Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

यी हुन् अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक १० राज्य

\"trump-and-hillary-750\"न्युयोर्क, २२ कात्तिक । अमेरिकामा राष्ट्रपति निर्वाचन मंगलबार हुँदै छ । डेमोक्र्याटिकका हिलारी क्लिन्टन र रिपब्लिकनका डोनाल्ड ट्रम्प अन्तिम समयलाई सक्दो सदुपयोग गर्ने प्रयासमा छन् । दुवै उम्मेदवारले नयाँ चुनावी रणनीति बनाउँदै छन् । आजको नयाँ पत्रिकामा खबर छ– राष्ट्रपति निर्वाचनमा कतिपय यस्ता केही राज्य छन्, जसले जुनसुकै पार्टीको पक्षमा मतदान गर्न सक्छन् । निर्वाचनको अन्तिम दिनसम्म पनि थाहा नहुने यी राज्यलाई ‘स्विङ स्टेट’ भनिन्छ । जारी राष्ट्रपति निर्वाचनका केही निर्णायक राज्यः १ एरिजोना सन् १९९६ मा बिल क्लिन्टनलाई निर्वाचित गरेपछि यस राज्यले डेमोक्र्याटिक उम्मेदवारलाई निर्वाचित गरेको छैन । तर, स्पेनिस मूलका अमेरिकी मतदाताको संख्यामा भएको वृद्धिले निर्वाचन बढी प्रतिस्पर्धात्मक हुने डेमोक्र्याटिकको बुझाइ छ । अग्रिम मतदानमा डेमोक्र्याटिकको पक्षमा धेरै मत खसेको छ । २ कोलोराडो स्विङ स्टेटमध्येको मुख्य राज्य कोलोराडोमा सन् २००८ र २०१२मा बाराक ओबामाको पक्षमा यस राज्यबाट मत खसेको थियो । मत सर्वेक्षणमा पनि क्लिन्टन अगाडि देखिन्छिन् । क्लिन्टनले अहिले कोलोराडोमा जित हात पारिन् भने एक शताब्दीपछि पहिलोपटक डेमोक्र्याटिक लगातार तेस्रोपटक विजयी हुनेछ । ३ फ्लोरिडा फ्लोरिडा एकपटक फेरि राष्ट्रपति निर्वाचन अभियानको मुख्य केन्द्रबिन्दु बनेको छ । फ्लोरिडा ट्रम्पका लागि अनिवार्य जित्नुपर्ने देखिन्छ । यस राज्यमा पराजित भएमा ट्रम्पलाई २७० इलेक्टोरल कलेज भोट जुटाउन धौधौ हुनेछ । अहिले दुवै उम्मेदवारले फलोरिडालाई प्रचार केन्द्रबिन्दु बनाएका छन् । अग्रिम निर्वाचनमा ल्याटिन अमेरिकी मतदाताको उल्लेख्य सहभागिताले डमोक्र्याटिक उत्साहित छन् । अग्रिम निर्वाचनमा फ्लोरिडामा ल्याटिन अमेरिकी मतदाताले आफ्नो पक्षमा मत खसालेको क्लिन्टन पक्षको दाबी छ । ४ जर्जिया निर्वाचन अभियान सुरु हुनेबित्तिकै जर्जिया क्लिन्टनका लागि सहज देखिँदैनथ्यो । तर, पछिल्ला महिनामा अप्रत्यासित रूपमा दुई पक्षबीच कडा प्रतिस्पर्धा भएको छ । सर्वेक्षणमा ट्रम्प झिनो मतले अगाडि छन् । जर्जियाको सबैभन्दा ठूलो सहर एटलान्टाका अश्वेत मतदाताको ठूलो संख्याले क्लिन्टन खुसी छिन् । अफ्रिकी र एसियाली मूलका अमेरिकीलाई क्लिन्टनले कसरी आकर्षित गर्छिन् भन्नेमा उनको सफलता निर्भर हुनेछ । ५ आइओवा अर्धशिक्षित मतदाताका कारण आइओवा ट्रम्पको पोल्टामा जान सक्छ, तथापि अघिल्ला दुई निर्वाचनमा डेमोक्र्याटिक विजयी भएको थियो । वासिङपोस्टको एक सर्वेक्षणमा जहा“ ट्रम्पले पाँच प्रतिशतले अग्रता लिएका छन् भने क्लिन्टनले डेमोक्र्याटिकको वर्चस्व रहेको दाबी गर्दै आएकी छिन् । उनले खासै चुनावी ¥याली गरेकी छैनन् । यहाँबाट जम्मा ६ इलेक्टोरल मत प्राप्त हुन्छ । ६ मिसिगन प्रारम्भिक निर्वाचनमा वर्नी स्यान्डर्सलाई समर्थन गरेर क्लिन्टनलाई झड्का दिएको आद्योगिक राज्य मिसिगनले राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिकलाई अर्को झड्का दिन सक्छ । त्यसो त मिसिगनले सन् १९८८ देखि रिपब्लिकन उम्मेदवारलाई समर्थन गरेको छैन । आर्थिक समस्याका कारण केही भागमा व्यापारसम्बन्धी समस्या भोगेको यो राज्यले ट्रम्पबाट केही अपेक्षा गरेको छ । पछिल्लो सर्वेक्षणमा यो राज्यमा दुवै उम्मेदवार बराबरीमा छन् । ७ नभाडा नभाडाले सन् १९९२ देखि हरेक निर्वाचनमा विजयी उम्मेदवारलाई मतदान गर्दै आएको छ । अन्य स्विङ राज्यजस्तै नभाडा परिवर्तित राज्य हो । एक तिहाई जनसंख्या स्पेनिस मूलका अमेरिकी छन् । एसियाली मूलका अमेरिकी रहेको नभाडाका अग्रिम मतदाताले डेमोक्र्याटिकलाई मन पराएका छन् । सर्वेक्षणमा ट्रम्प थोरै मात्र अगाडि छन् । ८ न्यु मेक्सिको दक्षिण पश्चिममा रहेको न्यु मेक्सिको राज्य पछिल्लो दुई निर्वाचनमा डेमोक्र्याटिकको ठूलो पकड बनेको छ । यहाँ दुवैपटक बाराक ओबामाले जितेका थिए । पछिल्ला सर्वेक्षणमा क्लिन्टनले ट्रम्पमाथि खासै ठूलो अग्रता कायम गर्न सकेकी छैनन् । ट्रम्पको आप्रवासीविरोधी नीति र मेक्सिकोको सीमामा पर्खाल बनाउने घोषणाले यस राज्यमा रहेका अफ्रिकी मूलका अमेरिकी नागरिक उनीसँग चिढिएका छन् । अगिल्लो निर्वाचनको तुलनामा यहाँ एकतिहाई बढी स्पेनिस मूलका अमेरिकी मतदाता बढेका छन् । क्लिटनलाई यस राज्यमा जित्ने सुनौलो अवसर मिल्नेछ । पछिल्ला ६ वटा राष्ट्रपति निर्वाचनमध्ये पाँचवटामा डेमोक्र्याटिकले जितेको छ । ९ नर्थ क्यारोलाइना निर्वाचन अभियानमा सबैभन्दा धेरै उम्मेदवारले प्रचार गरेको राज्य हो नर्थ क्यारोलाइना । अश्वेत र शिक्षितको बाहुल्यता र अफ्रिकी मूलका अमेरिकीको हिस्साका कारण डेमोक्र्याटिकलाई केही फाइदा देखिन्छ । रिपब्लिकनका लागि उर्वर यस राज्यबाट सन् २००८ मा ओबामा झिनो मतले विजयी भएका थिए । सन् २०१२ मा मिट रोम्नीले जित हात पारेका थिए । १० ओहियो ८० प्रतिशत अश्वेत रहेको यो राज्यमा निम्न वर्गीय र मध्यम वर्गीयको बाहुल्यता छ । ट्रम्पले यहाँको अर्थतन्त्रलाई मुख्य मुद्दा बनाएका छन् । २००८ र २०१२ मा यस राज्यबाट डेमोक्र्याटिक विजयी भए पनि अहिले रिपब्लिकनको पक्षमा माहोल देखिन्छ । सर्वेक्षणमा ट्रम्प पाँच अंकले अगाडि देखिन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy