Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

सुनसान बन्दै खुम्बु

\"khumbu-750\"सोलुखुम्बु, १९ मङ्सिर । सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जान थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने र अब करिब चैत मध्यसम्म थुप्रै हिउँ पर्ने भएकाले जाडो छल्नका लागि बाहिर जाने गरेका छन् । पर्यटन मौसम सकिन थालेसँगै जिल्लाको खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवम् थामेलगायतका बासिन्दा जाडो छल्न बाहिर जान थालेका छन् । त्यहाँका बासिन्दा जाडो छल्नका लागि धेरैजसो काठमाडौँ गएका छन् । तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको छ । ठमोकी मिङ्मा छम्जी शेर्पाले भनिन्,“अब त चिसो निकै बढ्यो अब केही दिनमा नै गौतम बुद्धले ज्ञान हासिल गरेको ठाउँ भारतको बोधगयासम्म जान्छौँ, गतसाल काठमाडौँ गएका थियौँ, यस वर्ष स–परिवार बोध गया जाने योजना छ ।” यसबेला पर्यटकीय मौसम लगभग अन्तिम चरणमा पुगेकाले स्थानीय बासिन्दा फागुन, चैत महिनाका लागि दाउराको जोहो गरिरहेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका सीमित जङ्गलबाट यहाँका स्थानीयवासीलाई दाउरा ल्याउन दिइन्छ । केही दिन दाउरा सङ्कलन गरिसकेपछि जाडो छल्न जाने उनीहरु बताउँछन् । झनै नाम्चे–८ थामेका स्थानीय बासिन्दा त प्रायः सबैजसो काठमाडौँ जाने गरेका छन् । नाम्चे गाविसको उच्च स्थानमा रहेको हिमाली बस्ती भएकाले पनि थामेका अधिकांश स्थानीयवासी जाडो छल्न काठमाडौँ जाने गरेको यति माउन्टेन होम थामेका कुक अर्जुन मगरले बताए । विदेशी रहनसहन र चालचलनले प्रभाव पारेको खुम्बु क्षेत्रका स्थानीयवासी पछिल्लो समयमा नेपाललगायत विश्वका केही देशमा घुम्नका लागि पनि जाने गरेका छन् । जोर सल्लेकी दावाजाङ्मु शेर्पा भन्छिन्, “यस क्षेत्रका स्थानीयवासी जाडो छल्नका लागि नेपालका विभिन्न तीर्थधामसमेत जाने गरेका छन् ।” खुम्बु क्षेत्रमा पर्यटन मौसम सकिन अब केही दिनमात्र बाँकी रहेको स्थानीयवासीको भनाइ छ । क्रिसमस डेको समाप्तिसँगै पर्यटन मौसम पनि सकिने यहाँका स्थानीयवासी बताउँछन् । डिसेम्बर १५ तारिखभित्र खुम्जुङ ठाङ्नाकका सबै स्थानीयवासी एवम् होटल व्यवसायी जाडो छल्न हिँडिसक्ने खुम्बिला लज एन्ड रेस्टुरेन्टका सञ्चालक लाक्पा शेर्पाले बताए । भौगोलिक विकटता एवम् उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्या नै समस्यामा बाँच्नु परेको छ । झनै जाडो महिनामा त यस भेगमा एकछिन पनि बस्न नसकिने स्थानीयवासीको भनाइ छ । मुस्किलले वर्षमा छ महिनामात्र यस भेगमा बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटन मौसममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending