Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

एमालेले लोकमान जोगाउन खोजेको आरोप

\"\"काठमाडौं, १ पुस । प्रदेश सीमांकनमा फेरबदल सहित सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएसँग त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सदन अवरोध गर्दै आएको छ । संसद बैठक अवरोधका कारण अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धमो महाअभियोगको प्रक्रिया अन्यौलमा परेको छ ।  बिहीबार डाकिएको संसद बैठक पनि सुचना टाँसेर स्थगित गरि अर्को बैठक पौस ४ गतेका लागि डाकिएको छ । प्रमुख दलको नेताहरुले दलहरु सहमति नजिक पुगेको र सहमति सहित अर्को बैठक बस्ने भन्दै सभामुखलाई प्रस्ताव गरेपछि पुस ४ गतेसम्मका लागि सभामुखले दलहरुलाई सहमति गर्न समय दिएको उनका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए । गत असोज तीन गते अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध कांग्रेस र एमालेका सांसदहरुले महाअभियोगको प्रस्ताव दर्ता गराएको थिए । संसदमा दर्ता भएको उक्त प्रस्तावमाथिको छलफल सकिएको छैन । सरकारले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएसँगै त्यसको विरोधमा मंसिर १६ गतेदेखि प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर अवरोध गर्दै आएका कारण महअभियोग प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको छैन् । नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले महाभियोग लगाइएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई जोगाउने एमाले नै लागेको आरोप लगाएका छन्। श्रेष्ठले एमालेले महाभियोगमा सदनमा छलफल हुन नदिएर कार्कीलाई जोगाउने खोजेको आरोप लगाएका हुन्। बिहीबार बसेको संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठकपछि नागरिकसँगको कुराकानीमा श्रेष्ठले एमालेले कार्कीलाई जोगाउन सदन अवरोध गरिरहेको आरोप लगाए। उनले भने, यसले उसको नियतमाथि शंका उब्जेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले महाभियोग प्रस्ताव केही मानिसको क्षणिक स्वार्थ पूर्तिका लागि ल्याइएकाले बेवारिसे भएको बताए। जसले रातारात महाभियोग प्रस्ताव दर्ता गरे उनीहरू नै अहिले किन संसद् अवरोध गरेर बसेका छन् , गिरीले भने, यसबाट के बुझिन्छ भने उनीहरू आफंै यो प्रस्ताव सदनबाट पास गर्नु हुँदैन भन्नेमा छन्। उनले सरकारले आफूखुसी संविधान संशोधन प्रस्ताव दर्ता गराएकाले आफूहरू सदन अवरोध गर्न बाध्य भएको बताए। सरकार अवरोध हटाउन उदासीन भएकाले समस्या बल्भ्किएको तर्क उनले गरे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending