Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

प्रचण्डको टाउको त के रौं हल्लाएर देखाऊ–अधिकारी

\"rc_adhikari-750\"काठमाण्डौं, २० मंसिर । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र (आरसी) अधिकारी ले एमाले नेता कार्यकर्ताले आन्दोलनका नाममा सडकमा ताण्डब मच्चाइरहेको आरोप लगाएका छन् । अधिकारीले एमालेजनले समाजले पचाउनै नसक्ने शब्दमार्फत सामाजिक सञ्जाल र सडकबाट आफुइतरका राजनीतिक दल र नेताविरुद्ध गालीजलौज गरिरहेको भन्दै त्यसलाई नरोके ठूलो नोक्सानी व्युहोर्नुपर्ने चेतावनी दिए । अधिकारीले राजनीतिमा विरोधीको विचारको खण्डन तर्क र तथ्यहरुका आधारमा गर्न मिल्ने र पाइने भन्दै सांस्कृतिक रुपमा एमालेहरु कति तल्लो स्तरमा रहेछन् भन्ने उनीहरुका पछिल्ला व्यवहार र अभिव्यक्तिले पुष्टि गरेको उल्लेख गर्दै भने– ‘केपी ओलीका केही छाउराहरु आन्दोलनका प्रचण्डको टाउको काटेर सडकमा फुटबल खेल्छु भन्दै हिंडेका छन् रे’। क्युवाली नेता फिडेल क्यास्ट्रोको श्रद्धाञ्जलीका लागि सोमबार बानेश्वर क्याम्पसमा भएको कार्यक्रममा अधिकारीले भने, ‘प्रचण्डको टाउके त के रौं हल्लाएर देखाऊ, तिमीहरुलाई के गर्नुपर्ने हो हामीले जानेका छौं ।’ संविधान संशोधनविरुद्धको प्रदर्शनका क्रममा एमाले सम्वद्ध अखिलका सचिव आरसी लामिछानेले शनिबार ‘चौबीस घण्टाभित्र संविधान संशोधन विधेयक फिर्ता नलिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को टाउको सडकमा फुटबल खेल्ने चेतावनी दिएका थिए । उपाध्यक्ष अधिकारीले विगतमा एमाले कार्यकर्ताहरु नेताको उक्साहटमा लागेर माओवादी नेताका ‘टाउको काटेर ल्याउने र झोला भरी पैसा लैजाने’ सपनामा धेरैले ज्यान गुमाएको उल्लेख गरे । अधिकारीले संविधान संशोधन गर्दा एउटा कान्लो तल र एउटा माथि गर्दा राष्ट्रघात र राष्ट्रवाद हुने भन्ने एमालेको परिभाषा बुझ्न नसकिएको बताए । महाकाली सन्धिमार्फत राष्ट्रघात गर्ने एमालेले पाँच नम्बर प्रदेशका केही जिल्ला चार नम्बरमा राख्न खोज्दा राष्ट्रवादी गीत गाउनु उदेक लाग्दो भएको तर्क गरे । कालो छाला भएका मधेसी जनताको अपमान र मानमर्दन गरेर राष्ट्रियता बलियो नहुने भन्दै उनले राष्ट्रियता मजबुद हुन तराई, पहाड र हिमालमा बस्ने सबै जनताले आत्मसम्मान महसुस गर्न सक्नुपर्ने उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending