Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

माओवादी केन्द्रको चुनावी नारा तय, ‘गाउँ नगर घरघर जाऊँ, माओवादी केन्द्रलाई विजय गराऔँ’

\"maobadi-kendra-750\" काठमाडौँ, २१ मङ्सिर । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेता तथा कार्यकर्तालाई गाउँ गाउँ गएर पार्टीको सङ्गठन निर्माण र स्थानीय निकाय निर्वाचनको वातावरण बनाउन निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनलाई केन्द्रित गरेर काम गर्न र माओवादीलाई विजयी बनाउनसमेत निर्देशन दिएका हुन् । अध्यक्ष दाहालले सरकारले गरेका सकारात्मक कामको प्रचारप्रसार गर्दै संविधान कार्यान्वयनको वातावरण बनाउनसमेत निर्देशन दिए । स्थानीय निकाय निर्वाचनलाई लक्षित गरेर बैठकले ‘गाउँ नगर घरघर जाऊँ माओवादी केन्द्रलाई विजय गराऔँ’ भन्ने नारासमेत तय गरेको छ । संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय निकाय निर्वाचन नै पहिलो सर्त भएकाले त्यसमा पार्टीले सोही अनुसारको योजना बनाएर अगाडि जाने र त्यसका लागि पहिलो चरणमा जनताको मन जित्न र निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । त्यस्तै पार्टीले चुनाव लक्षित तीनमहिने कार्ययोजनासमेत घोषणा गरेको छ । कार्ययोजनाअन्तर्गत आगामी पुस मसान्त सम्ममा सदस्य नवीकरण गरिसक्ने र पुस १० गतेभित्र सबै प्रदेशका बैठक र प्रशिक्षण सम्पन्न गर्नसमेत निर्देशन दिएको छ । आगामी पुस १५ गतेसम्म जनवर्गीय सङ्गठनको एकीकरण र माघ मसान्त सम्ममा गाविस, वडा र नगर सम्मेलन तथा फागुन मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्नसमेत बैठकले निर्देशन दिएको छ । स्थानीय निकायलाई केन्द्रित गरेर नेताको कार्यविभाजनसमेत गरिएको छ । प्रवक्ता पम्फा भुसालका अनुसार प्रदेश नं १ को इन्चार्जमा गोपाल किराँती र संयोजकमा सावित्रीकुमार काफ्ले, प्रदेश नं २ इन्चार्जमा मातृका यादव र संयोजक विश्वनाथ साह, प्रदेश नं ३ इन्चार्जमा हितमान शाक्य र संयोजकमा झक्कु सुवेदी, प्रदेश नं ४ इन्चार्जमा देव गुरुङ र संयोजक कुमार अधिकारीलाई तोकिएको छ । यस्तै प्रदेश नं ५ इन्चार्जमा वर्षमान पुन र संयोजक पूर्ण घर्ती, प्रदेश नं ६ इन्चार्जमा शक्ति बस्नेत र संयोजक पारशमणि आचार्य, प्रदेश नं ७ इन्चार्जमा लेखराज भट्ट र संयोजक लक्ष्मण जोशीलाई जिम्मेवारी दिइएको छ । यस्तै विदेश विभागमा नारायणकाजी श्रेष्ठ र सङ्गठन विभागमा रामबहादुर थापालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै बैठकले तीन हजार नौ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । आयोजक समितिमा रहेका सदस्यलाई निर्वाचित भएर आउनैपर्ने व्यवस्था गरिएको छ । यसैगरी तीन सय ९९ सदस्यीय पोलिटब्यूरो, ९९ सदस्यीय सचिवालय र ३३ जना केन्द्रीय कार्यालयमा रहनेगरी कार्यविभाजन गरिएको स्थायी समिति सदस्य पुष्पविक्रम मल्लले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending