Ntc summer Offer
Khabar Dabali १२ भाद्र २०८२ बिहीबार | 28th August, 2025 Thu
Investment bank

अघि बढ्यो राष्ट्रिय प्रसारण ग्रीड कम्पनी

\"electricity-hightensionकाठमाडौँ, २८ कात्तिक । लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले प्रतिनिधि नपठाउँदा अन्योलमा परेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले भने अब गति लिने भएको छ । सरकारले प्रसारण लाइन निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ स्थापित राष्ट्रिय ग्रीड कम्पनीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी अनुसार प्रमुख कार्यकारी अधिकृतको विज्ञापन गरेसँगै कम्पनीले पूर्णता पाउन लागेको हो । ऊर्जा मन्त्रालयले कम्पनीको प्रतिनिधिमा प्राधिकरणको ११ औं तहको उपकार्यकारी निर्देशक पठाउन ताकेता गरेको लामो समय समय भए पनि प्राधिकरणले अटेर गर्दै आएको थियो । व्यवस्थापन समूहबाटै भए पनि कम्पनी अगाडि बढाउने लक्ष्यका साथ मन्त्रालयले प्रमुख कार्यकारी अधिकृत छनोट प्रक्रिया सुरु गरेको हो । व्यवस्थापन समूहमा विद्युत् विकास विभागका उपकार्यकारी निर्देशक, अर्थ मन्त्रालयका उपसचिव र प्राधिकरणको ११ औं तहका उपकार्यकारी निर्देशक रहने व्यवस्था छ । पछिल्लो पटक प्राधिकरणको कार्यकारी निर्देशक परिवर्तन भएको सन्दर्भमा कम्पनीका लागि प्रतिनिधि समेत पाउने अपेक्षा गरिएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीलाई आवश्यक पर्ने प्रतिनिधि पठाउने तयारीमा आफू रहेको जानकारी दिए । प्रसारण लाइन निर्माणमा सहजता दिन र हाल निर्माणमा रहेका आयोजनालाई पनि समयमै समपन्न गर्ने लक्ष्यका साथ सो कम्पनी स्थापना गरिएको हो । ऊर्जामन्त्री जनार्दन शर्माले ग्रीड कम्पनी र राष्ट्रिय विद्युत् उत्पादन कम्पनी लिमिटेड सञ्चालनमा ल्याउनका लागि प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । मुलुकभर हाल प्राधिकरणसहित अन्य साझेदार संस्थाले ४५ वटा प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । मन्त्रालयले पहिलो चरणमा ग्रीड कम्पनीमा प्रमुख कार्यकारी अधिकृत नियुिक्तको तयारी थालेको र सार्वजनिक सूचना मार्फत आवेदनका लागि समेत आह्वान गरेको ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले बताए । प्राधिकरणले अगाडि बढाएका प्रसारण लाइन निर्माणको काम सहज रुपमा अगाडि नबढेको, समय र लागत मात्रै बढिरहेको अवस्थामा बेग्लै कम्पनीमार्फत काम गर्दा सहज हुने विश्वास लिइएको सहायक प्रवक्ता पन्थको भनाइ छ । चालु आवको बजेट वक्तव्यमा उल्लेख भएअनुसार प्राधिकरणलाई खण्डिकरण गर्ने र उसले गर्दै आएको कामलाई सहज रुपमा कम्पनी मार्फत अगाडि बढाउने उद्देश्यअनुसार नै कम्पनी स्थापना भएको हो । कम्पनीको प्रमुख कार्यकारी छनोटपछि आवश्यक जनशक्तिको समेत व्यवस्थापन गरेर काम सुरु गर्ने भन्ने केही समयअघि सम्पन्न साधारण सभाको निर्णयअनुसार नै प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending