Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

हिंसाविरुद्धको सोह्रदिने अभियानः ग्रामीण भेगका महिला अधिकारका बारेमा बेखबर

\"himsa-750\"जाजरकोट, ११ मंसिर । सिमा–१ की जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेरेर बिहानै साँढे ५ बजे डोको बोकेर स्याउला ल्याउन जङ्गल लागिन् । जयकुमारीका श्रीमान् अघिल्ला दिनको मदिराको नशाले नछाडेका कारण बिहान ९ बजेसम्म ओच्छ्यानमै थिए । दुई छोरा र एक छोरी साना भएका कारण घरको खलोमा बसेर माटो खेलिरहेका थिए । भोक लाग्यो, जेई (आमा) भन्दै बच्चाबच्ची कराएको पस्टै सुनिन्थ्यो । मदिरा खाएर सुतेका बाबुको उठ्ने कुनै छाँटकाँट थिएन । बिहान काममा गएकी जयकुमारी स्याउला लिएर १० बजे फर्किइन । अनि छोराछोरीलाई मकैको रोटी पकाएर खुवाउन थालिन । उत्ता जयकुमारीका श्रीमानको निन्दा खुलेलगत्तै पुनः मदिरा सेवन गरेर खाना बनाउन ढिला गरेको भन्दै श्रीमतीसँग झगडा गर्न थाले । मदिरामा लठिएका रामबहादुरलाई श्रीमती बिहान नुनसँगको रोटी कम्मर बेरेर स्याउला ल्याएर आएको कहाँ थाहा थियो र ? उल्टै खाना ढिलो बनाएको भन्दै झगडा गर्दा जयकुमारी भाग्यलाई सराप्दै रुदै बसिन। त्यस्तै खगेनकोट–२ का कालीबहादुर परियारले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरे । श्रीमती रतीकलाबाट दुई वटा छोरा छन् । रतीकला बहुविवाहको उजुरी दिएर न्याय पाउने कामभन्दा मेरो भाग्यमा यस्तै रहेछ, कसले सहयोग गर्छ हामीलाई, भन्दै श्रीमानको धम्कीकाबीच घरमै बसिरहनुभएको छ । उनका श्रीमानले रतीकलाको नागरिकता, विवाह दर्ता, छोराछोरीको जन्मदर्तासम्म गरिदिएका छैनन् । यी त प्रतिनिधि घटना मात्र हुन् । जिल्लाका अधिकांश ठाउँमा यस्ता समस्याले जरो गाडेको प्रशस्त देख्न, सुन्न पाइन्छ । जिल्लाका ग्रामीण भेगका अधिकांश महिला अधिकारका विषयमा जानकारी नै नहुँदा दैनिक हिंसा बढिरहको भए पनि अत्याचार सहेर बस्नु पर्ने बाध्यता रहेको छ । हिंसापीडित अधिकांश महिलाका नागरिकता, विवाह दर्तासमेत श्रीमान्ले नगरिदिँदा कानुनी उपचार खोज्न लड्न निकै समस्या हुने गरेको अधिवक्ता प्रकाशकुमार शाहीले बताए । छोराछोरी भइसके किन गर्नुप¥यो विवाह दर्ता, घाँस, दाउराको काम गर्ने महिलालाई किन चाहियो नागरिकता भन्ने जस्ता चिन्तनका कारण थप समस्या आएको पञ्चभयार मावि खगेनकोट–७ का शिक्षक वीरबहादुर खत्रीले बताए । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएकोसमेत यहाँका महिला बेखबर छन् । सूचना, प्राविधिको पहुँच नभएका जाजरकोटका गाउँमा सदरमुकाम बाहेक अन्य ठाउँका महिलालाई १६ दिने अभियानका विषयमा जानकारी छैन । गाविस, जिल्ला सदरमुकाम, बजारमा समेत महिलाभन्दा पुरुष नै बढी खटिने र महिलालाई घरायसी काममा मात्र लगाउने भएका कारण महिलाले अधिकारको विषयमा जानकार नभएको अधिकारकर्मी पार्वती विकले बताइन । सङ्घ÷संस्थाले ग्रामीण क्षेत्रमा सञ्चालन गर्ने महिलाका कार्यक्रममा महिलालाई नपठाएर श्रीमान् नै जाने अनि श्रीमतीको नाम लेखेर आफैँ सही गरेर आउने चलनले गर्दा आफ्ना अधिकारका विषयमा महिला जानकारी पाउनबाट वञ्चित बनाइएको नायकवाडा–७ की महिला स्वयम्सेवी कृष्णकुमारी शाहीले बताइन । वर्षौंभरी काम मात्र गर्ने, नियमित सरसफाइ अनि पोसिलो खाना पनि नपाउने यहाँका ग्रामीण क्षेत्रका महिलाको जीवन पद्धति दयनीय रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending