Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

गुम्यो हात, गुमेन हिम्मत !

म्याग्दी, १९ मंसिर । सङ्घर्षले मानिसलाई सफल मात्रै होइन सक्षम पनि बनाउँछ । परिश्रम र सङ्घर्षले जीवनमा कतिपय नसोचिएका र आशा मारिएका कुराहरु पनि सम्भव तुल्याइदिँदा रहेछन् । यो कुरा दुबै हात गुमाएका म्याग्दीका सुरेन्द्र खत्रीको जीवनसँग ठ्याक्क मेल खान्छ । जिल्लाको बावियाँचौर–६ सल्यान गाउँका २८ वर्षीय युवक सुरेन्द्र खत्रीका दुबै हात छैनन् । तत्कालीन दश वर्षे द्वन्द्वको क्रममा बेवारिसे बम लागेर आफ्ना दुवै हात गुमाएका खत्रीको हिम्मत भने गुमेको छैन । समाजमा सपाङ्ग सरह जीवन यापन गर्न उनी निरन्तर सङ्घर्ष गरिरहेका छन् । उनी अहिले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका निम्ति लागिपरेका छन् । खत्रीको स्मृतिमा २०६३ असार १२ गते कहिल्यै नविर्सने दिन बनेको छ । गाउँमा बाख्रा चराउन जाँदा बेवारिसे बम विष्फोट भई उनका दुबै हात गुमेका थिए । आफ्नो युवावस्थामा दुबै हात गुमाएको त्यो कालो दिनलाई खत्रीले सङ्घर्ष र मेहनतबाट अवसरमा बदलेकै कारण आज उनी कुनै सपाङ्ग व्यक्ति भन्दा कुनै कुरामा कम छैनन् । हात गुमाएको यो दश वर्षको अवधिमा उनले धेरै उतारचढाव व्यहोरे । हजारौं समस्याका खुड्किला पार गरे तर कहिल्यै हरेस खाएनन् । घरका जेठा छोरा खत्रीले आमा भिरबाट घाँस काट्ने क्रममा खसेर अपाङ्ग भएदेखि सानै उमेरदेखि नै घरपरिवारको जिम्मेवारी सम्हाल्दै आएका थिए । मंगला शिक्षा क्याम्पसमा कक्षा नौमा अध्ययन गर्दा एलिना खत्रीसँग प्रेम विवाह गरेका खत्रीलाई उनका बुबा सेनामा भर्ती गराउन चाहन्थे । विसं २०६३ वैशाखमा भारतीय सैनिक बन्न खत्री भारतको बनारसतिर लागेका थिए । त्यसपछि गेट पास लिएर थप कागजात लिन नेपाल फर्किएका खत्री दुर्घटना परे र दुबै हात गुमे । उनी राम्रा भलिवल खेलाडी थिए । असार १२ गते बल खेल्न मन लागेपछि बाख्रा फुकाएर ४ बजे घरबाट हिँडे । ‘काम पनि हुने बल खेल्न पनि पाइने’ सोचेर बाख्रा बारिका कान्लामा बाँधे । उनका साथी प्रवीण गोतामे बाख्रा लिन घरतर्फ लागे, सुरेन्द्र वनतर्फ । केही अगाडि पुगेपछि बाख्रालाई जुन बाटो सुरेन्द्रले लैजान चाहेका थिए, त्यसको विपरीत गए । उनले ढुङ्गाले हाने, बाख्रा झन् दगुरे । शायद उनले दुर्दशा भोग्नु पर्ने थियो, त्यसैले बाख्राले बाटो बिराएका थिए । घरबाट झन्डै ५ सय मिटर अगाडि पुगेपछि कालो प्लास्टिक देखे । के रहेछ भनेर समातेर नजिकैको गोठनिर बसे । विस्तारै कागज खोल्दै जाँदा ठूलो आवाजसहित विष्फोट भयो । उक्त विस्फोट पछि रगताम्मे भएका खत्री उपचार पछि निको त भए तर दुबै हात गुमे । सेनामा जागिर खाने सपना चकनाचुर भयो । सानैबाट भारतीय सैनिक बन्ने सपना पालेका सुरेन्द्र र उनको परिवारको सपना क्षणभरमै भत्कियो । द्वन्द्वको क्रममा फालिएको बेवारिस बम पड्किएर उनको देव्रे हात घटना स्थलमै खसेको थियो भने दाहिने हात छियाछिया भएको थियो । बम विष्फोटबाट जमिन खाल्डो परेको र नजिकैको गोठका छानो उडाएको भएपनि आफ्नो छातीमा चोट नलागेको कारण बाँच्न सफल भएको उनी बताउँछन् । ‘‘रगतको धारा बगेको थियो, म त बाँच्छु जस्तो लागेकै थिएन । घरमा पुग्छु भनेर केही अगाडि सरे तर हिड्न सकिनँ ।” क्षणभरमै गाउँका मानिस उपस्थित भए, भारतीय सेनामै कार्यरत रहेर गाउँ फर्किएका स्थानीय वेद जिसीको नेतृत्वमा समयमै उपचार गराउन पाएका कारण बाँचेका उनी सम्झन्छन् । एक महिना लामो उपचारबाट घर फर्केका सुरेन्द्र अरुको सहारामा दिन कटाउन थाले । अरुले नै खुवाउनु पर्ने, कपडा लगाइदिनु पर्ने । उनलाई भेट्न आउने आफन्त कसैको मुखबाट पनि बाँच्छ भनेको सुनेनन्, सुरेन्द्रले । उनलाई भने श्रीमती र परिवारको अटूट साथ रह्यो । अरुले जे भने पनि उनले हिम्मत हारेनन् । केही समयपछि आइसिआरसी भन्ने संस्था उनको घरमा पुग्यो । उनको पक्षमा वकालत गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारीसमक्ष टोली गए तर प्रजिअले माओवादी पनि हुनसक्ने आशङ्का गर्दै व्यक्तिगत रुपमा पाँच सय रुपैयाँ थमाएर सुरेन्द्रलाई फर्काइदिए । त्यसपछि इन्सेकका प्रतिनिधि र पत्रकार घनश्याम खड्का सुरेन्द्रको घरमा पुगे । प्रशासनले आफूमाथि गरेको व्यबहार बताएपछि कान्तिपुर दैनिकमा “दुई हात गुमाएका युवाको याचना” शीर्षकमा समाचार प्रकाशन भयो जसले सुरेन्द्रको जीवनमा नयाँ मोड ल्याइदियो । अस्टे«लियाका नागरिक डेनिस डाउलिङले त्यो समाचार पढेपछि सुरेन्द्रलाई कृत्रिम हात बनाइदिन हातको नाप लिन नेपाल आए । तर अस्ट्रेलियाका डाक्टर विन्जेले सुरेन्द्रलाई उतै लगेर हात बनाउन सल्लाह दिएपछि सुरेन्द्र अस्ट्रेलिया पुगे । त्यहाँ उनका अधिकांश परीक्षण र उपचार निःशुल्क भयो । उनले अस्ट्रेलियामा कृत्रिम हातले पौडी खेल्न र गाडी चलाउन सिके । तीन महिनाको अस्टे«लिया बसाइको स्मरण गर्दै सुरेन्द्र भन्छन् –“नेपालमा उत्साह कम, निराश धेरै बनाउने काम हुन्छ तर त्यहाँ जति समय म बसें, सधैँ आत्मबल प्राप्त हुन्थ्यो ।” नयाँ आत्मबल बोकेर घर आएका सुरेन्द्रले बेनी–दरबाङ सडक खण्डमा बस हाले तर भनेजस्तो भएन । त्यसपछि विस्तारै अपाङ्गताकै क्षेत्रमा काम गर्ने उद्देश्यले २०६६ सालमा अपाङ्ग सङ्घ म्याग्दीमा जोडिए । पहिले आफ्नो अपाङ्गता देखाउन लाज लाग्ने गरेको खत्रीसँग लाजकै कतिपटक भोकै बसेको अनुभव छ । पछिल्लो दश वर्षको अवधिमा उनले नसोचेको बज्रपात बेहोर्न प¥यो र आफूमा पनि नसोचेकै परिर्वतन ल्याए । अहिले उनले आफ्नो अपाङ्गतालाई अवसरको रुपमा लिने गरेका छन् । उनी भन्छन् –“शायद भगवान्ले मलाई अपाङ्गताको क्षेत्रमा काम गर भनेर पठाएको हुनुपर्छ । बम विस्फोटमा नपरेको भए लाहुरे भइन्थ्यो होला ।” उनको प्रगतिबाट अहिले घरपरिवार, माइती पक्ष सबै खुसी छन् । अपाङ्गता भएका अरु व्यक्तिका लागि समेत प्रेरणाका स्रोत बनेका छन्, सुरेन्द्र । अपाङ्ग सङ्घ म्याग्दीको दुई कार्यकाल सचिव पदमा बसेर नेतृत्व प्रदान गरिसकेका छन् र एक दर्जन संस्थामा नेतृत्वदायी पदमा छन् । लाहुरे बन्ने धुनमा एसएलसी उत्तीर्ण गर्न नपाएका सुरेन्द्रलाई वम विष्फोटले ल्याएको बज्रपातले बाँकी अध्ययन पूरा गर्न दिएन । अपाङ्ग सङ्घमा आबद्ध भएर आफू जस्तै अन्य अपाङ्गता भएका व्यक्तिहरुको हकहितमा लागेका उनलाई अरुले कति पढ्नु भएको छ भन्ने प्रश्नमा अन्डर एसएलसी भन्न हिच्किचाहट हुन्छ । विसं २०६८ देखि फेरि पढ्न सुरु गरेका उनले मंगला उमावि बावियाचौरबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । उनले अहिले म्याग्दी क्याम्पसबाट उच्च मावि तहको पढाइ पनि सकिसकेका छन् । उनका दुवै हातका पञ्जा छैनन्, र पनि चम्चाले आफै खाना खान, सामान्य मानिस सरह मोबाइल चलाउन, इमेल इन्टरनेट चलाउन, क्यामेरा, कम्प्युटरमा टाइप गर्न, कापीमा लेख्न, गाडी चलाउन सक्छन् । अपाङ्ग सङ्घ म्याग्दीका सचिव रहेका उनी जिविसअन्तर्गतको अपाङ्गता समन्वय समितिका उपाध्यक्ष समेत हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending