Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

मधेसमा आन्दोलन चर्काउन उपेन्द्र र बाबुरामको कार्यगत एकता

\"baburam_upendra\"काठमाडौं, २० मंसिर । माओवादी परित्याग गरी नयाँ शक्ति पार्टी बनाएका डा.बाबुराम भट्टराईले आफ्नो पार्टीलाई बैकल्पिक शक्ति बनाउन विभिन्न मधेसवादी पार्टीहरुसँग एकता गर्ने तयारी गरेका छन् । भट्टराईले मधेसका मुद्दामा सहमत भएको भन्दै तत्काल कार्यगत एकता गर्ने गरी मधेसका विभिन्न पार्टीहरुसँग छलफल चलाएका छन् । भट्टराईसँग कार्यगत एकता गर्न मधेसवादी दलहरु सहमत भएको नयाँ शक्ति पार्टीका एक नेताले बताए । मधेसको मुद्दामा सहमति जनाउँदै भट्टराईले केही दिनअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग संयुक्त विज्ञप्ति नै जारी गरेका थिए । उपेन्द्रसँग संयुक्त विज्ञप्ति मात्र होइन, सांसदबाटै राजिनामा दिएका भट्टराई संसदमा प्रतिनिधित्व गरेका दलहरुको बैठकमा समेत उपेन्द्रसँगै उपस्थित हुने गरेका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा डाकेको सर्बदलीय बैठकमासमेत भट्टराईको उपस्थिति थियो । फोरमसँग कार्यगत एकता गर्ने सहमति भइ संयुक्त वक्तब्यबाजीदेखि बालुवाटार र शितलनिवासमा भट्टराईसँग कुम जोड्दै पुगे पनि उपेन्द्र भने एकताको हल्ला मात्रै भन्दै पन्छिन खोज्छन् । ‘यो अनावश्यक हल्ला मात्रै हो’, यादवले खबरडबलीसँग भने, ‘नेपाली मिडियाहरु अझ अनलाइनमा त जे पनि लेख्छन् ।’ यादवले एकताबारे भएका छलफहरुबारे भने बताउन चाहेनन् । नयाँ शक्तिका एक नेताले पार्टीमा फोरमसँग एकता गर्नेबारेमा औपचारिक निर्णय नभएको बताए । कार्यगत एकताका लागि छलफल हुन सक्छन्, तर पार्टी एकता नै गर्नेबारेमा पार्टीभित्र पनि गम्भीर छलफल हुनुपर्छ– ती नेताले भने । नयाँ शक्ति पार्टीका नेता देबेन्द्र पराजुलीले भने फोरमसँग छिट्टै पार्टी एकता हुने बताए । उनले पार्टीको लाइन, कार्यनीति र मधेसका मुद्दामा एकतापछि छलफल हुने बताए । मधेसमा मात्रै स्थापित उपेन्द्रले यसअघि एमालेबाट फुटेर संघीय समाजवादी पार्टी बनाएका अशोक राई समूहसँग एकता गरी संघीय समाजवादी फोरम बनाएका हुन् । स्रोतकाअनुसार नयाँ शक्ति र फोरमबीच कार्यगत एकता गरी आन्दोलन गर्ने र आन्दोलनपछि निर्वाचनका बेला पार्टी एकता गर्ने तयारी गरिएको छ । यो पनि पढ्नुस् ः

नयाँ शक्तिका नेताले भने– फोरमसँग छिट्टै एकता

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies