Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रधानमन्त्री प्रचण्डले पूनर्निर्माण सिइअाे ज्ञवालीलाई किन मागे लिखित स्पष्टीकरण ?

\"sushil-gyawali-3-750\" काठमाडौं, कात्तिक ३० । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले भूकम्पको पूनर्निमार्ण कार्य सुरु नुहुनु र सुस्त किन भयो भन्दै पूनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञावलीसँग लिखित स्पष्टीकरण मागेका छन् । ‘पहिलो किस्ताको अनुदान रकम किन वितरण हुन सकेन ? पुननिर्माणमा के कारणले ढिलाई भएको हो ? आगामी आईतबारसम्ममा लिखित जवाफ दिनुहोला ।’ यो प्रश्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील ज्ञावालीसँग राखेका हुन् । भुकम्पपछिको पुनर्निर्माणमा भईरहेको ढिलाईबारे प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि जनाउँदै सिईओ ज्ञवालीलाई आइतबारसम्म जवाफ दिन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएको जानकारी अनुसार प्रधानमन्त्री भएलगत्तै ४५ दिनभित्र पहिलो किस्ताको अनुदान वितरण गरिसक्ने घोषणा गरेका प्रचण्डले त्यसको कार्यन्वयनमा ढिलाई भएपछि ज्ञवालीसँग वालुवाटारमा बोलाएर असन्तुष्टि जनाएका हुन् । सरकारले पुनर्निर्माणलाई प्राथमिकतामा राखेपनि प्राधिकरणले योजनाअनुसार काम गर्न नसकेको सिईओ ज्ञवालीले असहयोग गरेको प्रधानमन्त्री असन्तुष्ट बनेका छन् । तर, सीईओ ज्ञवालीले कर्मचारीको असहयोगका कारण आफुले काम गर्न नसकेको प्रधानमन्त्रीलाई रिर्पोटिङ गरेका थिए । ज्ञवालीकोको भनाई उधृत गर्दै प्रेस सल्लाहाकार आचार्यले भने– ‘प्राधिकरणका अधिकांश कर्मचारीको असहयोगका कारण सोचेजति काम गर्न सकिएन ।’ प्रधानमन्त्री निवास बालुवाटारमा विहान प्रधानमन्त्रीले पूननिर्माण बारेमा गम्भीर चिन्ता र चासो राखेका थिए । प्रधानमन्त्रीले सिइओ ज्ञवालीलाई स्पष्ट कार्ययोजना सहित प्राधिकरणको निर्देशक समिति वैठकमा प्रस्तुत हुन समेत निर्देशन दिएका छन् । निर्देशक समिति वैठक मंसिर पहिलो हप्ता बस्ने तयारी छ । भूकम्प प्रभावित जिल्लाका १ लाख ७ हजार पीडितले अनुदान बापतको पहिलो किस्ता ५० हजार रुपैयाँ समेत पाउन सकेका छैनन् । ऐतिहासिक सम्पदा लगायत पुननिर्माणमा समेत सरकारी उपस्थिती देखिन सकेको छैन । प्रधानमन्त्रीको लिखित स्पष्टीकरण मागले उनी कतै सरकारलाई असहयोग गरेपछि हटाइन लागेका त होइनन् भन्ने आशंका बढेको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies