Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

क्षेत्रीय भलिबलः पुरुषमा कञ्चनपुर पहिलो, महिलामा दार्चुला

[caption id=\"attachment_107032\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] बैतडी, २८ मंसिर । सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ । अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो । कञ्चनपुरले अछामलाई २८–२६, २५–२५ र २५–१५ अङ्कले पराजित गरेको भलिबल रेफ्री धनसिंह रावलले जानकारी दिए। उक्त प्रतिष्पर्धामा अछाम दोस्रो तथा कैलाली तेस्रो भयो । कञ्चनपुर पुरुषतर्फ विसं २०५० सालदेखि भलिबलको क्षेत्रीय प्रतियोगितामा लगातार प्रथम हुँदै आएको छ । यही मङ्सिर २४ गतेबाट सुरु भएको सो प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाको सहभागिता रहेको थियो । यस्तै बाजुराको मार्तडी मालिका उच्च माविमा सम्पन्न क्षेत्रीय महिला भलिबल प्रतियोगितामा दार्चुला प्रथम, कञ्चनपुर दोस्रो र बाजुरा तेस्रो भयो । कञ्चनपुरलाई हराउँदै दार्चुला पहिलो भएको हो । विसं २०५० देखि प्रथम हँुदै आएको कञ्चनपुर महिलातर्फ यस वर्ष मात्र दोस्रो भएको हो । प्रतियोगितामा पहिलो, दोसो र तेस्रो हुने टिमलाई क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । “चाँडै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षेत्रीय खेलकुद विकास समितिले खेलाडी छनोट गर्नेछ,” रेफ्री रावलले भने । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending