Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

चुनावको तयारीमा लाग्न देउवाको निर्देशन, भन्छन्, 'संशोधन प्रस्ताव सहजै पास हुन्छ'

\"\" ललितपुर, २८ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा आधारित भएर स्थानीय निकायको निर्वाचन गराउन तीन ठूला राजनीतिक दलबीच सहमति भएको बताए । नेपाल तरुण दल केन्द्रीय समितिद्वारा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित तरुण दलका पदाधिकारीका लागि राखिएको प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनको सिलसिलामा पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन गराउन बाध्यता रहेको बताए । देश सङ्घीयतामा गइसकेकाले २०७४ माघ महिनासम्म स्थानीय, प्रान्तीय तथा केन्द्रीय तहको निर्वाचन गराउन आवश्यक रहेको उनको धारणा थियो । “संविधानको कार्यान्वयन गराउन काँग्रेसको काँधमा जिम्मेवारी आएको छ”– उनले भने । त्यसका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नभएको उनको भनार्इ थियो । उनले मधेस र पहाडकाबीचमा खाडल नहोस् भनेर संविधान संशोधन प्रस्ताव ल्याएको बताए । संशोधन प्रस्ताव सहजरुपमा पास हुने उनले विश्वास व्यक्त गरे । अब देश चुनावी मैदानमा गएकाले गाउँगाउँ, जिल्लाजिल्ला गएर तरुण साथीले पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न निर्देशनसमेत दिए ।  सभापति देउवाले स्थानीय निकायको चुनाव जित्नसकेमा राष्ट्रिय राजनीतिमा काँग्रेस अग्रपङ्क्तिमा रहनसक्ने भएकाले त्यसतर्फ पार्टीका कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले तरुण दलमा काम गरिसकेकालाई पार्टीमा स्थान दिनेसमेत बताए । छिट्टै पार्टीको केन्द्रीय विभाग बनाउने तयारी भएकाले त्यस स्थानमा तरुण साथीलाई समावेश गराउने उनको प्रतिबद्धता थियो । युवा पुस्तालाई हाँक्ने किसिमको काम नवनिर्वाचित तरुण दलको काँधमा आएको समेत स्पष्ट पारे । स्थानीय निकायलगायत अन्य निर्वाचनमा काँग्रेसलाई विजयी गराउन तरुण दलको भूमिका उल्लेखनीय हुनेमा उनको विश्वास थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending