Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

थारुले गरे बन्दसहितको आन्दोलन घोषणा

\"tharu-andolan\"काठमाडौं, २१ मंसिर । ५ नम्बर प्रदेश टुक्र्याउन लागिएको भन्दै सरकारले ल्याएको संशोधन विधेयकको विरोधमा आन्दोलन भइरहँदा थारुले बन्द हड्तालको आन्दोलन घोषणा गरेका छन् । नवलपरासीको दाउन्ने पूर्वको क्षेत्रलाई पनि ५ नम्बर प्रदेशमै गाभ्नुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले बन्द सहितको आन्दोलन घोषणा गरेको हो । संशोधनमा नवलपरासीको नवलपुर क्षेत्रलाई पनि ५ नम्बर प्रदेशमा गाभ्ने र ५ नम्बरबाट पहाडी जिल्ला अलग गर्नेबारेमा प्रारम्भिक छलफलका क्रममा विरोध भएपछि टुक्र्याइएको क्षेत्रलाई यथावत राख्ने गरी संशोधन प्रस्ताव गरिएको छ । थारुहरुले भने नवलपुरलाई पनि पनि ५ नम्बर प्रदेशमै राख्नुपर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । राजधानीमा पत्रकार सम्मेलन गरी कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । उनीहरुले मसाल जुलुसदेखि नवलपुर क्षेत्र बन्दको कार्यक्रम सार्वजनिक गरेका छन् । थारु कल्याणकारीसभा नवलपरासीका सभापति गणेशमान महतोले ११ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गर्दै माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने बताए । थारु समुदायहरुको आत्मसम्मान, स्वाभिमान, भाषा, संस्कृति र पहिचानलाई समाप्त पार्ने गरी जातीय क्लस्टरलाई खण्डित गरेको उनीहरुको आरोप छ । ७४ जिल्ला टुक्र्याउन नहुने तर थारु बाहुल्य जिल्लालाई मात्रै टुक्र्याउने गम्भीर षड्यन्त्र भएको उनीहरुको आरोप छ । आन्दोलन कार्यक्रम अन्तर्गत मंसिर २२ गतेसम्म विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने, २३ देखि २६ सम्म गाउँजागरण अभियान सञ्चालन गर्ने, २७ र २८ मा विभिन्न बुद्धिजीवी र नवलपुर क्षेत्रका सांसदहरुसँग अन्तक्र्रिया गर्ने, २९ र ३० गते सरकारी कार्यालय घेराउ गर्ने, पुस १ गते नवलपुर क्षेत्रमा मसाल जुलुस गर्ने, २ गते पूर्व पश्चिम राजमार्गमा १ घण्टा चक्का जाम र कोणसभा गर्ने, ३ गते २ घण्टा स्थानीय निकाय घेराउ गर्ने, पुस ४ गते नवलपुर बन्द गर्नेलगायतका रहेका छन् । पत्रकार सम्मेलनमा थारुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष भानुराम थारु, थारु कल्याणकारी सभाका केन्द्रीय पार्सद ब्रिजमोहन चौधारी, थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ओमनारायण महतो, थारु कल्याणकारी सभा नवलपरासीका सल्लाहकार पतिराम महतो, थारु विद्यार्थी समाज नवलपरासीका अध्यक्ष राजकुमार थनैत, नयाँ शक्ति नेपाल पार्टीका पिताम्बर महतो, थारु महिला सभाका रेखा पञ्जियार, थारुकल्याणकारी सभाका खेमनारायण महतोलागयतको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending