो राष्ट्रपति हुनेछिन् । ७१ वर्षपछि न्यूयोर्कबाट राष्ट्रपति \"new_york-750\"१९४४ भन्दा पछाडि न्यूयोर्कको दुई व्यक्तिबीच यो पहिलो प्रतिस्पर्धा हो । यो भन्दा पहिले न्यूयोर्कका गभर्नर थोमस ई डेवेले फ््रयांकलिन डि रुजवेल्टको विरुद्धमा चुनाव लडेका थिए । जसले जितेपनि ७१ बर्षपछि न्यूयोर्कबाट अमेरिकी राष्ट्रपति बन्दैछन् । हिलारी क्लिन्टनको जन्म शिकागोमा भएपनि उनी न्यूयोर्कबाटै सिनेटर बनेकी हुन् । कम पैसामा प्रचारप्रसार राष्ट्रपति पदको दौडमा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनले चुनाव जित्नका लागि मोटो रकम खर्चिएको बताइँदै आएको छ । ठूलो रकम खर्च गर्नुका साथै एक अर्कामा हिलो छ्यापाछ्याप गरे पनि ट्रम्प र हिलारीको चुनावी प्रचारप्रसा कम हुने देखिएको छ । ट्रम्प विजयी भए भने उनी सबैभन्दा कम पैसामा प्रचारप्रसार अभियान चलाउने विजेता उमेद्वार बन्नेछन् । यो भन्दा पहिले अल गोरले सन् २००० मा थुप्रै रकम खर्च गरेका थिए । खर्चको मामलामा हिलारी पनि ट्रम्पभन्दा निकै अगाडि छिन् । [caption id=\"attachment_100274\" align=\"aligncenter\" width=\"624\"]\"dwighteisenhowerafp\" ड्वाइट आइजनहोवर[/caption] सत्ता प्रतिष्ठानभन्दा बाहिर विगत ६० वर्षमा अमेरिकामा कोही यस्तो राष्ट्रपति छैन, जो कांग्रेस वा कुनै राज्यको गर्भनर नभएको होस् । गैरसियासी पृष्ठभूमिबाट आएका पूर्व अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहोवर दोस्रो विश्व युद्धको समय गठबन्धन सेनाको सुप्रिम कमाण्डर थिए । आइजनहोवर १९५३ मा अमेरिकाको राष्ट्रपति बनेका थिए । १९२९ देखि १९३३ सम्म राष्ट्रपति बनेका हरबर्ट हूवर पेसाले इन्जिनियर र मानवतावादी थिए । विगतमा जुवाघर र होटल चलाउने कुनैपनि व्यक्ति रष्ट्रपतिको उम्मेद्वार बनेका छैनन् । तर ट्रम्पको भनाइमा उनीमा सौदा गर्ने अनुभव छ र उनी वासिंगटनको सत्ता प्रतिष्ठानसँग बाँधिएका छैनन् । [caption id=\"attachment_100275\" align=\"aligncenter\" width=\"750\"]\"johnmccain_sarahpalin_getty-750\" जोन मकेन र सारा पालिन[/caption] पहिलो महिला राष्ट्रपति हिलारी क्लिन्टनको राजनीतिक प्यानल दुई कुराको परिचयको साथ तय भएको थियो । एक उनी पहिलो महिला राष्ट्रपति बन्न सक्नेछिन् र दोस्रो कुनै प्रमुख राजनीतिक पार्टीले पहिलो पटक कुनै महिलालाई राष्ट्रपतिको उम्मेद्वार बनाएको छ । यो भन्दा पहिला रिपब्लिकन उम्मेद्वार जोन मकेनले सबैलाई छक्क पार्दै अलास्काकी गभर्नर सारा पालिनलाई २००८ मा उपराष्ट्रपति पदको उम्मेद्वार बनाएका थिए । सन् १०८४ मा डेमोक्रेटिक लिडर वाल्टर मोंडाले ले गेराल्डाइन फेरारोलाई उपराष्ट्रपति पदको उम्मेद्वार बनाइसकेका थिए । दुवैले चुनाव जीत हाँसिल गर्न भने सकेनन् । डेमोक्रेटिक लगातार दोस्रो पटक विगतमा आश्चार्यजनक रुपमा दुई पटक डेमोक्रेटिकका नेताका उत्तराधिकारी पनि उसैको पार्टीबाट आएको थियो । ह्यारी ट्रुमन र लिंडन जोनसन दुवै उपराष्ट्रपति थिए र राष्ट्रपतिको मृत्युपछि दुवैलाई राष्ट्रपति पदका लागि मनोनित गरिएको थियो । दुवैले राष्ट्रपति पदको अघिल्लो चुनाव जिते । क्लिनटनको जीत यस कारणले पनि डेमोक्रेटिक पार्टीका लागि महत्वपूर्ण हुन सक्छ । बिबिसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy