Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्रचण्डसँग होइन, विप्लवसँग एकता गर्नुपर्छ भन्दै वैद्य माओवादीमा बेग्लै छलफल

काठमाडौं, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीका २ दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरुले आफ्नो पार्टीका अध्यक्ष वैद्य तथा महासचिव रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरु ‘एमाओवादीसँग आत्मसमर्पण गर्ने निर्णयमा पुगेको’ निष्कर्ष निकालेका छन् । र, उनीहरुले एकताका लागि एमाओवादीसँग नभई विप्लव माओवादीसँग छलफल, सहकार्य र संयुक्त आन्दोलनको प्रयास अघि बढाउन जोड गरिरहेका छन् । दुवै पार्टीले एकता प्रक्रिया अघि बढाउन भन्दै शीर्ष नेता सम्मिलित उच्चस्तरीय वार्ता समिति समेत बनाई एमाओवादी र ड्यास माओवादीबीच छिट्टै एकता हुने सन्देश प्रवाहित गरिरहेको सन्दर्भमा वैद्य माओवादीका कतिपय केन्द्रीय नेता र बौद्धिक–सांस्कृतिक मोर्चामा आबद्ध बुद्धिजीवीहरुको ठूलो तप्कामा नेतृत्वले आत्मसमर्पण गर्न थाल्यो भन्ने संशय पैदा भएको हाे । ‘ठोस रुपले एकता प्रक्रिया अघि बढिनसकेकाले अहिल्यै केही भनिहाल्नुपर्ने र गरिहाल्नुपर्ने अवस्था अाइसकेको त छैन’, वैद्य माओवादीका केन्द्रीय सदस्य एवम् चर्चित मार्क्सवादी सौन्दर्यचिन्तक डा. ऋषिराज बरालले खबरडबलीसँग भने– ‘प्रचण्डहरुसँग एकता गरिहाल्ने जुन हतारो अहिले देखापरेको अनुभूत हुँदैछ, यदि यही स्थितिमा उनीहरुसँग एकता भइहाल्यो भने त्यो ‘एकता’ नभई ‘आत्मसमर्पण’ मात्रै हुन्छ ।’ ‘केन्द्रको ठूलै तप्का र बौद्धिक–सांस्कृतिक फाँटसहित पार्टीको तल्ला निकायको उल्लेख्य हिस्सा एकताका नाममा हुने आत्मसमर्पण स्वीकार्न तयार छैन’, भन्दै डा. बरालले प्रष्ट्याए– ‘सञ्चार माध्यमहरुमा आर्टिकल नै लेखेर मैले त आफ्नो धारणा सार्वजनिक गरिरहेकै छु, कमसेकम मचाहिँ प्रचण्डहरुसँग हुने एकता स्वीकारेर त्यो प्रक्रियामा सामेल हुन्नँ ।’ पार्टी एकताबारे तपाईंको धारणा चाहिँ के हो त ? खबरडबलीको जिज्ञासामा डा. बराल भन्छन्– ‘हाम्रो पार्टीको सबैभन्दा नजिकको शक्ति भनेकै विप्लव नेतृत्वको माओवादी हो । एकता गर्ने नै हो भने विप्लवहरुसँग मात्रै हाम्रो एकता हुनुपर्छ/हुन सक्छ । एकता–छलफलको प्राथमिकतामा विप्लवहरुलाई नै राखेर अगाडि बढ्नुपर्छ ।’ तपाईंको पार्टी केन्द्रमा यस्तो धारणामा को–को हुनुहुन्छ त ? डा. बराल भन्छन्– ‘मेरो कुरा क्लियर राखिहालें, अरु यो यो छन् भनेर अहिल्यै म भन्न सक्दिनँ, अहिले पार्टीभित्र हिजोजस्तो गुटबन्दी छैन र छुट्टाछुट्टै बसेर सल्लाह पनि गरिएको छैन ।’ वैद्य माओवादीसम्बद्ध स्रोतले दिएको जानकारीअनुसार एकीकृत नेकपा (माओवादी) सँग एकता अस्वीकार गर्ने दुई दर्जन आसपासका केन्द्रीय सदस्यहरुले हालै गोप्य भेला गरेर वैद्य–बादल \'आत्मसमर्पण र विसर्जनतिर गएको\' निष्कर्ष निकाल्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीसँग ‘ठोस छलफल’ गर्ने निर्णय लिएका छन् । त्यसका लागि उनीहरु छिट्टै नै नेकपा माओवादीका महासचिव विप्लवसँग भेटघाट गर्ने तयारीमा छन् । अर्को स्रोतले दिएको जानकारीअनुसार ड्यास माओवादीका अध्यक्ष वैद्य पनि एमाओवादीसँग तत्कालै एकता गरिहाल्ने पक्षमा छैनन् । अध्यक्ष वैद्यको भनाइ उद्धृत गर्दै स्रोत भन्छ– ‘छुट्टै बसेर केही गरिहाल्न त सकिन्न, एकतामा जानैपर्छ तर प्रचण्डहरुलाई केही बुँदामा झुकाएर, गलाएर र केही बुँदामा सार्वजनिक स्वीकारोक्ति गराउँदै थप केही बुँदामा पार्टीभित्र लिखित सहमति गराएर अलि लामै प्रक्रियापश्चात मात्रै एकता सम्भव हुन्छ ।’ उक्त स्रोतको दावीअनुसार यतिबेला अध्यक्ष वैद्य आफ्नै पार्टीमा अल्पमतमा छन् र महासचिव बादलको पक्षमा बलियो बहुमत देखापरेको छ । आफू बहुमतमा रहेका बेला निशर्त एकता गराएर त्यसपछिको एकीकृत पार्टीमा आफू र आफ्ना पक्षधरहरुलाई ‘राम्रो हैसियत’ दिलाउन बादल एकदमै हतारिएका छन् । आफू अल्पमतमा पर्नुको पीडा र एकताका नाममा आत्मसमर्पण गर्न बादलले देखाएको हतारोका कारण सधैं \'जनवादी केन्द्रीयता\' र \'विधिविधानका कुरा\' मा बढ्ता जोड दिने अध्यक्ष वैद्य \'धर्मसंकट\' मा परेका छन् । यही चेपुवामा परेर अन्ततः किरण पनि बादलसँगै लतारिएर ‘प्रचण्डहरुसँग आत्मसमर्पण गर्ने निष्कर्षमा पुगेको’ भन्दै तेस्रो धारका नेताहरुले विप्लवसँग छलफलको पहल थालेको समाचार स्रोतको दावी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies