स्मार्टफोनमा गोप्य सामाग्री केही राख्नुभएको छ ? होस् गर्नुहोस्–त्यो गोप्य हुँदैन
कार्तिक ३० गते, २०७३ मगलवार 15th November, 2016 Tue१५:४५:५९ मा प्रकाशित
काठमाडौं, ३० कात्तिक । तपाई स्मार्टफोन प्रयोग गर्नुहुन्छ ? गर्नुहुन्छ भने यसका फाइदा र बेफाइदाबारे जान्न उत्तिकै जरुरी छ ।
हुन त प्रविधिको विकासले मानिसहरुलाई जति सघाईरहेको छ र कामलाई जसरी सजिलो बनाईरहेको छ उति नै प्रविधिले मानिसलाई अप्ठ्यारोमा पनि पार्न सक्छ ।
स्मार्टफोन तपाईको नीजि प्रयोगमा आउने प्रविधि हो । तर तपाई यस्तो गल्ती नगर्नुहोस् । यो नीजि मात्रै होइन । यसका केही बेफाइदाका बारेमा थाहा पाउनुभयो भने हैरान हुनुहुनेछ ।
तपाईले फोटो, भिडियो वा अन्य केही व्यक्तिगत फाइल स्मार्टफोनको इनटरनल मेमोरीमा सेभ गर्नुभएको छ भने त्यो गोप्य रहँदैन । उक्त स्मार्टफोन अर्को कुनै व्यक्तिको हातमा पार्नासाथ तपाईले सेभ गर्नुभएको फाइल सबै पुन हेर्न सकिन्छ ।
यसरी सामान्य मानिसले गर्ने गल्तीले मानिसको जिवन समेत नसोचेको बर्बादीतिर जान सक्छ । केही मुलुकहरु सेक्सटेपको रुपमा बाहिर आएका नीजि सेक्स फुटेजहरु यस्तै गल्तिका कारण बाहिरिएका हुन् ।
तपाई कुनै पनि सामाग्री खिचेपश्चात वा सेभ गरेपश्चात डिलेट गरेपश्चात त्यो स्मार्टफोनमा रहँदैन भन्ने मान्नुहुन्छ भने त्यो गलत हो । फोनको इन्टरनल मेमोरीमा सेभ भएका सामाग्रीहरु कुनैपनि बेला पुन रिस्टोर गर्न सकन्छि ।
अझ नवजवान युवायुवतीले आफ्ना स्मार्टफोनहरुमा आफ्ना विवाहित या प्रेमजिवनका रमाइला र यौनजन्य क्लिपहरु लिने गर्छन् । उनीहरु नसोचेको समस्यामा पर्ने जोखिम झन बढी हुनेगर्छ ।
तपाई पुरानो भएपछि फोन अरु कसैलाई बेच्नुहुन्छ भने उसले तपाईका पुराना डाटाहरु पनि पाईरहेको छ भनेर बुझ्नुपर्छ । उसले चाहेको बेलामा तपाईले डिलेट गरेका फाइलहरु रिस्टोर गरेर तपाईका गोप्य सामाग्री हेर्न सक्छ ।
तपाई फोन बिग्रिएर मर्मत गर्न दिनुहुन्छ भनेपनि मर्मत गर्ने मानिसले तपाईको डाटा हेर्न सक्छ । यसरी तपाईको व्यक्तिगत वा संवेदनशिल डाटा अरुको हातमा पर्न सक्छ ।
बच्ने केही उपाएहरु
यदी केही आफ्ना नीजि डाटा राख्न परेको खण्डमा स्मार्टफोनमा प्रयोग हुने एक्स्ट्रनल मेमोरी कार्डमा मात्रै सेभ गर्नुहोस् । र उक्त मेमोरीकार्ड फोन मर्मत गर्न दिदा वा कतै एक्स्चेन्ज गर्दा एक्स्ट्रनल कार्ड नदिएर आफैसँग राख्नुहोस् ।
त्यसरी सेभ गरेको मेमोरीकार्ड विग्रिएको खण्डमा मर्मतका लागी नलैजानुहोस् । त्यसलाई सिधै नष्ट गर्नुहोस् ।
यदी फोनमा तपाईलाई नीजि डाटा सेभ भएको शंका भए उक्त फोन तपाईले प्रयोग गरिसकेपश्चात नष्ट गर्नुहोस् ताकि कतै बेच्ने या एक्स्चेन्ज नगर्नुहोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: