अखण्ड प्रदेश, राज्य वा जिल्ला हुँदैन, अखण्ड भनेको राष्ट्र मात्र हुन्छ
मंसिर १९ गते, २०७३ आइतवार 4th December, 2016 Sun१०:०३:५१ मा प्रकाशित
अहिले दलहरुको बीचमा सहमतिको अभ्यास भएको देखिन्न । शान्तिप्रकृया निमार्णको संन्र्दभमा जसरी दलहरुबीच सहमति र एकमत बनेको थियो त्यो हुन नसक्नु र आ आफ्नो दलिय स्वार्थबाट दलहरु प्रभावित हुनु नै समस्याको मुख्य कारण हो ।
नरेन्द्रजंग पिटर
मलाइ लाग्छ सरकारले पनि आफ्नो प्रवृतिमा परिर्वतन गर्नुपर्दछ । दलहरुले आग्रह वा पूर्वाग्रह छाडेर सहमतिको सिद्धान्तबाट अघि बढ्नुको अरु विकल्प छैन । देशलाई निकास र स्थायि शान्ति चाहिएको छ ।
प्रमुख प्रतिपक्ष दलले चुनावी माहोलमा बन्द हड्ताल नगर्ने भनि गरेको घोषणा लाई कार्यान्वयन गर्नु पर्दछ । आवेगमा आएर आफ्ना मुल्य मानयता र राष्ट्रिय जिम्मेवारीलाई बिर्सनु हँुदैन । अहिले एमालेले सत्ताबाट बाहिर निस्कदाको पिडा वा आवेग सडक बाट पोखेको जस्तो देखिएको छ,उनीहरुले सभ्यता पूर्वक जिम्मेवार दलको भूमिका पूरा गर्नु पर्दछ ।
असन्तुष्ट पक्षलाई मिलाउन संविधान संशोधन गर्नु आवश्यक देखिन्छ । विगतमा केपी ओली सरकारले पनि संशोधनको प्रस्ताव अघि सारेको थियो । पहिलेको सरकारले अघिसारेको प्रस्तावलाई नै अहिले अघि बढाइएको जस्तो देखिन्छ । असन्तुष्ट पक्षहरुलाई समेत राष्ट्रिय मुलधारमा ल्याउँदै संविधान संशोधन गरेर मुलुकमा स्थायी शान्ति, विकास र संमृद्धिको दिशामा लैजानु पर्दछ । त्यसपछि संविधानको कार्यान्वयन, तीन तहको निर्वाचनको तयारी गर्नुपर्दछ । संविधान संशोधन अहिलेको राष्ट्रिय आवश्यकता हो ।
अखण्ड प्रदेश, राज्य वा जिल्लाको विषयलाई लिएर आन्दोलन गर्नु उचित देखिन्न । अखण्ड भनेको राष्ट्र मात्र हुन्छ । मुलुक पुरानो संरचनाबाट नयाँ संघीयताको ढाँचामा जाने क्रममा यो जिल्ला वा यो क्षेत्र अखण्ड हुनुपर्छ भन्ने कुरा तार्किक हँुदैन । संघीयताको सिद्धान्त नै नयाँ आधारमा प्रदेश बनाउने हो, तसर्थ प्रदेशको सीमाना तल माथी जान पनि सक्छ,त्यसको विरोधमा अराजकता निम्त्याउनु पुरातनवादी सोँच हो । हाम्रो अगाडि पुराना संरचना भत्काउदै नयाँ संघीय मुलुक बनाउन पर्ने कार्यभार पुरा गर्नुपर्ने जिम्मेवारी पनि छ, यसबाट जनताप्रति जिम्मेवार राजनीतीक दलहरु भाग्न पाउँदैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: