Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

विद्यार्थीले मात्रै मेडिकल कलेजहरुलाई वार्षिक साढे ७ अर्ब शुल्क बुझाउँछन्, २ अर्ब ‘सेटिङ’ मै

काठमाडौं, मेडिकल कलेज सञ्चालनका विकृति समाप्त गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसी पटकपटक अनसन बस्दा पनि यो समस्या किन समाधान हुँदैन ? व्यवसायमा हुने अर्बौंको कारोबार । हो, त्यही रकमका आधारमा सञ्चालन भइरहेको व्यवसायी, राजनीतिज्ञ र प्रशासनिक ‘सेटिङ’ ले सुधारमा अवरोध सिर्जना गरिरहेको छ  । आजको कारोबार दैनिकमा सञ्जय पन्थी लेख्छन् – डेढ दर्जन मेडिकल कलेजले एमबीबीएस अध्ययन गर्ने १८ सय विद्यार्थीबाट वार्षिक करिब साढे ७ अर्ब रुपैयाँ उठाउँदै आएका छन्  एउटा विद्यार्थीको ४२ लाख रुपैयाँका दरले संकलन हुने रकम हो यो । निजी लगानीमा सञ्चालित कलेजको संख्या १४ छ भने बाँकी सरकारी र अर्धसरकारी स्वामित्वका छन् । ‘मेडिकल काउन्सिल, शिक्षा र स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारी तथा दलका नेता रिझाउन विद्यार्थीबाट लिने शुल्कको ३० प्रतिशतसम्म बाँड्नुपर्छ, जुन समग्रमा सवा २ अर्ब रुपैयाँ हो, ’ एक मेडिकल कलेज सञ्चालक भन्छन्, ‘राजनीतिक दल तथा अनुगमन संयन्त्रलाई खुसी पार्न सकिएन भने कलेज चलाउनै सकिँदैन ’ ठूलो पार्न सकिएन भने कलेज चलाउनै सकिँदैन । ’ ठूलो आर्थिक कारोबार भएको देखिए पनि धेरैलाई रिझाएर कलेज सञ्चालन गर्नुपर्ने बाध्यता रहेको गुनासो उनको छ । कम्पनी दर्तादेखि विद्यार्थी भर्ना गर्दासम्म अतिरिक्त पैसाबिना काम नहुने ठोकुवा उनले गरे । ‘एलओआई लिँदासम्म १ करोड रुपैयाँ खर्चिनुपर्छ । विद्यार्थीबाट असुल गरिएको ६५ प्रतिशत रकमले मात्र मेडिकल सञ्चालन गरिरहेको छु, ’ उनले भने । दलहरुलाई नियमित चन्दा । सहयोग गरेर उच्च नेतृत्वसँग सम्बन्ध स्थापित गर्न पाइने भएकाले मेडिकल शिक्षाको महत्व र सामाजिक उत्तरदायित्व नै अनुभव नगर्नेहरु मेडिकल कलेज सञ्चालनमा सक्रिय भएर लाग्ने गरेको आरोप ती सञ्चालकले लगाए । त्यही रकमका कारण नियामक निकाय मेडिकल काउन्सिलका पदाधिकारी नियुक्तिमा समेत प्रत्यक्ष असर पार्ने गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला नियुक्त भएका काउन्सिल अध्यक्ष डा. दामोदर गजुरेल अहिलेका स्वास्थ्यमन्त्री खगराज अधिकारीको हस्तक्षेपका कारण राजीनामा दिन बाध्य भएका थिए । नेपालमा ठूला दलको संरक्षणबिना मेडिकल कलेज सञ्चालन गथर्न गाह्रो रहेको उनी बताउँछन् । ‘मन्त्रीहरुले पैसा खाएर जथाभावी मेडिकल कलेज सञ्चालनको अनुमती दिँदा समस्या आएको हो,’ उनले भने, ‘राजनीतिक दलका नेताको आर्थिक प्रलोभनमा मेडिकल शिक्षामा लगानी भइरहेको छ र त्यसको मारमा विद्यार्थी र आमनागरिक परिरहेका छन् ।’ सरकारमा बस्नेको नियत नसुध्रिएसम्म मेडिकल शिक्षामा सुधार गर्न नसकिने उनी बताउँछन् । आफू अध्यक्ष काउन्सिलमा सुधार ल्याउन चाहे पनि सफल हुन नसकेको अनुभव उनले सुनाए । उनको संकेत त्यहि ‘सेटिङ’ तर्फ इंगित छ । त्यस्ता व्यक्तिको प्रलोभनमा परेर ठूला राजनीतिक दलका नेताले मेडिकल शिक्षाको महत्व र जिम्मेवारी गर्न नसक्ने गिरोहलाई कलेज सञ्चालनको अनुमति दिएर सघाउँदै आएका छन् । गणतन्त्र आएपछि शिक्षा मन्त्रालयले प्रस्तावित करिब १ दर्जन मेडिकल कलेजलाई मोफसल र राजधानीमा सञ्चालनको पहिलो चरणको अनुमति दिएको छ । तीमध्ये अधिकांस राजधानीमा केन्द्रित रहेर सञ्चालनमा आउन विश्वविद्यालयका पदाधिकारीदेखि दलका नेतालाई प्रलोभनमा पार्ने खेलमा लाग्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: