Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

यौन सम्पर्क गर्न नदिँदा ट्याक्सी चालक लामाको हत्या भएको खुलासा

\"\"काठमाडौं, २९ मंसिर । जोरपाटीको नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको हत्या यौन सम्पर्क गर्न नदिदा भएको रहस्य खुलेको छ । लामाले स्थानीय होटलमा काम गर्ने माया तामाङसँग यौन सम्पर्कको प्रस्ताव गर्दा विवाद हुँदा उनको हत्या भएको रहस्य खुलेको हो । ‘लामाले पैसा दिई तामाङसँग यौन सम्पर्क गरेका रहेछन’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने ‘दोस्रो पटक पनि प्रयास भएपछि विवाद भएको रहेछ रक्सीले मातिएका लामालाई तामाङले धकेलेर लडाएपछि मागधन राईले टाउकोमा ढुंगा प्रहार गर्दा मृत्यु भएको रहेछ।’ प्रहरीका अनुसार ट्याक्सी चालक लामा साढे चार बजे नै संगीता राई थिङको हेलम्बु होटलमा तोङ्बा खान गएका थिए। त्यही क्रममा माया तामाङसँग चिनजान भयो । लामाले त्यहाँ बसेर धेरै बेर मादक पदार्थ सेवन गरे। त्यसपछि लामाले मायालाई ट्याक्सीमा लिएर दोहोरी साँझतर्फ गए। तर केही बेर गुडेपछि ट्याक्सी बिग्रियो। त्यसपछि उनीहरु फेरि हेलम्बु होटलमा फर्किए। करिब साँढे नौ बजे रेष्टुरेन्ट फर्किदा सबै सुतिसकेकोले माया र लामाबीच शारीरिक सम्पर्क भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । लामाले फेरि अर्को पटक पनि शारीरिक सम्पर्कको प्रयास गर्दा मायाले नमानेपछि धकेलाधकेल भयो। रक्सीले मातेका लामा भुईमा लडेका थिए। भुईमा लडेका लामालाई होटल सञ्चालक संगीताका भाई मागधनले टाउकोमा ईट्टा प्रहार गरे। त्यसको केही समयपछि संगीताले प्रहरीलाई खबर गरी लामालाई अस्पताल पठाएका थिए। टाउकोमा गम्भीर चोट लागेको नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदा बाटोमा नै मृत्यु भएको थियो। नयाँबस्तीमा रहेको कुमारी मन्दिर अगाडि धनप्रसाद शाहीको घरको भुई तल्लामा रहेको संगीता राई थिङले सञ्चालन गरेको हेलुम्बु रेष्टुरेन्टको पछाडि पट्टीको धारा छेउमा लामा राती १० बजेर ४५ मिनेटमा अचेत अवस्थामा फेला परेका थिए । उनको हत्यामा संलग्न प्रहरीले काभ्रे घर्तीछापकी २० वर्षिया माया तामाङ, सोलु कांकुका ३४ वर्षिया संगीता राई थिङ, ढलानको काम गर्ने २६ वर्षिय मागधन राई, रंगको काम गर्ने २० वर्षिय अरुण माझी र रेष्टुरेन्ट सञ्चालक संगीताकी बुहारी २२ वर्षिया दिया माझीलाई प्रहरीले पक्राउ गरेको छ। दोलखा भीमेश्वर १२ घर भई गोकर्णेश्वरको नयाँ बस्तीमा बस्दै आएका ३६ वर्षिय लामाले बा २ ज २२३ नम्बरको ट्याक्सी चलाउदै आएका थिए। नयाँबस्ती प्रहरी चौकी अगाडि घटना भएपछि स्थानीयवासीले सुरक्षा नभएको भन्दै मंसिर २६ गते महानगरीय प्रहरी विट, नयाँबस्ती तोडफोड गरेका थिए। स्थानीय वासिन्दाले विटमा आगजनी गर्नुका साथै पाँच वटा मोटरसाइकल जलाएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending