Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

रामेछापको भुजिमा बिपद ब्यवस्थापनका क्षेत्रमा बजेट बिनीयोजन

\"15328347_1939582089602285_1249959154_n\"रामेछाप, २०  मंसिर  । रामेछापको भुजि गाविसमा बिपद् ब्यवस्थापनको लागि बजेट बिनियोजन गरिएको छ । बिपत ब्यवस्थापन समिति भुजिको सक्रियतामा गाविसले विपद् ब्यवस्थापनको लागि बजेट विनियोजन गरेको हो । गत बिहीबार सम्पन्न भएको भुजी गाविसको गाउँपरिषदले गाविसमा विपद् ब्यवस्थापको शीर्षकमा पूँजीगत अनुदान तर्फ ३० लाख ६२ हजारको १० प्रतिशतबाट हुन आउने तीन लाख रुपैयाँ रकम बिपद ब्यवस्थापनमा विनियोजन गरेको हो । तीन लाख रकम मध्य एक लाख विपद् व्यवस्थापन सम्वन्धी आकष्मिक कोष खडा गर्ने र बाँककी दुई लाख रकम विपद् जोखिम न्यूनिकरणका योजनामा खर्च गर्ने गरि छुट्याइएको छ । कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन समिति तथा योजना तर्जुमा उपसमिति भुजिद्वारा युरोपियन यूनियनको आर्थिक सहयोगमा सामुदायिक विकास समाज मन्थली रामेछाप र मिसन ईष्टको सयुक्त साझेदारिमा सञ्चालित नेपालको भुकम्प प्रभावित क्षेत्रहरूमा पुर्नलाभ र पुननिर्माणको लागि समुदायमा आधारित समावेशी बिपद् पूर्व तयारि प्रवद्र्ध्धन कार्यक्रमको विषेश संयोजनमा तयार गरिएको ५ बर्षे स्थानिय विपद् जोखिम व्यवस्थापन योजाना समेत अनुमोदन गरिएको छ । निर्माण गरिएको योजनाहरू मध्ये २ ओटा अल्पिकरणका योजना कार्यान्वयन र विपद् व्यवस्थापन समितिलाई खोज तथा उद्दारका सामाग्री खरिदको लागि करिब चार लाख वरावरको सहयोग गर्ने कार्यक्रमका डि आर आर प्रोगाम म्यानेजर बलराम लामाले जानकारि दिनु भयो । नेपालमा हरेक बर्ष भुकम्प, बाढीपहिरो जस्ता बिपत्तीले ठुलो जनधनको क्षती हुने गरेको छ । यसरी विपद् व्यवस्थापनको क्षेत्रमा बजेट विनियोजन गर्ने भूजी पहिलो गाविस भएकोले भुजी गाविसबाट अरु गाविसले पनि पाठ सिक्नु पन सामुदायीक बिकास समाज अन्र्तगत भुजि गाविसका डि आर आर सहजकर्ता धुर्वकुमार श्रेष्ठले बताउनुभयो । अब प्रत्येक बर्ष यसै गरी १० प्रतिशत रकम बिपद ब्यवस्थापनको क्षेत्रमा छुट्टाइने भुजि गाविसका सचिब केशर बहादुर खत्रीले बताए । २०७२ सालको महाभुकम्प र २०७३ श्रावनमा गएको बाढी पहिरोले भुजि गाविसका स्थानिय ठुलो प्राकृतीक बिपत्तीमा परेका थिए । त्यहाँका समुदायलाई उत्थानशिल बनाउनकै लागी बिपद ब्यवस्थापनको क्षेत्रमा बजेट बिनीयोज गर्न पहल गरीएको बिपद् ब्यवस्थापन समीती भुजिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending