Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

प्रचण्डलाई मार्ने योजना प्रभु साहले बनाए !

विरगंज, एमाओवादीका दुई केन्द्रीय सदस्य तथा सभासद्हरुले पार्टीका पोलिटब्यूरो सदस्य तथा सभासद् प्रभु साहमाथि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हत्या गर्ने योजना बुनेको गम्भीर आरोप लगाएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–एमाओवादीका केन्द्रीय सदस्य तथा सभासद्हरु अशोक जयसवाल र सत्यनारायण भगतले प्रचण्ड हत्याको योजना बनाउने साहलाई एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संरक्षण गरेको समेत उनीहरुले जिकिर गरेका छन् । विरगञ्जमा शनिबार पत्रकार सम्मेलन गर्दै यी दुईले हत्या योजना बनाएपछि नै आफू असुरक्षित रहेको प्रचण्डको भनाई सार्वजनिक भएको बताए । साह भट्टराई पक्षधर हुन् भने जयसवाल र भगत अध्यक्ष प्रचण्ड पक्षका हुन् । ‘केही समययता अध्यक्ष प्रचण्डले आफू असुरक्षित रहेको भन्दै आउनुभएको छ । यसको कारक प्रभु साह पनि हुन् ।’ जयसवालले भने । जयसवालले आफूसहितका जिल्लाका नेताको हत्याका लागिसमेत साहले गिरोह परिचालन गरेको आरोप लगाए । ‘साह अपराधिक गिरोहका नाइके रहेको’ उनको दाबी छ । २०६३ चैतमा भएको गौर हत्याकाण्डको मुख्य योजनाकार साह नै रहेको दाबी गर्दै जयसवालले साहकै निर्देशनमा वीरगंजमा हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीको हत्या भएको आरोप लगाए । ‘साहलाई कारवाही गर्न अध्यक्ष तयार नै हुनुहुन्छ तर, खास मान्छे भएकोले बाबुराम उनको कभर भएर उभिएका छन् ।’उनले भने । प्रचण्डलाई मार्ने योजना कल्पनाभन्दा बाहिर : साह प्रचण्ड हत्याको योजना बुनेको भन्ने आरोपलाई प्रभु साहले कल्पनाभन्दा बाहिरको भएको प्रतिक्रिया दिएका छन् । ‘म विरुद्ध जेजस्तो समाचार पार्टीका केन्द्रीय सदस्य एवं सभासद् जयसवाल र भगतले सम्प्रेषण गरे, त्यो पूरै भ्रमपूर्ण, कपोल कल्पित र असत्य हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: