Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

पुष्पलाल पार्कको सहिद स्तम्भमा तोडफोड : अराजक बन्दै बुटवल आन्दोलन

बुटवल, १६ मंसिर । यतिबेला बुटवलको दृश्य बडो अनौठो देखिन्छ, १९ दिने जनआन्दोलनको बेलामा जस्तै प्रहरीहरु बाटोभरी तयारी अवस्थामा लाठीँ सहित देखिन्छन् भने आन्दोलनकारीहरु चिच्याईरहेका छन् । त्यस्तो कुनै चोक र गल्ली छैन जहाँ टायर नबोलेको होस् । बुटवलको मुख्य चोक पुष्पलाल पार्कमा अवस्थित सहित स्तम्भलाई घेरिएको पार्कको भौतिक संरचना पूर्ण रुपमा ध्वस्त हुँदासमेत प्रहरी लाचार बनेर बसिरह्यो । पुष्पलाल पार्कको उत्तर दक्षिण पूर्व पश्चिम चारैतिरबाट एक्कासी आन्दोलनकर्ताहरुलाई उक्साएर तोडफोडको लागी लगियो । बार सबै भाँचिए । सिमेन्ट र फलामका फिल्लरहरु उखालिए । तर यत्तिमा सान्त भएन आन्दोलनकारीले सहित स्तम्भमा रहेको हसिया हतौडा अंकित झण्डा नफालेसम्म नछाड्ने भन्दै उग्र हुन थालेपछी प्रहरीले लाठीँचार्ज गर्यो, उताबाट ढुंगा फाल्ने र प्रहरीहरु दुई पाईला अगाडी बढ्ने अनौठो दृश्य त्यतिबेला बुटवलको पुष्पलाल पार्कमा देखियो । सुरुमा एमालेनिकट अनेरास्ववीयूले नेतृत्व गरेको भनिएको आन्दोलनबाट विद्यार्थी नेता एकाएक गायब भएपछि उग्र बनेका केही अराजक झुण्डले प्रहरीलाई नै ढुंगामुडा गर्न लाग्यो । नेतृत्व हराएपछि झनै उग्र बनेपछि प्रहरी र प्रदर्शनकारीबीच जुहारी चल्यो । गोलपार्क, बुटवल बहुमुखी क्याम्पस गेट, पाल्पा बसपार्क, ट्राफिक चोक, पुष्पलाल पार्क, नेपालगन्ज रोड, मिलनचोक, बसपार्क, चौराहा, जैपते, खैरेनी लगायतका क्षेत्रमा आन्दोलनकारीहरु छन् । नारा जुलुससहित पुरै बुटवल नगर परिक्रममा गर्दै बुटवलस्थित नगरपालिका कार्यालय लगायतलाई घेरा समेत हालेका छन् । विहानै ३ बटा सवारीमाथि आगजनी भएका छन् विवाहको गाडीमा समेत तोडफोड भएको छ । बन्द भोली ३ बजेसम्मको लागी भने खुकुलो हुने संकेत देखिएको छ । भोली नै बुटवलको चौराहामा नेपाली कांग्रेसका नेता एवंम रक्षामन्त्री बालकृष्ण खाणँ, एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, त्यस्तै कांग्रेसका नेता चन्दबहादुर भण्डारी, एमालेका प्रदिप ज्ञवाली, जनमोर्चाका नेता एवंम अन्य दलका नेताहरुले संम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ । \"butawal_aandolan-9-750\" \"butawal_aandolan-4-750\" \"butawal_aandolan-3-750\" \"butawal_aandolan-2-750\" \"butawal_aandolan-1-750\" \"butawal_aandolan-11-750\" \"butawal_aandolan-10-750\" \"butawal_aandolan-8-750\" \"butawal_aandolan-7-750\" \"butawal_aandolan-6-750\" \"butawal_aandolan-5-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending