Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

आरसी लामिछाने अनेरास्ववियुका नेता हुन कि ... ?

[caption id=\"attachment_105583\" align=\"alignleft\" width=\"512\"]\"img_20160505_155624\" तिलक मगर[/caption] नेपाल विकास उन्मुख देश हो । देश विकास हुने या नहुने भन्ने कुरा राजनैतिक चेतनाले निर्धारण गर्ने कुरा हुन् । देशको समृद्धिको दिशा नेताको चेतना स्तर मा निर्भर छ । सुसंस्कृत समाजको कल्पना गर्ने या अराजक समाजको निर्माण गर्ने भन्ने कुरा त्यहि समाजको प्रतिनिधिले निर्क्यौल गर्ने विषय हो। भोलिको समाज कस्तो बन्दै छ भन्ने कुरा राजनीतिको आधार खोज्दै बामे सर्न आतुर आजको युवाहरुको काधमा छ। माओत्सेतुंगले यो संसार अन्तिम अर्थमा युवाहरुको हो  भन्नु भए झैँ आजको युवाहरु नै भोलिको नेपालको मेरुदण्ड हो। त्यसकारण भोलिको नेपालको नेतृत्वकर्ता युवाहरुको चिन्तन शैली, अवलम्बन गरिरहेको संस्कृति र व्याबहारत विकास भइरहेको सस्कारले भोलिको नेपाल कस्तो बन्दै छ भन्ने भविष्यवाणी गर्न कुनै ज्योतिषीको आवश्यकता पर्दैन। कम्युनिष्टहरु संसार गतिशील मान्छन, गतिको कारण वस्तुमा निहित अन्तरसंघर्ष हो भन्छन । यो संसारको हरेक चिज रुपान्तरित हुन्छ भन्ने मान्यता राख्छन। काल मार्क्सको शब्दमा संसार बदल्नु मुख्य कुरा हो। दार्शनिक हरुले संसार जान्नर बुझ्न सकिन्छ भने तर बदल्ने कुरा गरेनन्। मार्क्स र अरु दार्शनिकको बीचको अन्तर यहि हो। समयको गति बुझ्ने कुरा र समय संगै हेलिने कुरा मुख्य हो। विज्ञानले, संसार भौतिक छ , नियमबाट शासित छ र चिजहरु अन्तरसम्बन्धित छ त्यसकारण बुझ्न सकिन्छ भन्ने मान्यता राख्छन। संसार बुझ्ने चेस्टा आजको युवा राजनीति कर्मीहरुको जमातले गरिरहेको छ कि छैन ? आजको ज्वलन्त विषय यहि हो। वैज्ञानिक ढंगले समाजको विकास क्रम हेर्ने र त्यसलाई वैज्ञानिक ढंगले बदल्ने प्रयत्न आजको युवाहरुले गर्छ कि गर्दैन, ईतिहासले नियालिरहेको छ। नेपाली समाज पुरातन सस्कार र सस्कृति बाट पूर्णरुपमा मुक्त हुन सकेको छैन। पुराना कुराहरु तोडिदै पनि छन् र नयाँलाई स्विकारिदै पनि छन्। आजको युवा पुस्ता पूर्ण रुपले नयाँको खोजीमा छन्। समय अनुरुप समाजको रुपान्तरण, सस्कृतिको विकास र सोहि अनुरुपको राजनीति। तर नेपालको युवा भनाउदा नेताहरुको चिन्तन शैली परम्परागत खालका छन्। नयाँको अन्वेषण तिर होइन कि तुच्छ गाली गलौज तिर समय खर्ची राखेका छन् । विडम्बनाको कुरा भनौ या नेपाली समाजको दुर्भाग्य, युवा नेतृत्वको मगजमा सभ्य र विकसित समाजको सपना छैन फगत विचलित मानसिकता र अराजक सास्कृतिक ब्यबहार छ । त्यहि स्खलित मानसिकताको एउटा प्रतिनिधि पात्र आर सी लामिछाने हुन् । यी मनुवा अनेरास्ववियुको केन्द्रिय सचिव र प्रवक्ता हुन् क्यारे ! प्रजातान्त्रिक व्यवस्थामा आफुलाई लागेको कुरा गर्न पाउने अधिकार छ र पाउनु पनि पर्छ। तर यी मनुवाले केहि युवाहरुको माझमा प्रचण्डको टाउको काटेर फूटबल खेल्ने भनेर चिच्याएछन। कठै यिनको राजनैतिक चेतना ! बिचरा भन्नु पर्ने यिनको भाषा, शैली र चिन्तन हेर्दा काठमाण्डौका साघुरा गल्लीहरुमा आफ्नो हैकम चलाउन खोज्ने छोटे डन जस्ता देखिन्छन । विषय वस्तुको ज्ञानको अभाव भए पछि यस्तै दरिद्र मानसिकताको जन्म हुन्छ जसकारण राजनितिले फोहोरी खेलको संज्ञा पाउने गरेको छ। विद्यार्थीहरु सत्यको अन्वेषण गर्ने वर्ग, नयाँलाई सजिलै ग्रहण गर्ने जमात र राष्ट्र समृद्धिको रेखांकन गर्ने दक्ष जनशक्ति हो। यिनै समृद्दिको परिकल्पनाकारको अगाडी यिनै मनुवाले विद्यार्थीहरुलाई गुण्डा गर्दी सिकाईरहेका छन् र हत्यारा हुन प्रेरित गरिरहेका छन्। आजको नेपालले खोजेको यस्तै युवा नेता हो ? एउटा गम्भीर र सोचनीय प्रश्न खडा भएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending