Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

फार्क विद्रोही र कोलम्बिया सरकारबीच नयाँ शान्ति सम्झौतामा हस्ताक्षर

\"faarc-agreement\"बोगोटा, १० मंसिर । कोलम्बियाका राष्ट्रपति जोन म्यानुएल सन्तोष र रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)का नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । सो शान्ति सम्झौता संसद् (कँग्रेस)मा पेश गरिने छ । यसअघिको शान्ति सम्झौता गत अक्टोबर २ मा भएको जनमतसङ्ग्रहबाट अस्विकृत भएको थियो । प्रतिपक्षी दलका नेता अल्भारो उरिबे नेतृत्वको पार्टीले सो सम्झौताले विद्रोहीलाई विगतका अपराधबाट छुट दिन लागिएको भन्दै विरोध जनाएपछि शान्ति सम्झौता अस्विकृत भएको थियो । संशोधित शान्ति सम्झौतामा अघिल्लो शान्ति सम्झौताका कमजोरी सच्याइएको र प्रतिपक्षीहरुको मागलाई सम्वोधन गर्ने प्रयास गरिएको राष्टपति जुआन मानुअल सान्तोषले बताए । नयाँ सम्झौताले प्रतिपक्षी दललाई पनि जिम्मेबार बनाउने उनको विश्वास छ । तर प्रमुख प्रतिपक्षी दलले भने सम्झौताप्रति असन्तुष्टी जनाउदै आएको छ । राष्ट्रपति सान्तोषले पूर्वराष्ट्रपति अल्बारो उरीबेलाई मनाउन धेरै प्रयास गरेका थिए । शान्ति सम्झौता गर्न सफल भएको भन्दै सान्तोषले यस वर्षको नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए । झण्डै ५२ वर्षदेखिको द्वन्द्व अन्त्य गर्नेगरी यसअघि भएको शान्ति सम्झौता जनमतसङ्ग्रहबाट थोरै मत अन्तरले अस्विकृत भएपछि सरकार र विद्रोही फार्कका बीच नयाँ सम्झौतामा हस्ताक्षर भएको हो । कोलम्बिया सरकार र फार्क विद्रोहीबीच गत २६ सेप्टेम्बरमा पहिलो पटक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । जनमत संग्रहले अस्वीकृत गरेपछि अहिले ५७ बुँदे नयाँ सम्झौता गरिएको छ । यो सम्झौताले फार्क विद्रोही समूहलाई राजनीतिक पार्टीको रुपमा रुपान्तरण गर्ने उद्देश्य लिइएको छ । सन्तोषले संसद्मा सो सम्झौताको पक्षमा मतदान गर्न संसद्का सदस्यलाई दवाव दिएका छन । । संसद्मा सन्तोषको गठबन्धनको बहुमत रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy