Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

नवलपरासीमा तेस्रो औद्योगिक व्यापार मेलाको तयारी तीब्र

\"15320298_684096115082182_1699091965_n\"नवलपरासी , १७ मंसिर । नवलपरासीको सुनवलमा आयोजना हुन लागेको तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यपार मेला २०७३ को तयारी तिब्र रुपमा भैरहेको छ। आगामी मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म संचालन हुने मेलाको तयारी तिब्र रुपमा भैरहेको छ । कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्देश्यले यस अद्योगिक व्यपार मेलाको आयोजना गरिएको छ। जिल्लाका कृषिजन्य उत्पादन तथा धार्मिक एवं पर्यटकयि क्षेत्रहरुको राष्ट्रिय एवं अन्तराष्ट्रिसम्म प्रचार प्रसारका उद्देश्यले मेला आयोजना गरिएको उद्योग वाण्ज्यि संघ नवलपरासीले जनाएको छ । शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना हुन लागेको यस औद्योगिक व्यपार मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै जिल्लाको महत्वपुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गराउने यस मेलाको उद्देश्य रहेको संघका अध्यक्ष भिम बहादुर थापाले बतााए । थापा अनुसार जिल्लाका कृषि उपजहरु तथा उद्योग उत्पादका बस्तुहरुको वृहत प्रदर्शनी गर्ने र महत्वपुर्ण धार्मिक एवं पर्यटकिय क्षेत्र, रामग्राम स्तुप, पण्डितपुर देवदह, त्रिवेणीधाम, नन्दन ताल, मौलाकालिका, मदारबाबा, थारु भिलेज र मौलाकालि लगायतका धार्मिक स्थलहरुको वृहत प्रचारप्रसार गर्ने आयोजनकको तयारी रहेको छ । आन्तरिक तथा बाह्य पर्यटक समेत जिल्लामा भित्र्याउने मेलाको उद्देश्य रहेको बताए । मेलाको बाण्डरी, गेट, मञ्च, स्टल निर्माण, बालउद्यान, पोखरीहरुको निर्माण कार्य तिब्र रुपमा भैरहेको उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताए । उपाध्यक्ष गुप्ताले भगवान गौतम बुद्धको आमाको मायादेवि मन्दिरको आकारमा मेलाको मुल गेटमेलाको मुख्य आकर्षणको रुपमा रहने छ भने मेलामा सूचना प्रविधि ९आईटी, कृषि, पर्यटन, सांस्कृति, बाल उद्यान र डुंगा सफारी, हेलिकप्टर उडान लगायतमेलाका आकर्षणको रुपमा रहने बताए। जिल्लाको समग्र आर्थिक, विकासका लागि जिल्लाको कृषि एवं उद्योगका उत्पादित बस्तहरुको प्रबद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रि बजारसम्म पुर्याउने मेलाको लक्ष्य बोकेको संघका महासचिव गिरीराज पाण्डेयले बताए। मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन,हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटनर सूचना केन्द्र एबं प्रबद्र्धन लगायतका स्टलहरु राखी वृहद प्रदर्शनी गर्ने संघका महासचिव पाण्डेले बताए । ।मेलामा करिब २ सय व्यापारिक स्टलहरुको व्यवस्थापन मिलाइएको छ । मेलाको व्यापक प्रचारप्रसारले नेपाल भारत गरि ३ लाख दर्शकले मेला अवलोकन गर्ने तथा मेलामा करिब ७ करोड बराबरको आर्थिक कारोबार समेत हुने संघले अनुमानगरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending