Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

लोकमानका सम्धीहरुले यसरी गर्दैछन् राज्य सिध्याउने खेल

\"\"काठमाडौं, २९ मंसिर । लोकमान थन्किए तर उनको आडमा सम्धीहरुले थालेको राज्य रित्याउने खेल भने जारी छ । जनअास्था साप्ताहिकमा खबर छ– यो त्यही जहाज कम्पनीसँग सम्बन्धित काण्ड हो, जसमा सानो संलग्नताको निम्ति पूर्वभारतीय वायुसेनाध्यक्ष सशिन्द्रपाल त्यागी गतसाता समातिएका छन् । इटालियन कम्पनीसँग ३६ सय करोड रकम बराबरको हेलिकोप्टर खरिदसम्बन्धी कारोबारमा चार सय २३ करोड कमिशन नेतालगायत बिचौलियाहरुले चप्काए । त्यसमा कोशेली कति हात लाग्यो थाहा छैन तर, त्यागीको भूमिका यतिमात्र थियो कि, उनले हेलिकोप्टरको पंखा ६ हजार मिटर क्षमताको सट्टा ४५ सयमा झार्न मञ्जुरी जनाएका थिए । तर, पाप धुरीबाट कराउँछ भनेझैं सन् २०१० को त्यो काण्ड ६ वर्षपछि बल्भिmएर केन्द्रीय अनुसन्धान व्युरो गिरफ्तारीपश्चात त्यागी यतिबेला हिरासतको हावा खाँदैछन् । यता नेपालमा भने प्रज्ज्वल समशेरकै पालामा राजा वीरेन्द्रलाई झुक्याएर अतिविशिष्ट व्यक्तिहरुको उडानका नाममा आरजे हण्ड्रेड नामक जहाज भिडाउन खोज्ने उनै रोहिणी थपलियाले सोही इटालियन अगुस्ता कम्पनीको हेलिकोप्टर नेपाली सेनाको स्वामित्वमा रहने गरी ल्याउन लागेका हुन् । स्वीकृत बजेटभन्दा दुई मिलियन बढी अर्थात् १६ मिलियन डलरको लागतमा ल्याउन खोजिएको यो हेलिकोप्टर रोहिणीकै माध्यमबाट भित्राउन स्पेसिफिकेशन पनि उनैलाई मात्र मिल्ने गरी जंगीअड्डाले तयार पारेको छ । नेपाल एयरलाइन्सलाई ठूला जहाज आवश्यक परेको नाममा एयरबसले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी बुँदा मिलाइएझैं यस प्रकरणमा पनि अधिकतम तौल ६ हजारदलेखि सात हजार केजी, क्षमता १४ यात्रु, पंखामा पाँचवटा ब्लेड र तीनवटा ल्याण्डिङ गियरको प्रावधान घुसाइएको हो । यसैकारण बेल, सिक्रस्की र एयरबस हेलिकोप्टर्सलगायतका कम्पनीले प्रतिस्पर्धामा भाग लिनै पाएनन् । अर्थमन्त्रालयबाट स्वीकृत बजेटभन्दा बढीमा थपलियाले टेण्डर हालेपछि तथाकथित नेगोशिएसनका नाममा ठ्याक्कै १४ मिलियनको रेञ्जभित्रै पर्ने गरी छिट्टै ठेक्का दिलाउन लागिएको छ । बीचको दुई मिलियन डलर पछि मर्मत या अन्य नाममा पुर्ताल गरिने छ । प्रज्ज्वलपछिको पाँचौ सेनापति राजेन्द्र क्षत्रीको पालामा लोकमानको पावर भिडाएर रोहिणीले यो ठेक्का फुत्काउन लागेका हुन् । उनका ज्वाईं सिद्धार्थ पाण्डेले पनि लोकमान अख्तियार प्रमुख हुँदाको फाइदा नउठाउने कुरै भएन । भूकम्पताका त्रिपालकाण्डमा तर्साइएका तत्कालीन शहरी विकास र भौतिक योजना सचिव अर्जुन कार्कीमार्फत् पाण्डेलाई एक अर्ब बढी मूल्य कोट गर्दागर्दै पनि गाडीहरुमा हाल्ने नयाँ इम्बोस नम्बर प्लेटको काम दिइएको थियो । पाण्डे कम्पनिले पासपोर्ट बनाउने ठेक्कासमेत पाएको छ । सबैले आँखा चिम्लिएर अगुस्ताको हेलिकोप्टर नेपाल भित्रियो भने शक्ति र सत्तामा भएका नेताले अहिले नै त कसैले चुइँक्क नगर्लान् तर समय सधैं किन बलवान भइरन्छ र ? परिस्थितिले कोल्टो फेरेर नेपालमा पनि अर्को सशिन्द्रपाल त्यागी नजन्मिएला कसले भन्न सक्छ र ? यता, आगामी सेप्टेम्बरमा जर्मन एभिएशन क्यापिटलले प्राप्त गर्ने एयरबस ३३०–२०० सिरिजको जहाज त्यही महिना नेपाल भित्रिने तारतम्य मिलाइएको छ । बीच्को दलाल कम्पनी एएआर हो । दुई वाइडबडी जहाज नेपाललाई दिएबापत जर्मन कम्पनीले ९० मिलियन डलर पाउँछ भने नेपाल वायुसेवा निगमले एक सय चार दशमलव आठ मिलियनका दरले भुक्तानी दिन्छ । बीचको तीन अर्ब कुन चाहिँ दलालले चप्काउने हो, थाहा छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies