Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

नेतृत्वबिहीन बुटवल आन्दोलन, कतै नाँच्दै कतै ढुंगा बर्साउँदै

\"butwal-3\"बुटवल (रुपन्देही), २१ मंसिर । रुपन्देहीको बुटवलमा एकसातादेखि आन्दोलन चलिरहेको छ । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक ल्याएको भन्दै बुटवलमा गत बुधबारदेखि आन्दोलन शुरु भएको छ । आन्दोलनका कारण मंगलबार सातौं दिन पनि फाट्टफुट्ट रिक्साहरु बाहेक सवारी साधनहरु चलेका देखिँदैनन् । प्रमुख तीन दलको सहमतिमा सरकारले संविधान संशोधन विधेयक ल्याउन खोजे पनि एमाले सहमत नभएपछि सरकारले गत मंगलबार राती एमालेको सहमतिबिना संसदमा संशोधन विधेयक दर्ता गराएपछि एमालेले सडक आन्दोलनको घोषणा गर्यो । आन्दोलनको राप ५ नम्बर प्रदेशमै सबैभन्दा बढी देखियो । \"butwal-6\" पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान लगायतका जिल्ला ठप्प छन् । शुक्रबार बुटवलमा भएको प्रदर्शन देख्दा आन्दोलनको केन्द्र नै बुटवलजस्तो लाग्थ्यो । त्यो दिनको बुटवलको प्रदर्शनले २०६२/६३ कै जनआन्दोलनको झल्को दिएको थियो । संशोधन विधेयकको विरोधमा एमालेले सडक आन्दोलन गरे पनि बुटवलमा एमालेको नेतृत्वमा आन्दोलन भएजस्तो देखिदैन । आन्दोलन एकथरी छैनन्, थरीथरीका देखिन्छन् । शुक्रबार जस्तो ठूलो प्रदर्शन छैन । झुण्ड झुण्डमा मान्छेहरु छन् । कोही सडकमा नाँचगान गरिरहेका छन्, कोही गल्लितिरबाट आएका मोटरसाइकलमा ढुंगा हानिरहेका देखिन्छन् । \"butwal-1\"उद्योग वााणिज्य संघको ब्यानर टाँगेर कतै कतै कतै कतै प्रदर्शन भएका देखिन्छन्, अन्य प्रदर्शनकारी कुन पार्टी वा समुहको ठम्याउन गाह्रो पर्छ । राजमार्ग चौराहा छेउमा केही एमालेका स्थानीय नेता कार्यकर्ताहरु आगो तापिरहेका देखिए । आन्दोलन नेतृत्वविहीन देखिन्छ । राजनीतिक दलहरु र प्रदेश टुक्र्याउन लागेको विरोध गर्न बनेको संघर्ष समितिले छुट्टाछुट्टै वक्तब्य जारी गर्ने गरेका छन् । एउटाले बन्द खुलेको र अर्कोले बन्द जारी नै रहेको बक्तब्यबाजीमै सिमित छन् । \"butwal-7\"आइतबारदेखि घाम नलागे पनि मंगलबार भने पारिलो घाम लागेको छ । मंसिरको आधाआधीपछि मौसम चिसिँदै गएको छ भने एकसातादेखिको आन्दोलनको राप विस्तारै सेलाउँदै गएको देखिन्छ । उद्योग वाणिज्य संघले नै आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आएका कारण बजार पनि खुलेका छैनन् । \"butwal-5\" तस्विरः बिमल श्रेष्ठ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending