Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

'कठघरा' मा एक घन्टा खगेन्द्र संग्रौला

काठमाडौं, सधै जसो अखबारी लेखन मार्फत राजनीतिक नेतालाई कठघरामा उभ्याई रहने लेखक खगेन्द्र संग्रौला सोमबार शिल्पी थियटरको कठघरामा उभ्याइए । वि.स. २०२० सालबाट लेखन थालेका ७१ बर्षे संग्रौलाले आफ्नो अनुभव साझा गर्दै भने– ‘लेखक हुने जोखिमपूर्ण कुरा हो ।’ दार्जिलिङ र तेस्रो आयाम आन्दोलनबाट प्रभावित भएको बताउँने संग्रौलाले दर्शकहरुका अगाडि आफ्नो लेखन प्रवृतिका विषयमा खुलेर गफिए । सोमबार गोठाले नाटक घर शिल्पी थिएटर बत्तिसपुतलीमा दर्शक माझ उभिएका संग्रौलाले भने– ‘मेरो साहित्य तथा लेखन, समाजको पिँधमा परेका तथा सिमान्तकृतहरुको आवज हो र यो आवजको अजै प्रतिक्रिया आउनु पर्छ भन्ने छैन् । यसको मुल्यांकन समयले गर्नेछ ।’ आफ्नो लेखन, प्रगतिशिल लेखन भए पनि आफु अर्ध अराजक माक्र्सवादी भएको स्पष्ट पारे । उनले आफु कुनै पनि माक्र्सवादी फर्मामा बस्न नसक्ने जनाए । उनले आफु पार्टीको राजनीतिक फर्मामा मात्र अटाएका भए आफु प्रदिप नेपाल हुने थिए । ‘लेखनदासले पैसाका लागि लेख्छ, लेखक आलोचनाशिल हुन्छ र त्यसले राज्य र पार्टी दुवैको जोखिम उठाउनु पर्छ ।’– उनले भने । उलने विज्ञान र कलाले आदेशको अवज्ञा गर्ने बताउँदै लेखक मौरी जस्तो शिल्प भएको बताए । मौरीको उदाहरण दिँदै उनले मौरी फुलमा र ढलमा दुबैमा बसे पनि कुटको निर्माण गर्ने भएकाले लेखकको जिम्मेवारी पनि मौरीको भन्दा कम नरहेको बताए । उनले आफुले अहिलेसम्म सिमान्तकृतहरुको राजनीतिक सामाजिक मुद्धा उठाएको बताउँदै जनताका सामाजिक मुद्धाहरु जुन राजनीतिक पार्टीले उठाए पनि र छोडे पनि आफुले भने निरन्तर सामाजिक मुद्धा उठाई रहने जनाए । कार्यक्रममा संग्रौलामाथि टिप्पणी गर्नका लागि लेखक तथा आख्यानकार राजन मुकारुङ, युग पाठक तथा कवि संगित श्रोता थिए भने कार्यक्रमको सहजिकरण पाण्डुलिपीका सम्पादक दिपक सापकोटाले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE