Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

ट्रम्पको बिजय र उग्र-दक्षिणपन्थीहरुको उदय

ब्यापारिक पृष्ठभुमी र टेलिभीजन प्रस्तोताको अनुभब सहित राजनितीमा छिरेका डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति हुन। यस भन्दा अगाडि २०१२ को राष्ट्रपतीय चुनावमा पनि उनी राष्ट्रपति लडने दाऊ खोजेका थिए तर मिट रोम्नी ९२०१२ मा रिपब्लीकन तर्फ बाट राष्ट्रपतिका उमेद्वारले प्रारम्भीक चरणमै ट्रम्पलाई अगाडि जान दिएनन् र उनको महत्वकाँक्षालाई केहि समय भए पनि मत्थर पारिदिए। तर हक्की स्वभाबका बोलक्कड ट्रम्प यसैमा थाक्ने, निरास हुने वा अत्तालिएर राजनिती बाट पछि हटेनन्। अमेरिकी चुनावमा हुने पुनरागमन बारे उनी निकै जानाकार नै थिए। रिचर्ड निक्सनको पतन र पुर्नउदय बारे जो कसैले शिक्षा लिन सक्छ यो ट्रम्पमा पनि लागु नहुने कुरै थिएन तर उनी त्यो स्तर सम्म पुगिसकेका भने थिएनन्। [caption id=\"attachment_103479\" align=\"alignleft\" width=\"250\"]\"लेखक लेखक[/caption] मुलधारका मिडीयाले त हिलारी क्लीन्टनलाई राष्ट्रपति घोषणा मात्र गर्न बाँकि थियो। ट्रम्पले त्यो हद सम्मको पक्षपातको सामना चुनावी अभियानको क्रममा गर्नु पर्यो। त्यो बाहेक डेमोक्याटहरुको चर्को बिरोध, अफवाह,र झुठ, यौन काण्ड, महिला बिरोधी तथा आफ्नै पार्टी भित्र बाट बिरोध र असहयोग, उनका लागी निकै ठुलो चुनौति थियो तर यी सबै पार गरेर देखाइदिए।यस्तो अनुकुल परिस्थितीमा पनि क्लिन्टन ट्रम्पको उदयलाई रोक्न असफल भइन। यो क्लिन्टनको असफलता संग मात्र जोडिदैन ८ बर्ष ह्वाईट हाउसमा आफ्नो कार्यकाल सम्हालेका बराक ओबामा पनि त्यतिकै जिम्मेदार ठहरिन्छन। ओबामा कार्यकालका निती तथा कार्यक्रमहरु को जनतामा कस्तो प्रभाव थियो भन्ने कुरा यसले स्पष्ट पार्दछ। ट्रम्प अहिले सम्मका एक मात्र त्यस्ता अमेरिकी राष्ट्रपति हुन जो संग राजनिती र सैन्य क्षेत्रको अनुभब छैन। बिज्ञहरुको भनाई लाई आधार मान्दा ग्रामिण क्षेत्रका स्वेत अमेरिकीहरु, न्युन ज्यालामा काम गर्ने कामदारहरु, माध्यमिक तह सम्मको अध्यायन गरेका मानिसहरुको ठुलो समुह जसले अगाडिको निर्वाचनमा ओबामालाई मतदान गरेका थिए यो पटक ट्रम्पलाई दिए। मेक्सिकोको सिमानामा बिशाल पर्खाल लगाउने, मुस्लीमहरुलाई देश छिर्न नदिने, आप्रबासीहरुलाई देश निकाला गर्ने, खुला ब्यापार माथी नियन्त्रण गर्ने, चिन संग ब्यापार युद्द गर्ने, जस्ता बिबादास्पद कुराहरु उनले चुनाबी अभीयानको क्रममा जोडदार ढंगले उठाएका थिए। यिनै मुद्दा लाई उनले अन्तिम सम्म उठाई नै रहे। यसले गम्भिर प्रश्न के देखाउँछ भने के अमेरिकी जनताहरु आँफैले सिर्जना गरेको बिश्व(ब्यबस्था बिरुद्द खडा भएका हुन त रु अहम सवाल यो हो की उनको बिजयले बिश्व राजनितीलाई एउटा अनिश्चितताको दिशा तिर डोहोरयाएको छ। नेटो, जापान र दक्षिण कोरिया, माथिको सैन्य सहयोग, ओबामा कालको दक्षिण(पुर्बी एसिया रणनिती, बाल्टिक देश सम्बन्धि दृष्टिकोण, चिन संगको ब्यापार सम्बन्ध, कस्तो रहला निकै ब्यग्रतापुर्बक हेरिएको छ। १. बिश्वब्यापी अन्यौलता यदि ट्रम्पले आफ्नो चुनाबी अभियानमा उदघोष गरे बमोजिमका एजेन्डाहरु राष्ट्रपति कार्यकालमा लागे गर्ने प्रयत्न गरे भने त्यसको पहिलो शिकार उनी आँफै हुने निश्चित छ र अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमा गम्भिर परिणाम भोग्न बाध्य हुनेछ। अमेरिकाले सन १९४५ पछि खडा गरेको बिश्व-ब्यबस्था (Global Order) मा क्रमभंग हुनेछ। आक्रमक शक्ति (Hard Power) र नरम शक्ति (Soft Power) को कुशल संयोजन द्वारा बिश्वको एक नम्बरको शक्ति सम्पन्न बनेको देश उनको निती तथा कार्यक्रम बाट धरासायी हुने खतरा बढेको छ। लामो अभ्यास पछि खडा गरिएको सैन्य, कुटनिती, राजनिती र संस्कृतिको अभ्यास आज संसार भरि नै गरिंदैछ। के ट्रम्प अमेरिकी जनताले अदभुत परिश्रमले खडा गरेको बिश्ब ब्यबस्था आँखै अगाडि ढल्दा निरिह बनेर हेरि बस्लान् त रु यो सहज प्रश्न होईन र यस्तो हुने पनि छैन। आज सम्म संसारमा भएका युद्दर बिश्वयुद्द हेर्ने हो भने शक्तिको सहज हस्तान्तरण भएका इतिहासहरु निकै कम छन। यस्तो अवस्थामा चिन पृथक राजनिती, बिशाल जनसंख्या, संस्कृति सहित बिश्वको महाशक्ति हुने निश्चित छ। अमेरिकीहरु बिरलै यस्तो परिणाम पचाउन सक्छन। दक्षिण-पुर्बी एसियाको पछिल्लो अवस्था निकै तरल जस्तो देखिन्छ। दक्षिणी चिनीया समुद्रको बाटो ब्यापरिक दृष्टिकोण बाट निकै महत्वपुर्ण मानिन्छ। बार्षिक ५ खरब भन्दा धेरै ब्यापार यहि सामुद्रिक बाटो भएर हुने गर्दछ। चिनले पुरै समुद्रलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको छ भने भियतनाम, फिलीपिन्स, ईन्डोनेशिया, मलेसिया ब्रुनाई जस्ता तटिय देशहरुले पनि आफ्नो स्वामित्व चाहन्छन। अष्ट्रलिया र जापानको पनि यो सबै भन्दा महत्वपुर्ण सामुद्रिक नाका हो। यसर्थ यो समुद्र निकै महत्वपुर्ण छ। ओबामा कार्यकालमा एसिया केन्द्र ( Pivot to Asia) रणनिती अन्तर्गत यसलाई अगाडि बढाइएको थियो। ट्रम्प कार्यकालमा के हुन्छ निकै चासो को बिषय हो यो। तर चिनले ट्रम्पको कार्यकाल शुरु अगाडि नै अमेरिकाका दुई निकट मित्र फिलीपिन्स र मलेसिया संगको सम्बन्ध सहज गरिसकेको छ। उता बाल्टिक देशहरु ९लात्भिया, एस्टोनोया र लिथुयानिया० मा रसियाले आफ्नो प्रभुत्व बिस्तार र अमेरिकालाई रोक्न चाहन्छ। यी देशहरुमा नेटोको बिस्तारले रसिया पहिले देखि नै सशंकित छ र ती देशका अल्प संख्यक रसियालीहरु लाई उचालिरहेको छ। रसियाले पहिले नै युक्रेन बाट क्रिमीयालाई छुट्टाइसके पछि ओबामा प्रशासन थप ससंकित हुने कुरा स्वभाबिक नै हो। ईरान संगको आणबिक सहमति, उत्तर कोरियाको आणबिक परिक्षण र दक्षिण कोरियामा मिसाईल प्रतिरक्षा प्रणाली (THAAD) को स्थापना सम्बन्धि उनको दृष्टिकोण के बन्ला हेर्न केहि समय कुर्न पर्नेछ। \"trump-5-1140\"२.घोर दक्षिणपन्थीहरुको उदय ब्रिटेनको युरोपियन युनियन बाट बर्हिगमन पछि बिश्व भरि नै दक्षिणपन्थीहरुको पक्षमा ब्यापक लहर चलेको देखिन्छ। चर्को बेरोजगरी, खुला बसाईंसराई, आतंकबादी आक्रमणको त्रास, पुँजीको सिमीत ब्याक्तिहरुमा केन्द्रिकरण, कथित संस्थपनहरुको प्रभुत्व र हालीमुहालि तथा आफनो स्थानिय संस्कृतिमा बाह्यहरुको अतिक्रमण जस्ता कारणहरुले नै ब्रिटेनको बर्हिगमानका मुख्य कारणहरु थिए। सत्तासिन कन्जरभेटिब र लेबर पार्टी एक ठाऊँमा उभिंदा समेत इन्डिपेन्डेन्ट पार्टीका निगेल फाराज उनिहरुका लागि निकै महंगा साबित भए। त्यहि प्रकारको मुद्दाहरु अमेरिकी चुनावमा समेत हाबी भएको देखियो। बामपन्थीहरुले उठान गर्ने मुद्धाहरु दक्षिणपन्थीहरुले अपहरण गरे। शसक्त बामपन्थी दलहरुको अनुपस्थिती र बिभाजनका कारण आज बिश्वभरी दक्षिणपन्थीहरुको प्रभाब भढेको छ। महिलाहरु प्रति घृणा, मुस्लिम प्रति आतंककारी बिल्ला, सिमीत मान्छेहरुमा अर्थतन्त्रको केन्द्रिकरण, असमानाताको डरलाग्दो बृद्धि, अहंकारबादीहरुको उदय, वाताबरणीय प्रदुषण, अन्ध(राष्ट्रबाद जस्ता डरलाग्दा समस्याहरुको सामना आजको बिश्वले गरिरहेको छ। भारतमा पहिले नै अति हिन्दुबादी भारतीय जनता पार्टीको बिजय भईसकेको छ। अब यसको असर आगामी डिसेम्वरमा ईटालीमा हुने जनमत संग्रह र फ्रान्समा २०१७ मा हुने राष्ट्रपतिको चुनावमा देखिनेछ। फ्रान्समा नेशनल फ्रन्ट पार्टीकी मेरिन लि पेनको उदय हुने प्रबल शम्भावना बिश्लेषकहरुले गरेका छन। अन्ततस् नारिबादी, हरित क्रान्तिबादीहरु, बामपन्थी, पर्याबरणबादी, समाजबादी र स्वयं उदारबादीहरु लाई यो गम्भिर झटका र आसन्न संकट हो। ३.नेपालमा प्रभाव र बदलिंदो राजनितीक दिशा बिश्वभरी दक्षिणपन्थीहरुको उदय संगै नेपालमा दक्षिणपन्थी र भर्खर स्थापित राजनैतिक दल हरुलाई निकै उर्जा मिलेको देखिन्छ। कमल थापाको राप्रपा नेपाल, बाबुराम भट्टराईको नयाँ शक्ति, र बिबेकशील नेपाल जस्ता राजनितीक दलहरु सतहमा आउने शम्भावना नकार्न मिल्दैन। दक्षिणपन्थीहरुको रबैया र दादागिरी कस्तो छ भन्ने हेर्न भारतिय जनता पार्टीलाई हेर्दा हुन्छ। गुण्डागर्दी, फरक मत राख्ने दल तथा नेता कार्यकर्ता माथी गिरफ्तारी, बेपत्ता, आक्रमण, हिंशा, बिश्वबिधालयहरुमा प्राज्ञिकहरु माथी धरपकड र धम्की, बिचार बिमर्श माथी नै नियन्त्रण जस्ता आक्रमक गतिबिधीहरु निकै तिब्र पारिएका छन। जसको प्रत्यक्ष प्रभाव नेपालमा पर्दछ। नेपालमा दश बर्षे शसश्त्र संघर्ष र १९ दिने आन्दोलन बाट प्राप्त उपलब्धीहरु संस्थागत हुन नपाउँदै निमोठिने खतरा बढदो छ। धर्म निरपेक्षता, संघियता, र गणतन्त्रलाई चुनौति दिने गरि राप्रपा नेपाल अगाडि बढिरहेको छ। पहिचान र नश्लको राजनिती बाट ध्वस्त बनेको माओबादी बाट बाहिरिएर दक्षिणपन्थी खेमामा पुगेका बाबुराम भट्टराई पुनस् तिनै एजेन्डा बोकेर राजनितीको मैदानमा आएका छन। आफ्नो बर्चस्वको लागि जे गर्न पनि तम्तयार बाबुराम उपेन्द्र यादबको संघिय समाजबादी फोरम संग एकता गरेर भए पनि नेपाली राजनितीमा पकड जमाउन अन्तिम प्रयत्न गर्नेछन। बिबेकशील पार्टी नयाँ शहरिया युवाहरुको केन्द्र हो। बिस्तारै बामे सर्ने प्रयासमा छ। ठुला मिडीयाहरुको पनि यसलाई निकै सहयोग गरेको देखिन्छ। तर राजनितीक दृष्टिकोणले शहरिया सम्पन्नहरुकै प्रतिनिधित्व गर्ने यो दल नेपाली राजनितीमा दक्षिणपन्थीहरु कै नयाँ गोटि बाहेक केहि होईन। यसर्थ आगामि दिनमा नेपाली राजनितीमा दक्षिणपन्थीहरुको उदयको शम्भावना लाई नकार्न सकिंदैन। बिश्व राजनितीमा दक्षिणपन्थीहरुको उदय र ट्रम्पको बिजयले पनि यहि संकेत गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy