Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

प्रचण्ड भन्छन्, ‘राष्ट्रघाती कामको सुरुवात मैले गरेको हुँ भनेर ओलीजीले क्षमा माग्नुपर्छ’

\"prachanda_sidha_kura\" काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराईका जिल्ला तराईमै र पहाडका जिल्ला पहाडमै राख्नुपर्ने प्रस्ताव प्रमुख प्रतिपक्षी नेकपा एमालेकै भएको दावी गरेका छन् । सिधा कुरा प्रधानमन्त्रीसँग टेलिभिजन कार्यक्रममा बोल्दै उनले अहिले आन्दोलनमा भएकाहरुले नै २ नम्बर प्रदेशमा तराई मात्रै राख्न र पाँच नम्बर प्रदेशका पहाडी जिल्लामा पहाडमै हुनुपर्छ भनेर सार्वजनिक कार्यक्रममा प्रस्ताव राखेको दावी गरेका हुन् । संविधान संशोधन विधेयकको विरुद्धमा प्रमुख प्रतिपक्षी नेकपा एमाले आन्दोलनमा रहेकै बेला माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले साहस भए तराईको मात्रै जिल्ला राखेर २ प्रदेश नम्बर बनाउने राष्ट्रघाती काम हामीले हिजो गरिसक्यौ? भन्दै एमालेले जनतासँग क्षमा माग्नुपर्ने बताए । अहिले संशोधन विधेयकका विरुद्धमा रहेकाहरुले २ नम्बर प्रदेशमा पहाडी जिल्ला राख्न आन्दोलन गर्न सक्नुहुन्छ ? प्रश्न सोध्दै प्रचण्डले अघि थपे, ‘५ नम्बर प्रदेशको पनि पहाडी जिल्ला पहाडमा राख्ने राष्टघाती काम हामीले नै सुरु गरेको हो ? भनेर एमालेले जनतासँग क्षमा माग्नुपर्यो’ उनले सरकारले हाल ल्याएको संशोधन विधेयक एमाले कांग्रेसले ल्याएको पुरानै प्रस्तावित विधेयक भएको समेत प्रष्ट पारे । ‘सरकारले हाल ल्याएको संशोधन विधेयक एमाले कांग्रेसद्धारा नै प्रस्तावित विधेयक हो, यो कुरा ५ नम्बर प्रदेश र अन्य जनतालाई पनि राम्रोसँग थाहा छ’ पहाड र तराईलाई छुट्याएर प्रदेश बनाउँदा राष्ट्रघात हुने भए त्यसको प्रस्तावक हामी नै हौँ भन्दै एमालेले जनता समक्ष माफी माग्न सक्नुपर्ने उनको तर्क थियो । ‘पहाडका जिल्ला पहाडमै र तराईको तराईकै हुनुपर्छ भन्ने राष्ट्रघाती कामको सुरुवात मैले नै गरेको हुँ भनेर प्रतिपक्षी दलका नेता ओलीजीले जनतासँग क्षमा माग्नुपर्छ, अनि उहाँसँग सहमत असहमत भनौला’ जनताको भावनामाथि खेलेर क्षणिक फाइदा प्रतिपक्षीले लिन सके पनि त्यसले देशको समस्या समाधान नहुने उनको भनाई थियो । देशलाई निर्वाचनतर्फ लैजान जरुरी रहेको बताउँदै उनले त्यसका लागि आफूले सबैसँग छलफल गरिरहेको समेत बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending