Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा आतिथ्य सत्कार गर्ने

\"bara-ck-obama\"वासिङ्गटन, २५ कात्तिक । अमेरिकामा नोभेम्बर ८ मा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका ह्वाइट हाउसका भावी प्रमुखलाई वर्तमान राष्ट्रपति बाराक ओबामाले आतिथ्य सत्कारका लागि आजै आउन निमन्त्रणा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणाको ४८ घण्टापछि शान्त र सहज तरीकाबाट सत्ता हतान्तरण गर्ने विषयमा वार्ता पनि गर्न ओबामाले ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पको आतिथ्य सत्कार कार्यक्रमको आयोजना गरेका हुन् । आगामी जनवरी २० का दिन हुन गै रहेको औपचारिक सत्ता हस्तान्तरण समारोह भन्दा अगाडी निवर्तमान र भावी राष्ट्रपतिकाबीच हुन लागेको यो भेटवार्तालाई स्थानीय सञ्चार माध्यमहरुले अति महत्वका साथ प्रसारण गरिरहेका छन् । अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्न लाग्नु भएकी हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकी जनताले डोनाल्ड ट्रम्पलाई विजयी गराउने कार्यले विश्व नै चकित परेको छ । यता, निर्वाचन परिणाम घोषणा भएपछि क्लिन्टनको हारबाट रुष्ट डेमोक्र्याट समर्थक जनताहरु नवनिवार्चित, ७० बर्षीय राष्ट्रपतिको विरोधमा न्युयोर्कदेखि लसएन्जलससम्मका धेरै शहरहरुमा जुलूस प्रदर्शन, नाराबाजी र ठाउँठाउँमा ट्रम्पको पुतला जलाउँदै आक्रोश पोखिरहेका छन् । यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्ना समर्थकको विशाल सभालाई सम्बोधन गर्दै विजयको औपचारिक घोषणासँगै आफू सम्पूर्ण अमेरिकी नागरिकका लागि राष्ट्रपति हुने कुरा दोहोर्रयाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy