खोचे थाप्न माहिर ओलीलाई प्रचण्डको उल्टो खोचे, अब के गर्लान् ओली ?
मंसिर ५ गते, २०७३ आइतवार 20th November, 2016 Sun१३:३९:३९ मा प्रकाशित
काठमाडौं, ५ मंसिर । संविधान संशोधनका विषयमा बालहठ राख्दै आएको एमाले सहमतिमा नआए र जायज मागहरु सम्बोधन गर्नमा समेत बेवास्ता गरे दुई तिहाईका आधारमा अघि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकेत गरेका छन् ।
मधेसी मोर्चाको संविधान संशोधन नगरी चुनावमा नजाने अडान र संशोधन गर्नै नहुने प्रतिपक्षी एमालेको अडानले संकटमा परिरहेका प्रचण्ड आफु सहमतिमै अघि बढ्न चाहेको तर एमाले सहमति चाहँदैन भने आफ्नै पार्टीको पूर्ववत प्रस्ताव १० प्रदेशको संशोधन प्रस्तावमा फर्किने बताएका छन् ।
शनिबार राति प्रधानमन्त्रीसँग सिधा प्रश्नको उत्तर दिदैँ प्रचण्डले एमालेले नमाने आफुले पेल्न सक्ने संकेत गरेका हुन् । आफुले राष्ट्रलाई एकताबद्द गर्न खोजेको र संविधानको कार्यान्वयन खोजेको भन्दै उनले उल्टो प्रतिपक्षीलाई प्रश्न गरे, –‘विपक्षी एमालेलाई प्रश्न गरे, यो राष्ट्रलाई एकतावद्ध गर्न नचाहेको हो ? भन्दाचाहिँ संविधान कार्यान्वयन भन्ने तर वातावरण चाँहि विगारेर भताभुंग पार्न खोजेको हो त रु आफैंले स्वीकार गरेको कुरालाई औचित्यपुष्टि भएन भनेर कसलाई भन्न खोजेको ?’
आफ्नो एजेण्डामा संशोधन भन्नुको अर्थलाई संसदमा सरकारको पक्षमा पुग्दै गरेको दुई तिहाइ बहुमततर्फ प्रचण्डले संकेत गरेका हुन भने एमाले अर्को अप्ठ्यारोमा पर्न सक्छ । प्रचण्डले नजिकका आफ्नाहरुसँग आजकाल हिजो पनि संविधान दुईतिहाईका आधारमा जारी गरिएकाले आजपनि संशोधन दुई तिहाईका आधारमा संशोधन गर्दा केही नबिग्रने बताउन थालेका छन् ।
यसरी दूई तिहाइको नजिक छ सरकार
संसदको हाल कायम संख्या ५९५ मध्य ३६३ मतसहितको प्रचण्ड सरकारका पक्षमा ३६६ मत यसअघि नै थियो । उतिबेला सरकारको विपक्षमा मतदान गरेको कमल थापा नेतृत्वको राप्रपा नेपालको २५ मत दूई राप्रपाबिचको एकतासँगै सरकारलाई थपिदा सरकारसँग ३९१ मत हुन जान्छ ।
दुईतिहाई मतका लागी सरकारसँग अपुग ५ मत मात्रै हो । १र१ सिट भएका साना दूई दल अझै अनिर्णित अवस्थामा छन् भने संविधान संशोधनमार्फत जायज मागहरु सम्बोधन गर्न सरकारले मेहेनत गर्ने हो भने ५ मत थप्न सरकारलाई कुनै अप्ठ्यारो नपर्ने सत्तापक्षीय नेताहरु बताउँछन् ।
तर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड नै एमाले सहितको सहमतिमा संशोधन गर्ने प्रयत्नमा छन् । माओवादी केन्द्रका एक नेताले भने –पहिला मधेस असहमत अहिले एमाले असहमत भएर संविधान कार्यान्वयन हुँदैन ।
उनका अनुसार दुईतिहाईको बाटो रोज्ने अन्तिम अवस्थामा हो । जे भए पनि राप्रपाबिचको एकता र सरकारमा सहभागी हुने अवस्थाले प्रतिपक्षी एमाले भने चेपुवामा परेको छ ।
सरकारपक्ष
नेपाली कांग्रेस–२०७
नेकपा माओवादी केन्द्र–८१
(राप्रपा–राप्रपा नेपाल)–३७
संघीय समाजवादी फोरम नेपाल–१५
मधेशी जनाधिकार फोरम लोकतान्त्रिक–१४
तमलोपा–११
सद्भावना–५
तमसपा–३
रामसपा–३
मधेशी जनाधिकार फोरम गणतान्त्रिक–१
संघीय सद्भावना–१
थरुहट तराई पार्टी–२
नेपा पार्टी–१
नेकपा संयुक्त–३
अखण्ड नेपाल–१
खम्बुवान नेपाल–१
जनजागरण पार्टी–१
समाजवादी जनता दल–१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–१
दलित जनजाति पार्टी(लोकतान्त्रिक)–१
एक स्वतन्त्र–१
जम्माः ३९१
प्रतिपक्ष
नेकपा एमाले–१८२
नेकपा माले–५
नेमकिपा–४
राष्ट्रिय जनमोर्चा–३
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक–२
नेपाल परिवार दल–२
मधेश समाता पार्टी नेपाल–१
जम्माः १९९
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: