Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

राष्ट्र बैंकमै भारु नोटको अन्योल, पहिलो चरणमा वित्तीय संस्थाको सटही गरिने

\"ic-note\" काठमाडौं, २५ कात्तिक । भारत सरकारले पाँच सय र एक हजारको नोटमाथि प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकमा पनि यसबारे अन्योलता छाएको छ । भारतीय रुपैयाँमै पनि कारोबार गरिने नेपालमा करोडौं रुपैयाँ पाँच सय र एक हजारको रहेको वित्तीय संस्थादेखि सर्वसाधारणमा समेत समस्या भएको छ । नेपाल राष्ट्र बैंकसँग पाँच सय र एक हजार भारुका दुई लाख तथा अन्य वित्तीय संस्थामा दुई करोड भारतीय रुपैयाँ रहेको जनाइएको छ । भारतीय पाँच सय र एक हजारको नोटमाथि प्रतिबन्ध लगाएपछि सर्वसाधारणले पैसा साट्न दौडधुप गरिरहेका छन् । हाल नेपाल राष्ट्रबैंकसँग पाँच सय एक हजारका करिब दुई लाख भारु छ । बैंक तथा वित्तीय संस्थाले पठाएको विवरणअनुसार बुधबारसम्म करिब दुई करोड भारतीय रुपैयाँ रहेकोे राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । हाल बजारमा तीन देखि चार करोडसम्म उक्त दरका भारतीय रुपैयाँ रहेको अनुमान राष्ट्रबैंकको छ । सर्वसाधारणसँग पनि ठूलो परिमाणमा भारतीय नोट रहेपछि नेपाल राष्ट्र बैंकले पैसा सटहीका लागि भारतीय रिजर्ब बैंकसँग कुटनीतिक पहल गरिरहेको छ । राष्ट्र बैंकले पहिलो चरणमा वैंक तथा वित्तिय संस्थामा भएको भारतीय रुपैयाँ सटही गर्ने तथा दोस्रो चरणमा मात्रै सर्वसाधरणसँग रहेको भारतीय रुपैयाँ सटही गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सर्वसाधारणसँग भएको भारतीय पाँच सय र एक हजारको नोट सहटीको ब्यवस्था छिट्टै गर्ने आश्वासन दिएको छ । पछि झन् पैसा नचल्ने डरले सर्वसाधारण नागरिकले कमिशनमा दिएरै भए पनि पैसा साट्न दौडधुप गरिरहेका छन् । यसअघि सर्वसाधरणले २५ हजार रुपैयाँसम्म सटही गर्ने व्यवस्था भएपनि १ हजार र ५ सयको नोट विस्थापन गर्ने भारतीय निर्णयसंगै राष्ट्रवैंकले तत्कालका लागि मुद्रा सटही गर्न रोकेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy