Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

निर्वाचित भएकै भोलिपल्ट ट्रम्प मेरा राष्ट्रपति होइनन् भन्दै अमेरिकामा प्रर्दशन

\"afp1\"काठमााडौं, २६ कात्तिक । राष्ट्रपति निर्वाचनको परिणामलाई लिएर विश्वकै सबैभन्दा प्रजातान्त्रिक मुलुकको दाबी गर्ने अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन भएको छ । राष्ट्रपति निर्वाचित भएकै भोलिपल्ट अमेरिकामा उनीविरुद्ध प्रदर्शन भएको हो । एक वर्षअघिदेखि चुनावी अभियानमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति एवं पति बिल क्लिन्टनको बलियो साथ पाएकी हिलारी क्लिन्टनलाई हराउँदै आफ्नो छोटो राजनीतिक यात्रामा नै विश्वको ‘सुपरपावर’ अमेरिकाको सर्वोच्च पदमा पुग्न सफल भएका छन् । ट्रम्पको विवादास्पद र विभाजनकारी चुनावी अभियानसँगै ह्वाइटहाउसको यात्रालाई त्यहीँका जनताले असहज रूपमा लिएका देखिएको छ । न्युयोर्कका ७० वर्षीय रियल स्टेट व्यवसायी ट्रम्पले आमनागरिकमा शासनविरुद्ध रहेको भ्रमको स्थितिको फाइदा उठाउँदै आप्रवासी, मुस्लिमविरोधी नारा अघि सारेका थिए । उनको यही नारा नै ह्वाइट हाउस पु¥याउन लाभदायक सावित भयो । डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले उठाएका मुद्दाको ठीक विपरीत उनले मुस्लिम, आप्रवासी, अर्थव्यवस्था तथा आतंकवादलगायतका मुद्दालाई आफ्नो अभियानमा सँगै लिएर हिँडेका थिए । केही समय ट्रम्पको चुनावी अभियानलाई नै अन्त्य गर्नसक्ने विवाद तथा यौन उत्पीडनसम्मका आरोप आए पनि उनी त्यसलाई चिर्दै अमेरिकी राष्ट्रपतिमा निर्वा्चित हुन सफल भए । निर्वाचन प्रक्रियाको सुरुदेखि नै हुँदै आएका विभिन्न मत सर्वेक्षण तथा अड्कलबाजीलाई गलत सावित गर्दै ट्रम्प आश्चर्यजनक रूपमा जित निकाल्न सफल भए । उनको जितसँगै डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले बधाई दिए पनि उनी समर्थकहरूले प्रदर्शन गरेका हुन् । विश्वकै लोकतन्त्रको उदाहरणीय देश मानिने अमेरिकामा जनमतविरुद्ध प्रदर्शन भएको बिरलै घटनामध्ये यो प्रमुख घटना मानिएको छ । ‘ट्रम्प मेरा राष्ट्रपति होइनन्’ भन्दै लेखिएका प्लेकार्डसहित अमेरिकाका मुख्य सहर न्युयोर्क, अकल्यान्ड, सिकागो, फिलाडेल्फिया, बोस्टन, क्यालिफोर्निया, सानफ्रान्सिस्को, कोलोराडोलगायतका स्थानमा हजारौं प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र अहिले अमेरिकाको बागडोर सम्हालिरहेका बाराक ओबामाले निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गर्न गरेको आग्रहलाई कार्यकर्ता तथा ट्रम्पविरोधीले अस्वीकार गरिदिएका छन् । प्रदर्शनकारीले प्रहरीतिर बोत्तल प्रहार गर्नुका साथै ट्रम्पविरोधी नारा लेखिएका ब्यानर तथा प्लेकार्डहरू बोकेका थिए । ओबामा र हिलारी दुवैले जनताले दिएको जनमतको कदर गर्ने र लोकतन्त्रको सम्मान गर्ने उद्घोष गरेका थिए । साथै, ओबामाले आफूले ह्वाइट हाउसका कर्मचारीलाई समेत सत्ताको शान्तिपूर्ण हस्तान्तरणको वातावरण बनाउन गरेको आग्रहलाई जनताले लत्याएपछि अमेरिकी लोकतन्त्रको सर्वस्वीकार्यतामाथि समेत प्रश्न उठेको छ भने ह्वाइटहाउसको निर्देशनलाई प्रदर्शनकारीले अस्वीकार गरिदिएका छन् । राष्ट्रपति ओबामाले ट्रम्पलाई स्वागत गर्न ह्वाइट हाउसमा बफे डिनरको आयोजना गर्दै निम्ता पठाएकै दिन अमेरिकी सडकमा ‘ट्रम्प हाम्रा राष्ट्रपति होइनन्’ भन्ने नारा लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । केही समयअघि बेलायत ईयूबाट बाहिरिने पक्षमा भएको मतदानको परिणामजस्तै यसपटक अमेरिकामा पनि अप्रत्यासित नतिजा आएको छ । दुवै जनमतले देशभित्रको आन्तरिक एकतामा खलल पु¥याएको मान्नेहरू निकै बढी देखिएका छन् । निर्वाचनभरि विवादास्पद र विभाजनकारी अभियान सञ्चालन गरेका ट्रम्पले विजयी भएलगत्तै सबै अमेरिकीको राष्ट्रपति बन्ने दाबी गरे पनि त्यसलाई पत्याइहाल्ने अवस्था बनेन । जसरी बेलायत ईयूबाट बाहिरिएलगत्तै ईयूमा नै रहनुपर्नेदेखि स्वतन्त्र हुनेसम्मका मुद्दा लिएर प्रदर्शन भएको थियो, अहिले अमेरिकामा त्यही स्वरूपको स्थिति देखापरेको छ । यसले ह्वाइटहाउस र जनमत दुवैप्रति अस्वीकृति प्रस्टिएको छ भने अमेरिकी लोकतान्त्रिक पद्धतिमाथि जनताको असन्तुष्टिको झिल्को देखिएको छ । यो झिल्को बढ्दै गएमा अमेरिकामा ठूलै तनाव देखिने विश्लेषकहरूको टिप्पणी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy