Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला स्थापना गरिने

\"prachanda-priminister-750\"ललितपुर, २० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट०को ३४औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई आज सम्बोधन गर्दै उनले प्रदेशको विशेषताअनुसार नै यस्ता अनुसन्धान केन्द्रको स्थापना गरिनु पर्ने विचार व्यक्त गरे । दोस्रो संविधानसभाबाट जारी संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन विधेयक संसद्मा दर्ता गरिएको उनले स्पष्ट पारे । उनले भने, – “अहिले संविधान संशोधनमार्फत आमनेपालीको चाहना अनुरुप तीन तहको निर्वाचनमा जानुको विकल्प छैन ।” मुलुकको विकासका लागि भारत र चीनसँग त्रि–देशीय साझेदारी हुन जरुरी रहेको उहाँको भनाइ थियो । वर्तमान अवस्थामा राजनीतिक जोडघटाउभन्दा पनि राष्ट्रलाई समृद्ध बनाउने दिशामा सबैको ध्यान जानुपर्ने उनले बताए । सो अवसरमा नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले २०७३ सालको प्रकृति संरक्षण पुरस्कार झापा कन्काईस्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरे । विगत दुई दशकदेखि वन, वातावरण, वन्यजन्तुको सुरक्षित वासस्थान, सिमसार क्षेत्र तथा जैविक विविधताको संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याएबापत उपभोक्ता समूहलाई उक्त पुरस्कार दिइएको हो । पुरस्कारको राशि रु दुई लाख रहेको छ । यसैगरी, रु एक लाख राशि रहेको विज्ञान पुरस्कार धनुषाका डा मनोजकुमार यादवलाई प्रदान गरिएको छ । पारदर्शी र सुपथ सेमिकन्डक्टर जिङ्क अक्साइडसँग म्याग्नेसियम र क्याडमियम मिसाएर आवश्यकताअनुसार विभिन्न रङको लेजर उत्पादन गर्न सकिने तथ्यको पुष्टि गर्दै पहिलोपटक घनत्व कार्यात्मक सिद्धान्त प्रतिपादन गर्नुभएकामा यादवलाई उक्त पुरस्कार प्रदान गरिएको हो । रु एक लाख राशि रहेको प्रविधि पुरस्कार सिन्धुपाल्चोकका डा सुरेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ । डढुवा रोग अवरोधक वर्णशङ्कर गोलभेँडाहरुको उत्कृष्ट जात विकास गरी किसानमैत्री खेतीबालीको अनुसन्धान एवम् विकासमा योगदान पु¥याएबापत श्रेष्ठलाई उक्त पुरस्कार दिइएको हो । यसैगरी, जनही रु ७५ हजार राशि रहेको विज्ञान तथा प्रविधि युवा पुरस्कार पाल्पाका सन्तोष नेपाल, दार्चुलाका डा खेमराज जोशी, झापाका डा सन्तोष दुलाल, सिन्धुपाल्चोकका डा उर्मिला प्याकुरेल र सप्तरीका डा रामदेवी तचामो शाहले पाएका छन् । समारोहमा प्रज्ञा–प्रतिष्ठान तथा प्रविधि प्रवद्र्धन पुरस्कार महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रम, परिवार स्वास्थ्य महाशाखा नेपाल र ताप्लेजुङका रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । द वल्र्ड एकेडेमी अफ साइन्सेस पुरस्कार रसुवाका डा सरस्वती आचार्यले पाउनुभएको छ । सो पुरस्कारको राशि रु एक लाख नौ हजार ९एक हजार डलर० बराबरको रहेको बताइएको छ । यसैगरी, नविल विज्ञान तथा प्रविधि पुरस्कार चार जनाले प्राप्त गरेका छन् । पुरस्कार पाउनेहरुमा ओखलढुङ्गाका प्रा डा टङ्कनाथ धमला, मोरङका डा हरिप्रसाद अर्याल, काठमाडौँका प्रा डा कृष्णदास मानन्धर र ललितपुरका प्रा डा सिर्जनलाल श्रेष्ठ हुनुहुन्छ । पुरस्कारको राशि जनही रु एक लाख २५ हजार रहेको छ । नास्टद्वारा प्रदान गरिने दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार पाउनेहरुमा त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि विज्ञान केन्द्रीय विभागका विमला ढकाल र प्राणी शास्त्र केन्द्रीय विभागका श्यामकुमार पुन हुनुहुन्छ । उक्त पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । सो अवसरमा नास्टमा कार्यरत डा तिमिला श्रेष्ठ, प्रा डा रामवृक्ष शाह, चन्द्रलेखा कायस्थ, गोपालप्रसाद काफ्ले र प्रा डा रामस्वार्थ रायलाई सम्मान गरिएको थियो । यसैगरी, दिपाश्री रावल, डा बुद्धराम शाह, डा रवीन्द्रप्रसाद ढकाल, रोशन पाण्डे, हरिराम श्रेष्ठ, रानु शर्मा, दिलीप श्रीवास्तव, सञ्जयश्वर श्रेष्ठ, प्रेमबहादुर कार्की, तीर्थमाया नेपाली र द्रोणनाथ डङ्गोललाई प्रशंसापत्र प्रदान गरिएको नास्टका उपकुलपति प्राध्यापक डा जीवराज पोखरेलले जानकारी दिए । यस्तै, नास्टमा स्वयम्सेवकका रुपमा कार्यरत किताजुमी हाजुमी र चुन डोङ्गलीलाई पनि कदरपत्र वितरण गरिएको थियो । सोही अवसरमा प्रधानमन्त्री दाहालले स्वतन्त्र कर्मचारी युनियन नास्टद्वारा प्रकाशित स्मारिकाको विमोचन गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending